नेपाल तामाङ घेदुङको तेस्रो सङ्घीय कार्य समिति बैठक २०७९ मंसिर २४ र २५ गते इलामको पर्यटकीय नगरी कन्याममा सम्पन्न भएको थियो ।
बैठकमा अध्यक्षको प्रतिवेदनमाथि कसले के भने ? विस्तृतमा सुझाव तथा प्रतिक्रियाहरू ः–
१. रेख बहादुर तामाङ (अध्यक्ष, १ नं. प्रदेश समिति) ः–
यो बैठक व्यवस्थापनको लागि इलाम जिल्ला समन्वय समितिलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । विशेषगरी मैले कुरा राख्ने सवालमा अध्यक्षको प्रस्तुतिमा हामीले काम गरिरहेका छौ । म निर्वाचित भएदेखि नै काम गरिरहेको छु । जनगणना २०७८ को कार्यक्रममा संखुवासभा, इटहरी आदिमा पनि काम भएको छ । तामाङ संस्कार संस्कृति निर्देशिका अनुसार काम भएको छ । धेरै वटा कार्यक्रममा सहभागिता पनि जनाएको छु । यो चुनावभन्दा अगाडि किरात लिम्बुवान प्रदेश घोषणाको लागि म आफैपनि आन्दोलनमा सहभागिता जनाएको छु । घेदुङको ग्रेन गे दिम हाम्रो ठुलो अभियान हो । यो अभियानमा मैले राम्रोसँग साथ दिन सकिरहेको छैन । प्रदेश १ कै घेदुङको कार्यालय बनाउने अभियानमा छु । विभागीय प्रमुखहरुको नियुक्ति हेर्दा यो नामहरु अलि बढी बागमती प्रदेश नै केन्द्रीत भएको देखेको छु । यसमा अरु प्रदेशलाई पनि समेटेको भए राम्रो हुन्थ्यो । त्यस्तो थुप्रै साथीहरु पनि हुनुहुन्छ । समेट्नु भएको भएर राम्रो हुन्थ्यो । ग्रेन गे दिमको जुन विषय छ, यो घर खरिदकै लागि भनेर सहयोग जुटाउँ । यदि यो घर किन्न सकिएन भने जग्गा किनेर भएपनि राख्नुपर्छ । सांस्कृतिक संयन्त्र निर्माण र भाषाको कुरा जुन छ । ताम्बा र बोम्बोको कुरा पनि छ । जनगणनामा पनि बोन धर्म लेखेको पनि पाइयो । त्यो गलत भएको छ । यसमा संयन्त्र निर्माण गरेर जानुपर्छ । पहिचानको कुरा ताम्सालिङको कुरा जुन छ । सानैदेखि सुनिरहेको मुद्दा हो यो । यसलाई अब के गर्ने ? आन्दोलन उठाउनुपर्ने बेला आएको छ । निर्वाचनको बेलामा हामी आफ्नो पहिचान बिर्सन्छौ । त्यो राम्रो भएन । यहाँ पनि कुमार लिङ्देनले पहिचानको कुरा उठायो तर उसको पार्टीलाई मत आएन । सामन्ती राज्यव्यवस्थाको पक्षपोषण गर्ने पार्टीलाई बढी मत आउन थालेको छ । यसमा पूर्व र सुदूपश्चिमको तामाङ उठेर भएन अब ताम्सालिङ क्षेत्रकै तामाङ उठ्नुप¥यो ।
२. लिलाकुमार घलान (अध्यक्ष, बागमती प्रदेश समिति) ः–
मुख्य कुरा त नवौ महाधिवेशनपछि हाम्रो कार्यकाल २६४ दिन बितेछ । अध्यक्षज्यूद्वारा प्रस्तुत प्रस्तावमाथि ताम्सालिङ प्रदेशमा महाधिवेशन सम्पन्न भएपछि हामीले केही कार्यक्रम गरेका छौ । हामीले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेका थियौ । मकवानपुर जिल्लाको र बागमती प्रदेशबाट निर्वाचितलाई पनि सम्मान ग¥यौ । यो प्रदेशमा ३९ को हाराहारीमा अध्यक्ष र उपाध्यक्षलाई राखेर जेठको ३१ गते सम्मान ग¥यौ र तामाङ भाषाको सन्दर्भमा पत्र पनि दिएका थियौ । हेटौडा उपमहानगरपालिकामा तामाङ संग्रहालयको विषयमा हामीले मीना लामा (मेयर) संग कुरा गरेका छौ । लविङ भएको छ । ५० लाख पैसा छुटिएको पनि छ । पायक पर्ने ठाउँमा ३ कठ्ठा जग्गा पनि व्यवस्थापन भएको छ । यसको लागि कागजी प्रक्रिया अघि बढेको छ । प्रदेश घेदुङको कार्यालय त्यहाँ राख्ने पनि भनिएको छ । त्यो पैसा छुट्याउँदा मीना मेयरजीलाई अलिक अप्ठ्यारो बनायो भन्ने सुन्यौ । तर उहाँले त्यो काम अघि बढाउनुभयो । संस्कृति, पर्यटन मन्त्रालयमा भाषाको विषय आउनुलाई पनि निकै समय लाग्यो । हामी आफै त्यसमा लाग्यौ । प्रदेश मन्त्री, सभामुख, उपसभामुखलाई पनि ध्यानाकर्षण ग¥यौ । सबै माननीयहरुलाई एसएमएस पनि पठायौ । नेवार साथीहरुसँग मिलेर त्यो काम भएको छ । त्यसैको दबाबले अहिले प्रदेशको सरकारी कामकाजको भाषामा तामाङ भाषा कार्यान्वयनमा गएको छ । असारको ९ देखि ११ गतेसम्म थाहा नगरपालिकामा तामयिग लिपि प्रशिक्षण कार्यक्रम सञ्चालन गरियो । त्यहाँको तामाङ शिक्षकहरुलाई पनि प्रशिक्षण दिइएको छ । भीमफेदी, बागमती आदि पालिकामा पनि तामाङ मातृभाषाको कार्यक्रमको लागि पहल भइरहेको छ । छिटो ल्याउनु प¥यो भनेर ताकेता भइरहेका छन् । हामीले ताम्सालिङ धेरै भन्यौ । गैर तामाङ यो नाममा इरिटेट भएका छन् । हाम्रो रणनीतिक उद्देश्य ताम्सालिङ हो । यसले के भयो भने एउटा जातिलाई राजा बनाउने भन्ने अर्थमा बुझे । यसको वास्तविक कुरा बुझ्न सकेनन् । हामीलाई नै खिसी गरे । यसको महत्व बुझाउन सकेनौ । कार्यनीतिक योजना बनाएनौ । विभागीय प्रमुखमा ज्ञानबहादुर तामाङ जीको ठाउँमा सुनिल मोक्तान जीलाई बनाउँदा राम्रो होला । ग्रेन गे दिमलाई सहयोग पु¥याउन हामीले कन्सर्ट प्रोग्रामहरु सञ्चालन गर्न सक्छौ । मंसिर र बैशाखको बैठक चै विहेको मौसम पर्ने भएकोले पुस र जेठमा राख्दा कस्तो होला ? मेरो सुझाव छ ।
३. बिलाम मुक्तान (अध्यक्ष, युवा घेदुङ) ः–
मेरो खासै केही पनि छैन । मैले खाली देखेर जानकारी दिन मात्र खोजेको हुँ । म २०७६ पुसमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएर आएपछि धेरै कामहरु गरेको छु । पहिले पहिले गरेको कामको यसरी सिस्टममा राखिएको थिएन । कोभिड–१९ को महामारी हुनुभन्दा अगाडि हामीले धेरै काम गरेका छौ । आदिवासी जनजाति युवा महासंघबाट नेपाल तामाङ युवा घेदुङलाई हटाएको थियो तर अहिले पुनः आबद्धता गरेका छौ । बुटवलमा हामीले प्रतिनिधित्व गरेर केही तामाङ युवाहरुलाई महासंघमा प्रतिनिधित्व गराउन सफल भएका छौ । आदिवासी जनजाति महासंघको कार्यक्रममा जलवायु परिवर्तनको कार्यक्रममा पनि सहभागिता जनाएका छौ ।
४. संगीता बोम्जन (अध्यक्ष, महिला घेदुङ) ः–
नेपाल तामाङ महिला घेदुङ २०७६ पछि हामी आयौ । त्यो अवस्थामा महिला घेदुङ कोमामा पुगेको अवस्था थियो । महिला घेदुङलाई जागरुक बनाउनुपर्छ भनेर हामी लाग्यौ । यसक्रममा विभिन्न बाधा, अड्चन आइपरे । जनगणना २०७८ मा पनि महिला घेदुङले कोन्ज्योसोम गाउँपालिकामा कार्यक्रम ग¥यो । स्थानीय तहमा निर्वाचित भइसकेपछि महिला घेदुङको तर्फबाट आयमुलक र सीपमुलक कार्याक्रमको प्रपोजल पेश गरिएको छ । ग्रेन गे दिमलाई सहयोग पुगोस् भनेर एउटा फिलिमको च्यारिटी सो देखाउने कार्यक्रम पनि राखिएको थियो तर चाडपर्वले गर्दा समय पुगेन र मान्छे पनि जुटेन । त्यो सफल हुन सकेन । महिला घेदुङबाट देखिने कामहरु त गर्न सकिएको छैन । महिला घेदुङ गठनको लागि भातृसंगठन पनि मुल घेदुङसँगै जाने भनेका थियौ तर मिलेन । हामी यसमा गम्भीर भएका छौ ।
५. राम्रीमाया तामाङ (संघीय सदस्य–महोत्तरी) ः–
संस्थाले दिएको जिम्मेवारी अनुसार काम मैले गर्न सकेको छैन । म आफै स्थानीय निर्वाचनमा उठेको थिएँ तर जित्न सकिनँ । मैले प्रेमजीलाई पनि यस सम्बन्धमा भनेको थिएँ । ग्रेन गे दिमको लागि के कति सहयोग उठाउनु पर्ने हो ? त्यो काम गर्न म तयार छु । के काम गर्नुपर्ने हो ? मलाई केन्द्रले साथ दिनुहोला । जति हुन्छ, म त्यति सहयोग उठाउँछु ।
६. फुर्साङ मोक्तान (संघीय सदस्य–काभ्रे) ः–
हामीलाई बोल्न जुन दिएको समय छ त्यो समय छोटो हुन्छ । यसमा कुरा राख्न सकिदैन । यो तीन मिनेटभन्दा बढी समय बिताउनुपर्छ । मैले पाएको जिम्मेवारी कति पूरा गरे कति गर्न बाँकी छ । काभ्रेको म केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष पनि भएर बसेको छु । मैले जिल्लाको अधिवेशन गर्नुपर्ने हो । यो पुषमहिना भित्रमा अधिवेशन सक्ने योजना बनाउँदैछु । काभ्रेमा संगठन विस्तारको सवालमा सबैभन्दा अगाडि हुन्छ । गाउँपालिका, नगरपालिकामा मातृभाषाको शिक्षामा आफ्नो ढंगले पहल त भइरहेको छ तर जिल्ला, प्रदेश र स्थानीय समितिसँग समन्वय भइरहेको छैन । केन्द्रले मात्रै काम गरिरहेको जस्तो देखिन्छ । काभ्रेमा सञ्चालन त भयो तर समन्वय नहुँदा मैले सामाजिक सञ्जालमा असन्तुष्टि पनि राखेँ । कतिपय हिजो भएको कार्यक्रमका लागि मैले समन्वय गरिराखेको छु । काम भएको छ तर फेसबुकमा देखिएन । काम गर्ने तामाङहरु मनोनित गर्ने भन्ने कुरा जुन छ । यसको पनि मापदण्ड तोक्नुपर्छ । केन्द्रीय सदस्य हुनको लागि केही मापदण्ड तोकेको छ । यसरी मनोनित गर्दै जाने हो भने विधानको के काम ? कसैले केही पैसा दियो भन्दैमा मनोनित गर्ने हो भने यो राम्रो नहोला । अहिले जति पनि नाम प्रस्ताव भएको छ । त्यो तामाङले तामाङको लागि केही गरेको छैन । बोन्बो संघलाई तेमाल गाउँपालिकाले पैसा पनि छुट्याइदिएको रहेछ । ग्रेन गे दिमलाई मेरो तर्फबाट सहयोग गर्नेछु । हिजो महाधिवेशनमा पनि उठाएकै हो । म सक्दो सहयोग गर्नेछु ।
७. विष्णु बहादुर मोक्तान (संघीय सदस्य–धनकुटा) ः–
मैले के बोल्ने भन्ने विषयमा थोरै टिपोट गरेको छु । मैले नबुझेर पनि हुनसक्छ । मेरो रेकर्डमा नदेखिएको कारणले होला । २०७९ कातिक महिनामा ताम्बाको सम्मेलन धनकुटामा भएको छ । मंसिर महिनामा सम्भोटा लिपिको प्रशिक्षण सञ्चालन भइरहेको छ । जसमा ६० जना विद्यार्थी उपस्थित छन् । तामाङ जनप्रतिनिधिलाई सम्मान पनि गर्ने तयारी भइरहेको छ । जिल्ला समन्वय समितिको अधिवेशनको तयारी गरिरहेको छु । नयाँ समिति चयन गर्ने कुरा पनि छ । राजनीतिक दल बिना राष्ट्र चल्दैन । तामाङ समुदायको छाता संगठनभित्र हामी सबै बस्नुपर्ने भएकोले एमालेद्वारा लोकतान्त्रिक तामाङ संघको गठन भएको, नेपाली कांग्रेसको पनि भातृसंगठन पनि गठन भइरहेको छ । यसरी दलबाट तामाङहरु विभाजित भइरहेको छ । त्यसमा सबै तामाङलाई समेट्न सकिरहेको छैन । यो केन्द्रीय दलबाटै ह्वीप जारी गरेको हुनसक्छ । जिल्लाले अहिलेसम्म कुनै छलफल भएको छैन । घेदुङले यो सम्बन्धमा यो के धारणा बनाउँछ ? भन्ने कुरामा हामी पर्खिरहेका छौ । तामाङको शुभ विवाहमा घेदुङले कस्तो खालको ठिमको व्यवस्था गरेको छ ? त्यो स्पष्ट पार्नुप¥यो । विवाहमा भात खरुवा पठाउने चलन छ । यो स्पष्ट हुनुप¥यो । पठाउनु प¥यो भने त्यसलाई के नाम दिने हो ? यो प्रश्न खड्किएको छ । मनोनितको सवालमा तामाङको हितको लागि काम गर्छु भन्ने व्यक्तिलाई अवसर दिनुपर्छ ।
८. पाल्छाङ योन्जन (संघीय सदस्य–धनुषा) ः–
हाम्रो गतिविधिको किन प्रचार हुँदैन भन्ने कुरामा हामीले राम्रो काम गर्न सकिरहेका छैनौ होला जस्तो लाग्छ । यो चुनावबाट समानुपातिकमा हाम्रो संख्या बढ्नुपथ्र्यो । घेदुङले राष्ट्रिय इसुमा बोल्नुप¥यो । राज्यविरुद्ध लडनु प¥यो । भन्सारमा धेरै ठाउँमा हामीलाई दुःख दिन्छ । एउटै मात्र लिनुप¥यो भन्नुपर्छ ।
९. दीना लामा (संघीय सदस्य–भक्तपुर) ः–
जिल्लाको इन्चार्ज चै बैठकले नै तोक्दा राम्रो हुन्छ भन्ने कुरा राखेको थिएँ । मलाई भक्तपुरको सह इन्चार्ज तोकिएको रहेछ । पछि जानकारी आयो । महिला अधिकारको लागि हामीले लड्दै आएका छौ । हामी भक्तपुरमा दुईजना सदस्य छौ । त्यो जिल्ला मात्रै नभएर अर्को जिल्लामा पनि मलाई खटाएमा म जान तयार छु । मलाई यसले अन्याय भएको महसुस भएको छ । महिलालाई अढि बढाउनु प¥यो । घेदुङले महिलाको इसुमा के बोल्यो ? हामीभित्रै विभेद भयो भने म मान्ने छैन । यो जिम्मेवारी म आजैदेखि फिर्ता गर्न चाहन्छु । यसमा क्राइट एरिया तोकेर जिम्मेवारी दिनुपर्छ । म भक्तपुरमा २०३९ सालदेखि बसेर काम गरिरहेको छु । यसबीचमा मैले भक्तपुरमा घेदुङ दुईवटा नगरपालिकामा गठन गरेको छु । स्थानीय सरकारमा प्रपोजल पनि पेश गरेको छु । तामाङ जिताउ अभियान पनि सञ्चालन गरेको छु । सफल भएन होला तर प्रयास गरेको छु । मैले व्यक्तिको विरोध गरेको होइन । दुईवटा नगरपालिकामा मातृभाषा शिक्षाको बारेमा पनि पहल गरिरहेको छु । हाम्रो अग्रजहरुलाई सम्मान गर्ने कुरामा म पनि अलिक सिनियर छु होला । २०३९ सालमा बेथानमा म लडेर आएको छु । अहिलेको दिदीबहिनीहरुलाई जिम्मेवारी दिदा नै कन्जुस्याइँ भएको छ । विभाग गठन गर्दा पनि यो लैङ्गिक समावेशिता भएको छैन । पुरुषसँग लोकसेवा आयोगमा लड्नुपर्छ भने पनि म तयार छु । कमिकमजोरी हुन्छन् । हामी भित्र जे जस्तो कुरा गरेपनि बाहिर कुरा गर्नु हुँदैन । सामाजिक संस्थामा पार्टीको गन्ध आउन दिन हुँदैन ।
१०. सूर्य पाख्रिन (संघीय सदस्य–सिन्धुली) ः–
सुरुमै अलिक कमेन्ट गर्नुप¥यो । व्यानरमा तेस्रो संघीय कार्यसमितिको बैठक होइन कि संघीय कार्यसमितिको तेस्रो बैठक भन्नुपर्ला । प्रस्तुत प्रतिवेदनमा मेरो विमती खासै त छैन तर यहाँ पदाधिकारी नै उपस्थिति नहुँदा दुःख लागेको छ । हिजो महाधिवेशनमा कसम खाएर आएका थियौ तर आज नआउँदा खल्लो महसुस भएको छ । आगामी दिनमा संघीय पदाधिकारी चै अनिवार्य उपस्थिति हुनुपर्छ । अनुपस्थित साथीहरुको सम्बन्धमा गम्भीर ध्यानाकर्षण गराउनुपर्छ । अर्को, कार्यवाहक महासचिवको जिम्मेवारी दिइएको सम्बन्धमा महासचिव यहीँ नै उपस्थित हुनुहुन्छ । यो के मिलेन मिलेन जस्तो भइरहेको छ । यो पर्याप्त छलफल नभएको हो कि ? यसलाई मिलाउनु होला । आगामी दिनमा यस्तो नहोस् । म आत्मआलोचित छु । विभिन्न संस्था र पार्टीमा बसेर काम गर्दा ३२ वर्ष गाली गरियो । महाधिवेशनबाट निर्वाचित भएर आएपछि मैले यो ६ महिनाको बिचमा काम गर्न सकिएन । अध्यक्ष ज्यूको उपस्थितिमा नै दुईवटा काम भएको छ । तामाङ भाषको कार्यक्रम पनि भएको छ । म पनि क्याडर हो तर जिल्ला बाहिर थिएँ । मेरो खोजी भएको थियो । सिन्धुली जिल्लाको इतिहासमा पहिलो चोटि ३ जना तामाङको छोराछोरी सांसद बन्न सफल भएको छ । सुशिला तामाङ, छत्र बोम्जन र सुकुमाया मोक्तान । मेरो पनि सम्भावना थियो तर सकिएन । स्थानीय निर्वाचनमा १५ जना वडा अध्यक्ष, ३ जना अध्यक्ष, २ जना उपाध्यक्ष, जिसस प्रमुखमा पनि तामाङ निर्वाचित हुनुभएको छ । यो कार्यपत्रले ठोस दिशा दिन सकोस् । तामाङ ग्रेन गे दिमको लागि ठ्याक्कै मिति तोकेर जाँदा राम्रो हुन्थ्यो । नत्र भइहाल्छ नी भन्ने हुँदोरहेछ । विगतमा मैले जनजाति महासंघ, घेदुङमा रहेर धेरै आन्दोलन गरियो । अहिले मलाई अवसर प्राप्त भएको छ । खुशी लागेको छ । त्यो टुंगिनु भएन । सबैले एकताबद्ध भएर काम गरौ । मेरो समर्थन हुन्छ ।
११. सुवास लामा (संघीय सदस्य–मकवानपुर) ः–
हामी निर्वाचित भए लगत्तै स्थानीय चुनाव आएको थियो । घेदुङको सर्कुलर अनुसार मैले पनि तामाङ जिताउने अभियानमा काम गरे । हेटौडा नगरपालिकामा मीना लामालाई जिताइयो । मीनाजीलाई जिताउने क्रममा नै हामीले उहाँसँग वाचा गरेका थियौ । त्यो अनुसार उहाँले तामाङ संग्रहालय बनाउने काममा ५० लाख बजेट विनियोजन भएको छ । तामाङ समुदायको नाममा १२ देखि १४ करोडको सम्पत्ति बराबरको जग्गा आउने वाला छ । डिपिआर तयार गर्ने क्रममा हामी संघीय कार्यालयसँग पनि सल्लाह गर्छौ । मकवानपुरमा १ मेयर, ५४ वडा अध्यक्ष सहित १०२ जनामा ६२ जना तामाङले जितेका छन् । तामाङ भाषा, लिपिको विषयमा पनि काम गरिरहेका छौ । खासै धेरै काम त गर्न सकिरहेका छैनौ । तर जिल्ला घेदुङमा अहिले कालु घलान जी हुनुहुन्छ । उहाँले जिल्ला भेलाको लागि मिटिङ बस्न मान्नुभएको छैन । केन्द्रबाटै पत्राचार गर्नुप¥यो । तामाङ दिमको लागि मैले पहिले नै बोलेको थिएँ । ल्होछार समारोहको लागि आर्थिक संकलन गर्न म यसमा खट्छु । केन्द्रले तोकेको यो टाइमलाई तलमाथि गर्ने हो कि ? मिल्छ भने त्यो गरौ । जुन जुन जिल्लामा कार्यक्रम गर्ने भनिएको छ । त्यो साथीहरुलाई काठमाडौ बोलाएर नै सल्लाह गर्नु पाए अझै हुन्थ्यो ।
१२. सुन्दर तामाङ (संघीय सदस्य–कास्की) ः–
मैले बुँदागत रुपमा जे टिपोट गरेको छु त्यो नै म पढेर सुनाउँछ । तामाङ भाषाको प्रक्षिण कार्यक्रम सञ्चालन भएको थियो । नेपाल तामाङ घेदुङ जिससले गरेको थियो । दीपक वाईबा जीले प्रशिक्षण गर्नुभएको थियो । पोखरा महानगरको अधिवेशन भएको थियो । बैशाख ३० गते स्थानीय निर्वाचनमा तामाङ उमेदवारलाई जिताउनु पर्छ भनेर सक्दो पहल गरियो । जसमा केही तामाङ जनप्रतिनिधिलाई जिताउन सफल पनि भएका छौ । म्हेनिङ एक परिचर्चा कार्यक्रम गरिएको छ । पूर्व केन्द्रीय अध्यक्ष धनप्रसाद तामाङ र दीपक वाईबा जी हुनुहुन्थ्यो । तर हामीमा घेदुङको बैठकमा उपस्थित नहुने र पार्टीको निर्देशन मान्ने यो जुन अवस्था छ । यो नराम्रो कुरा हो । तामाङ घेदुङको झण्डामुनि सबैजना एकताबद्ध भएर अघि बढ्नुपर्छ । झिनामसिना कुराहरु आउँछन् तर यसलाई टुंग्याउनुपर्छ । घेदुङको पदमा बसेर काम गर्नेलाई कार्य सम्पादन कसरी गर्ने ? भनेर हामीलाई केही प्रशिक्षण दिने हो कि ? तामाङ जनप्रतिनिधिलाई पनि केही प्रशिक्षण दिने हो कि ? यस विषयमा संघीय कार्यालयको ध्यानाकर्षण गराउन चाहन्छु ।
१३. पदम बहादुर तामाङ (संघीय सदस्य–झापा) ः–
मैले आफ्नो जिल्लाको प्रतिवेन प्रस्तुत गर्न चाहन्छु । मैले पाएको जिम्मेवारी अनुसार संस्थाको हितमा काम गरेको प्रतिवेदन सुनाउन चाहन्छु । तमाङ उमेदवारलाई जिताउने अभियान सञ्चालन गरियो जसअन्तर्गत अर्जुनधारा नपामा पनि कार्यक्रम सञ्चालन गरियो । झापा जिल्लाको १५ वटै स्थानीय तहको निर्वाचनमा तामाङ उमेदवारलाई टिकट दिन पार्टीहरुलाई ध्यानाकर्षण पत्र बुझाइयो । जितेका तामाङ र प्रतिस्पर्धामा उत्रेका तामाङ सबैलाई बधाई तथा शुभकामना कार्यक्रम राखियो । प्रदेशको नामाकरणको सम्बन्धमा हामीले किरात प्रदेश हुनुपर्छ भनेर कुरा राखेका थियौ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को चौथो बैठक काकडभिट्टामा हुँदा त्यसको आवश्यक व्यवस्थापनमा सहयोग गरेको थिएँ । झापामा तीन सयभन्दाभन्दा बढी आजीवन सदस्यता विस्तार गरेका छौ । ग्रेन गे दिमलाई सहयोग पु¥याउन छलफल भइरहेको छ । सुदूरपश्चिममा एकजना लिम्बू निर्वाचित भयो । त्यहाँ लिम्बूको संस्थाले व्यापक खोजी ग¥यो । हामीले पनि त्यस्तो व्यक्तिहरुलाई खोजी गरेर सम्मान गर्नुपर्छ । राजनीतिक रुपमा हामीले पनि कसरी बजारीकरण गर्न सक्छौ भनेर योजना बनाउनु प¥यो । त्यस अनुसार चल्नुपर्छ होला जस्तो लाग्छ ।
१४. निसा मोक्तान (संघीय सदस्य–धनुषा) ः–
हाम्रो धनुषा मधेश प्रदेशमा संघीय घेदुङले अलिक नहेरेको हो कि जस्तो लाग्यो । अध्यक्ष आफै १ नम्बर प्रदेशमा जाँदा मधेशमा पनि आउनुहुन्छ जस्तो लागेको थियो । मधेश प्रदेश समिति पनि निष्क्रिय जस्तो भएको छ । धनुषामा स्थानीय जनप्रतिनिधिलाई सम्मान पनि गरियो । डकुमेन्टहरु केन्द्रले मात्रै राख्ने कि जिल्लाले पनि राख्ने हो ? यसमा अलिक घच्घच्याउनु पर्छ होला । घेदुङको मेसेन्जर गु्रप पनि छ त्यसमा अलिक बढी राजनीतिक कुरा आउँछ । यो मलाई राम्रो लागिरहेको छैन । हाम्रो जिल्लामा अलिक थोरै मात्रै तामाङ समुदाय छन् । मैले अलिक अध्यक्षलाई यो कुरा भन्न खोजेको हुँ ।
१५. निर्मल लामा (संघीय सदस्य–नुवाकोट) ः–
तामाङ जिताउने भन्ने अभियान चलाउने भनेर घेदुङले भन्यो । तामाङ जिताउने अभियानमा लाग्दा मलाई पनि पार्टीबाट धेरै चार्ज आयो । म पार्टीको पनि मान्छे भएकोले त्यस्तो भयो । नुवाकोटबाट धेरै तामाङले जितेका छन् । केही ठाउँमा हाम्रो पहलमा मातृभाषा सम्बन्धी प्रशिक्षण कार्यक्रमको लागि बजेट विनियोजन गरिएको छ । अब संघीय कार्यालयले आवश्यक समन्वय गरी तालिम सञ्चालन गर्नुप¥यो । हाम्रो पिरामिड जस्तो संगठन हुनुपर्ने तर अध्यक्षको पनि सांगठनिक कमजोरी देखेको छु । घर बनाउनलाई अध्यक्ष ज्यू रोइकराई गरेर हिँड्नु भएको छ । अब हामीले पहिले जग्गा लिनुप¥यो । त्यसपछि घर बनाउनलाई समस्या भएन । हामीले विभिन्न अन्तर्राष्ट्रिय दाता आइएनजिओलाई पनि रिझाउन सकेनौ । म विद्यार्थी घेदुङमा लामो समयदेखि लागेको मान्छे हुँ तर म पछि परेको छु । संगठन बनाउने काममा लाग्नुप¥यो । संगठनभित्रको काम हामीले नै मिलाउनु प¥यो । हामी अलिक डायनामिक हुनुपर्छ । काजीमान जीको सम्बन्धमा के गल्ती, कमजोरी छन् । त्यो गर्नुपर्छ होला । सबैलाई उपयोग गर्नसक्नुपर्छ । काम गर्न सक्नेलाई जिम्मेवारी दिनुपर्छ ।
१६. दिनेश लो (अध्यक्ष–विद्यार्थी घेदुङ) ः–
विद्यार्थी घेदुङले मातृ घेदुङले भन्दा पनि धेरै काम गरेको छ । नेवाः ताम्सालिङको आन्दोलनमा उल्लेखनिय सहभागिता रहेको थियो । लोकसेवा आयोगको असंवैधानिक कदमको विरोधमा पनि आन्दोलन ग¥यौ । कोभिड–१९ को बेलामा पनि हामीले काम गरेका थियौ । राष्ट्रिय जनगणनामा पनि अन्तरक्रिया कार्यक्रम गरिएको थियो । सोनाम ल्होछारसँगै सांस्कृतिक जागरण कार्यक्रम, बुद्धको मुर्ति तोडफोड भएकोमा सशक्त विरोध, तामाङ विद्यार्थी घेदुङ सिन्धुलीसँग मिलेर कोभिडको बेलामा राहत, मास्क वितरण गरिएको थियो । छात्रवृतिमा ५ जना तिामाङ वद्यार्थीले अध्ययन गरिरहेका छन् । तामाङ विद्यार्थीको प्रवास संगठन निर्माण पनि भएको छ । कास्की जिल्लामा विद्यार्थी घेदुङको कार्यक्रममा मातृ घेदुङको हस्तक्षेप भएको छ । त्यसमा जिल्ला अध्यक्षलाई ज्यान मार्ने धम्की समेत दिइयो । प्रमुख अतिथिको विषयलाई लिएर यो कुरा भएको थियो । मातृ घेदुङले भातृसंगठनलाई चलायमान बनाउनका लागि केही सहयोग गर्नुप¥यो । सोलुखुम्बु घेदुङमा पनि समस्या आएको छ । मातृ घेदुङबाट त्यहाँ पनि हस्तक्षेप भयो । अध्यक्षको विषयमा यो स्वतन्त्र तामाङको संस्था होइन भन्ने कुरा पुष्टि आयो । अन्तर्राष्ट्रिय तामाङ परिषद्को लेटरहेड प्रयोग गरेर मत माग्ने काम भयो । गठबन्धनलाई जिताउने बेलामा अध्यक्ष आफैले भोट मागिरहनु भएको थियो । त्यो गलत भएको छ । घेदुङको विधानमा जनप्रतिनिधिलाई फेरि ल्याउने काम भएको छ । उहाँहरुको मनोनितमा नाम छ । यो त विधान विपरीत काम भयो । संस्कृति घेदुङको कुरा ग्रुपमा व्यापक आएको छ । त्यो कुरा किन उठाइएको छैन । मनोनितमा सिएस दोङको कुरा किन आएन ? उसको पनि ठुलो लगानी छ । भातृसंगठन चलायमान गर्ने कुरामा कुनै योजना बनिरहेको छैन । यसमा एजेण्डा बन्दैन । अन्तर्जातीय विवाह र बहुविवाहको कुरा पनि छ । त्यो विषयमा सोच्नुप¥यो । महासचिवको जुन कुरा छ । उहाँ आफै बैठकमा उपस्थित हुनुहुन्छ । यसमा आपैm उपस्थित भएपछि त्यसमा उहाँ महासचिव नै हो । आय–व्ययको कुरा छ । यसमा कोषाध्यक्ष किन आउनु भएन ?
१७. दीलबहादुर तामाङ (संघीय सदस्य–मोरङ) ः–
बैशाखमा मोरङ जिल्ला सम्मेलन सम्पन्न गरियो । स्थानीय निर्वाचनमा जितेका तामाङ जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रम गरियो । असार ३ र ४ गते केराबारी गाउँपालिकामा तामयिग लिपि प्रशिक्षण कार्यक्रम २ दिने सञ्चालन भयो । भदौ २५ गते सुन्दरहरैचाको अधिवेशन सम्पन्न भयो । साउनको ३१ गते ग्रेन गे दिमको कार्यक्रम सञ्चालन भयो । घेदुङको आयव्यय विवरण डिटेलमा आउनु प¥यो । भातृसंगठनको अधिवेशनहरु गरेर अघि बढ्नुप¥यो । समिति गठन गरेको छ तर कुनै काम हुन सकेको छैन । प्रशिक्षणहरु हुँदैन । यसमा कमजोरी भएको छ । लामाको ४ वटा सम्प्रदाय छन् । त्यसको सबैमा काम गर्नुपर्छ । संस्कार संस्कृति अनुसारको काम हुनुप¥यो । ग्रेन गे दिममा अब के गर्ने ? हाम्रो दायित्व के हो ? भाषण मात्रै गर्ने, दायित्व पूरा नगर्ने हो भने यो पनि राम्रो भएन ।
१८. जानुकला पाख्रिन (संघीय सदस्य–सुनसरी) ः–
सुनसरी जिल्लामा हामी दुईजना संघीय सदस्य छौ । हामी दुवै जना मिलेर काम गरिरहेका छौ । सुनसरीमा जिल्ला अधिवेशन गर्न सकिएको छैन । पहलकदमी लिइरहेको छु । नगर अधिवेशनहरु भइरहेका छन्, हुँदैपनि छन् । ग्रेन गे दिमको कुरामा जुन हिजो प्रस्तुत भयो । इटहरीबाट पहल भइरहेको छ । संघले भनेजस्तो ल्होछार सांस्कृतिक कार्यक्रम गर्न सकिँदैन कि भन्ने पनि छ । बरु घरघरमै गएर पैसा संकलन गर्ने कुरा भइरहेको छ । तामयिग लिपिको बारेमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा अनुरोध गर्न चाहन्छु ।
१९. उषा वाईबा (संघीय सदस्य–नुवाकोट) ः–
मैले अस्ति कार्य विवरण पठाइसकेको थिएँ । १२ वटै पालिकामा तामाङलाई जिताउनुपर्छ भनेर लाग्यौ पनि तर हामीलाई जातिवादीको आरोप पनि लाग्यो । महिलाको पक्षमा लाग्नु तर जातीय कुरामा नलाग्नु भनियो । प्रमुख अतिथिको कुरामा राज्यको उच्च तहको मान्छे ल्याउँदा राम्रै होला । हामीले १२ वटा स्थानीय तहमध्ये ७ वटा पालिकामा तामाङ जिताएका छौ । अब अधिवेशनको तयारी भइरहेको छ । विभिन्न समस्याले पीडित तामाङलाई सहयोग गर्ने काम पनि भइरहेको छ । स्तन क्यान्सर पीडित, कुटपीटको घटनाका पीडित, बोन्म्यारो पीडितलाई सहयोग, मातृभाषा शिक्षा कार्यक्रम किस्पाङ गाउँपालिकामा तालिम सञ्चालन भएको छ । त्यहाँ पुस्तक प्रकाशन गर्नुपर्नेछ । पञ्चकन्यामा कार्यक्रम हुँदा संघीय कार्यालयबाट हामीलाई खबर भएन । यसमा केन्द्रबाट कमजोरी भएको छ । ग्रेन गे दिममा पनि ल्होछारकै अवसरमा आर्थिक संकलन गर्नुपर्छ । त्यो सुझाव दिन चाहन्छु ।
२०. शारदा माया तामाङ (संघीय सदस्य–सोलुखुम्बु) ः–
कुनैपनि नेतृत्वलाई हेर्दा गर्नलाई गाह्रो हुन्छ । यस्तो संस्थामा आफ्नै खल्ती छामेर काम गर्नुपर्ने स्थिति छ । कार्य सम्पादनको विषयलाई लिएर जुन टिक्काटिप्पणी भएका छन् । हामी विभिन्न ठाउँबाट आएको कारणले त्यो हुनु स्वभाविक पनि हो । सम्मान कार्यक्रम । ग्रेन गे दिमको पनि कुरा छ । आज हामीले गुम्बा निर्माण गरेन भने पछिको पुस्तालाई अप्ठ्यारो हुन्छ । पैसा भएपनि जग्गा नपाउँदा यस्तो संरचना निर्माणमा समस्या आएको छ । सोलुको जिल्ला अध्यक्ष धर्मजी अलिक कडा हुनुहुन्छ । मेरो प्रतिवेदनको कुरा सबै म इमेलमा पठाउँछु ।
२१. जयमान वाईबा (सचिव) ः–
अहिलेको मेन फोकस काम के हो ? त्यसमा ध्यान दिनुपर्छ । ग्रेन गे दिम एउटा काम हो । यसलाई पूरा गर्नका लागि के गर्ने भन्ने हो ? यसको लागि यति चै उठाउनै पर्ने भनेर सबैलाई जिम्मेवारी दिउँ । भातृसंगठनलाई पनि त्यही अनुसारको जिम्मेवारी दिउँ । प्रमुख अतिथि जुन संस्थाले तोक्छ त्यही तोक्दा हुन्छ । दलहरुमा चै नम्बरिङ हुन्छ । नम्बर अनुसार गर्दा विवाद हुँदैन । मेरो जिम्मेवारी विपद व्यवस्थापनको भएकोले विपदमा कानुनी बाटोमा धेरै काम गर्नुछ । जति गर्नुपर्ने हो ? त्यो गर्न सकिएको छैन । विपदको कुरामा सबैले गर्नुप¥यो । सबै ठाउँमा त्यो गर्न सम्भव पनि हुँदैन । मनोनितको विषयमा जनप्रतिनिधिलाई चै मनोनित नगर्दा राम्रो हो ।
२२. सावित्री तामाङ (सहकोषाध्यक्ष) ः–
दुई दिनको बैठकमा हामी आउनुभन्दा जानु हतार गर्छौ । यो राम्रो भएन । अध्यक्षले प्रस्तुत गरिसकेपछि समूहमा छलफल गरेर कुरा राख्दा राम्रो होला । प्रतिवेदन त लिखितमा दिँदा नै हुन्छ । अध्यक्षको प्रतिवेदनको कुरा पनि लिखितमा हुनुपर्छ । आगामी बैठकमा त्यो हिसाबले जानुपर्छ । केन्द्रीय समितिको बैठकमा म तीनवटै बैठकमा उपस्थित छु तर सचिवालय बैठकमा म अनुपस्थित भएको छु । एकपटकमा विरामी थियो, अर्कोपटक संस्थाको काम प¥यो र जान सकिन । विधान बमोजिम भोग्न तयार छु । धेरै काम कोषाध्यक्षले नै गरिरहनु भएको छ । हिसाबकिताब र दिशापिशाब चै क्लियर हुनुपर्छ । महाधिवेशनको बेलामा हामी पार्टीमा नलाग्ने को छ ? जनजाति महासंघमा पनि त्यस्तै हुन्छ । गत महाधिवेशनमा पनि त्यस्तै भयो । मलाई पनि महाधिवेशनको बेलामा पार्टी कुन हो ? भनेर सोधियो । त्यो मलाई राम्रो लागेन । हामी ढुंगा हौ तर सुनौलो मुर्ति बन्ने प्रयत्न गर्नुपर्छ ।
२३. काजिमान थिङ (महासचिव) ः–
तामाङ ह्युलको साझा घरभित्र हामी हुर्किदै आयौ । म महाधिवेशनबाट निर्वाचित भएर आइसकेपछि म दुईवटा सचिवालय बैठकमा अनुपस्थित रहेँ । म कार्यालयमा बसेर काम गर्न सकिनँ । कार्यवाहकको जिम्मेवारी दिएको थिएँ । मेरो अभावमा काम गर्नुभएकोमा जगतजीलाई धन्यवाद दिन चाहन्छु । मैले संस्थामा जोडिन नसकेकोमा म क्षमा चाहन्छु । मेरो घरमा आमा विरामी हुनुभयो । त्यसपछि म पनि तनाबमा परेँ । केही दिनसम्म हस्पिटलाईज भएर बसेँ । तेस्रो बैठकमा आउनुभन्दा अगाडि मैले आउँछु भनेर अनुरोध गरेँ । बैठकमा आउनुभन्दा नआउनु भनेर साथीहरुले कुरा राख्नुभयो । यो बेलामा दुःखमा साथीहरुलाई सहयोग गर्नुको सट्टा सिध्याउने कुरा जस्तो भयो । कार्यवाहकको पनि कतिसम्म मिति हो भन्ने तोक्नुपर्दो रहेछ । मातृभाषाको पठनपाठनमा मरिणमा सबैभन्दा बढी विद्यालयमा गएको छ । त्यो रकम मेरोमा बस्यो । गाउँपालिकाबाट फछ्र्योट भएको छ । बेरुजु छैन । महाधिवेशनको बेलाको पनि रकम बाँकी छ । चेक ६२ हजारको थियो । त्यो सबै क्लियर गर्छु र गर्नुपर्छ । नजाउँ कि भन्दाभन्दै पनि अप्ठ्यारो परिस्थितिलाई सप्ठ्यारो बनाउँछु भनेर आएको छु ।
२४. सन्चु ब्लोन (उपाध्यक्ष) ः–
काजिमान जी जसरी हराउनु भयो । आर्थिक जस्तो कुरा छ । ४, ५ महिनाको बिचमा सम्पर्क विहीन भयो । फोनबाट त भन्न सकिन्थ्यो होला नी । किन त्यसरी भन्न सक्नुभएन । तपाईलाई महासचिव बनाउँदा कति कसरत गरियो । त्यो देख्नुभएकै होला । त्यो जिम्मेवारी लिएर हराउनु हुँदा दुःख लाग्यो । पद लिन मारामार गर्ने अनि जिम्मेवारी लिँदा भाग्ने यो राम्रो भएन । घेदुङले गरेको सामाजिक, सांस्कृतिक आन्दोलनको कुरा गाउँतहसम्म पु¥याउन सकिरहेका छैनौ । घेदुङले लिएको लिपिसम्बन्धी कुरा के हो ? भनेर बुझ्नुप¥यो । यसबारे अब प्रश्न नगरौ । लामाको विभिन्न सम्प्रदाय छन् । तामाङको जुन सम्प्रदाय हो त्यसलाई लिनुपर्छ ।
२५. रामकृष्ण ब्लोन (वरिष्ठ उपाध्यक्ष) ः–
मानिसको आआफ्नो क्षमता हुन्छ । सबै गुणले सम्पन्न हुँदैन । संस्कार संस्कृतिको कुरा कहिल्यै पूर्ण हुँदैन । यो निरन्तर लडिरहनुपर्ने मुद्दा हो । यसमा लागिरहनुपर्छ । कोही यो क्रममा बाहिरिन्छन्, कोही भित्रिन्छन् यो नियम हो । मोहन गोले जीलाई पहिलो कार्यकालमा केही मान्छेहरुले लखेट्नु पनि खोज्यो । मैले त्यसमा विमती जनाएँ । हामीसँग जे जे क्षमता छ, त्यो समुदाय उठाउनलाई प्रयोग गर्नुपर्छ । बाबु घिसिङले कार्यालय रुँघेर पनि समय दिनुभयो । मलाई यो संगठनमा लाग्दा सुगर रोगले समात्यो । संगठनमा लाग्नेको व्यक्तिगत जीवन गाह्रो हुन्छ । पार्टीले पनि च्याप्ने हुन्छ । जोवान गयो, पैसा गयो, व्यापार, व्यवसाय चौपट्ट भयो, सबै सकियो तर संस्था सकिँदैन । तर मैले समुदायको माया पाएको छु त्यो त कमाएँ नी । साथीहरुले सही असनतुष्टि पोख्ने अनि छलफल हुने बैठक जस्तो गरिमामय ठाउँमा चैँ अनुपस्थित हुने यो राम्रो भएन । कतिपयले यो बारेमा प्रश्न उठाएका छन् । बैठकमा अनुपस्थित हुने अनि विज्ञप्ती निकाल्ने जुन काम भएको छ । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षले अलिक समन्वय गरिदिनुप¥यो । त्यसमा धेरै गुनासो आएको छ ।
२६. कुमार सिंह घिसिङ (सहअध्यक्ष) ः–
काम गर्नेलाई कति पीडा छ त्यो गर्नेलाई थाहा छ । म लामो समयदेखि घेदुङमा बसेको मान्छे हो । गोलेजी २०६८ मा आउनुभयो । २०७२ मा अध्यक्ष हुनुभयो । क्षमताले पनि होला । म पनि अहिले छोराको मगनी छोडेर आएको छु । अरुलाई चै विहे पर्दा बैठकमा नआउने । म डेटु डे कार्यालयमा पनि हाजिर छु । मेरो हस्ताक्षर चल्दैन तर काम गरिरहेको छु । इलाममा आउनु सक्दैन । इलामको साथी काठमाडौ जानुपर्दा कस्तो होला । त्यो बुझ्नु परेन ।