बिधान

नेपाल तामाङ घेदुङ
विधान – २०१३
(छैठौं संशोधन ः चितवन —२०७२ फागुन २९,३० र १ चैतसम्म)

    प्रथम संशोधन ः काठमाडौं – २०४९ चैत्र २२–२३ गतेसम्म
    द्धितिय संशोधन ः मोरङ – २०५४ चैत्र २२–२४ गतेसम्म
    तृतिय संशोधन ः कास्की – २०५९ चैत्र २०–२४ गतेसम्म
    चौथो संशोधन ः काठमाडौं – २०६३ चैत्र २४–२६ गतेसम्म 
    पाँचौ संशोधन ः मकवानपुर – २०६८ वैशाख २४–२६ गतेसम्म 
    छैठौं संशोधन ः चितवन — २०७२ फागुन २९,३० र १ चैतसम्म

प्रस्तावना ः
    नेपाल राज्यको विभिन्न भू–भागमा बसेका तामाङ आदिवासी÷जनजातिको पहिचान, हक, हित, अधिकार, भाषा, लिपि, धर्म, संस्कृति एवं लोकतान्त्रिक मुल्य, मान्यता र राष्ट्रिय अखण्डताको संरक्षण र सम्वद्र्धन गर्दै आत्मनिर्णयको अधिकारसहित जातीय क्षेत्रीय स्वायत्त शासन सहितको संघीय राज्य संरचनातर्फ अघि बढ्न तथा सामाजिक, आर्थिक समुन्नतिसँगै राष्ट्रोन्नतिमा आवश्यक योगदान पु¥याउनका निम्ति सामूहिक तथा संगठित रुपमा प्रयत्नशिल रहन राष्ट्रिय स्तरको एक सामाजिक संस्था “नेपाल तामाङ घेदुङ” को गठन गर्न वाञ्छनीय भएकोले प्रस्तावित स्वीकृत विधान–२०१३ लाई मिति २०७२ साल फागुन २९–३० र चैत १ गतेसम्म चितवनमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनले सर्वसम्मत्तिद्वारा यो संशोधित विधान पारित गरेको छ । 

 

परिच्छेद–१
प्रारम्भिक


१.    संक्षिप्त नाम र प्रारम्भ ः–
       १.    यस विधानको नाम “नेपाल तामाङ घेदुङ” को विधान – २०१३ लाई छैठौं पटक संशोधन गरी बनेको “नेपाल तामाङ घेदुङको विधान – २०१३” (२०७२ को संशोधन समेत) रहनेछ । 
       २.    यो विधान राष्ट्रिय महाधिवेशनले पारित गरेपछि प्रारम्भ हुनेछ । 
       ३.    यस विधानको पालना गर्नु प्रत्येक सदस्यको कर्तव्य हुनेछ । 
       ४.    नेपाल तामाङ घेदुङको सम्पूर्ण काम कारवाही यसै विधानमा लेखिए बमोजिम हुनेछ । 

परिच्छेद–२
परिभाषा

२.    विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस विधानमा –
       १.    “विधान” भन्नाले “नेपाल तामाङ घेदुङ – २०१३” को मूल कानून भन्ने बुझिन्छ ।
       २.    “सदस्य” भन्नाले यो विधानको, धारा ५ बमोजिम मानार्थ, संरक्षक, आजीवन, आवद्ध र साधारण सदस्य समेतलाई जनाउँछ । 
३.    “कार्यकारिणी समिति” भन्नाले केन्द्र, प्रदेश, जिल्ला र नगर÷गाउँ समिति समेतलाई जनाउनेछ । 
       ४.    “तोकिएको वा तोकिए बमोजिम” भन्नाले यस विधान बमोजिम राष्ट्रिय कार्यकारिणी समितिले बनाएको नियमावलीमा उल्लेख भएको नियमहरु, रा.का.स र केन्द्रीय सचिवालयले निर्णय गरी परिपत्र जारी गरेको समेतलाई जनाउछ । 
       ५.    “संघ” भन्नाले “नेपाल तामाङ घेदुङ” लाई जनाउनेछ । 
       ६.    “तामाङ” भन्नाले नेपालको भूमिपुत्र आदिवासी÷जनजाति तथा विदेशमा समेत बसी तामाङ जनजातिको परम्परा, संस्कार र संस्कृति पालना गरी तामाङ वंशज भई वा तामाङको परम्परा संस्कृति एवं संस्कारलाई पालना गरि आएका आफूलाई तामाङ हुँ भनि स्वीकार गर्ने जनजातिलाई जनाउनेछ । 
       ७.    “राष्ट्रिय महाधिवेशन” भन्नाले विभिन्न जिल्लाहरुबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि, पर्यवेक्षक तथा राष्ट्रिय कार्यकारिणी समिति, केन्द्रीय सचिवालय सदस्यहरु, भातृसंगठनहरुबाट प्रतिनिधित्व गरी आएका प्रतिनिधिहरु, पर्यवेक्षकहरु (सल्लाहकार समिति, सर्वोच्च समूह समेत) र सम्पूर्ण प्रतिनिधि संख्याको हुन आउने ८% राष्ट्रिय कार्यकारिणी समितिद्वारा मनोनित व्यक्तिहरुसहितको सर्वोच्च सभालाई जनाउनेछ । 
       ८.     ”प्रादेशिक अधिवेशन” भन्नाले प्रदेश अन्तर्गतका केन्द्रीय सदस्यहरु, प्रादेशिक कार्यसमितिका सदस्यहरु, जिल्ला वा स्थानीय निकायका प्रतिनिधिहरु, प्रतिनिधि संख्याको ८ प्रतिशतले प्रादेशिक समितिले मनोनित गरेका प्रतिनिधिहरु र प्रदेशका सल्लाहकारहरु सम्मिलित सभालाई जनाउनेछ । 
       ९.    “जिल्ला अधिवेशन” भन्नाले प्रत्येक गाविस÷नगर स्तरीय इकाई कार्यकारिणी समिति, जिल्लास्तरका भातृसंगठन, जिल्ला सल्लाहकार समिति र जिल्ला कार्यकारिणी समितिले प्रतिनिधिहरुको संख्याको ८% ले  हुन आउने गरी मनोनित गरेको व्यक्तिहरुबाट प्रतिनिधित्व हुने सभालाई जनाउनेछ । 
       १०.    “गाविस÷नगर अधिवेशन” भन्नाले प्रत्येक गाउँमा गाउँ विकास समिति, नगरमा नगरपालिका एवं प्रत्येक वडा क्षेत्रभित्र विधान बमोजिम सदस्यता प्राप्त व्यक्तिहरुको सभालाई जनाउछ । 
       ११.    “नियमावली” भन्नाले यस विधान बमोजिम राष्ट्रिय कार्यकारिणी समितिले बनाएको नियमावलीलाई बुझाउनेछ । 
       १२.    “केन्द्रीय सचिवालय” भन्नाले राष्ट्रिय कार्यकारिणी समितिले गर्ने दैनिक कार्य सञ्चालन तथा कार्यान्वयन गर्न बनाएको कार्यकारी अंगलाई  बुझाउनेछ । 
       १३.    “भातृ संगठन” भन्नाले यो विधानको धारा २० बमोजिम गठन भएको समितिहरुलाई जनाउनेछ । 
       १४.    “सम्पर्क समिति” भन्नाले विधानको धारा १२ (२) बमोजिम गठन भएको समितिहरुलाई जनाउनेछ । 
       १५.    “आवद्ध सदस्य” भन्नाले विधानको धारा ५ (५) बमोजिम सदस्यता प्राप्त संघसंस्थालाई जनाउनेछ । 
       १६.     “पदाधिकारी” भन्नाले कार्यसमितिका सम्पूर्ण सदस्य समेतलाई जनाउनेछ ।  
       १७.     “सल्लाहकार” भन्नाले यस विधान बमोजिम मनोनित सल्लाहाकार सदस्यहरुलाई बुझाउनेछ । 
       १८.     “गान्वा डाजाङ” भन्नाले धारा ३१ बमोजिम गठन हुने समितिलाई जनाउनेछ । 

परिच्छेद – ३

३.    संस्थाको नाम र कार्यालय ः–
       १.    “नेपाल तामाङ घेदुङ” नामको एक सामाजिक संघको स्थापना हुनेछ । छोटकरीमा “ने.ता.घे.” तथा अङ्ग्रेजीमा “Nepal Tamang Ghedung (Association)” छोटकरीमा “NTG” भनिनेछ । 
       २.    यस संघको केन्द्रीय सचिवालय काठमाडौंमा रहनेछ । 
       ३.    जिल्ला कार्यकारिणी समितिको कार्यालय सम्बन्धित जिल्लामा नै रहनेछ । 
       ४.    गाविस÷नगर समितिको कार्यालय सम्बन्धित गाविस÷नगरमा नै रहनेछ । 
       ५.    यस विधान तामाङ लिपि “तामयिग”मा पनि प्रकाशन गरिनेछ । 

४.    घेदुङको व्यक्तित्व ः–
       १.    नेपाल राष्ट्रभरका तामाङहरुको यो एकमात्र वैधानिक संस्था हुनेछ । 
       २.    यो घेदुङ अविछिन्न उत्तराधिकारवाला एक संगठित र स्वशासित संस्था हुनेछ । 
       ३.    घेदुङले व्यक्ति सरह चल अचल सम्पत्ति प्राप्त गर्ने, भोग चलन गर्ने, धितो राख्ने, बेचविखन गर्ने र अन्य किसिमले उपभोग गर्न सक्नेछ ।  
       ४.    घेदुङले आफ्नो नामबाट कसै उपर नालिस, उजुर र प्रतिवाद गर्न सक्नेछ । 
       ५.    घेदुङको काम कार्वाहीको लागि अनुसूची–१ बमोजिम एउटा छुट्टै छाप हुनेछ । यो सबै तहमा एकै किसिमको छाप हुनेछ । 
       ६.    घेदुङको झण्डा अनुसूची–२ मा उल्लेख गरे बमोजिम हुनेछ । 
       ७.    घेदुङ समितिका पदाधिकारी तथा सदस्यहरुले अनुसूची–३ मा उल्लेख गरे बमोजिम सपथ ग्रहण गर्नु पर्नेछ । 

परिच्छेद–४
सदस्यता

५.    सदस्यता र सदस्यताको अभिलेख ः–
       १.    विधानको उद्देश्यप्रति आस्थावान हुने कुनै पनि १६ बर्ष उमेर पुगेको तामाङ घेदुङको जिल्ला सम्पर्क समिति, गाउँ, नगर र जिल्लामा निर्धारित सदस्य शुल्क बुझाई साधारण र प्रतिवद्ध सदस्य बन्न सक्नेछन् । 
       २.    तामाङ जातिको उत्थानमा विशेष योगदान दिने कुनै पनि स्वदेशी तथा विदेशी व्यक्तिलाई राष्ट्रिय कार्यकारिणी समितिले मानार्थ विशिष्ट सदस्यता प्रदान गर्न सक्नेछ । 
       ३.    सदस्य शुल्क देहाय बमोजिम निर्धारित गरिएको छ । 
                १)     साधारण सदस्य         ः प्रवेश शुल्क रु.२५।–
                २)     राष्ट्रिय कार्यकारिणी सदस्य     ः मासिक शुल्क रु.२००।–
                ३)     आजीवन सदस्य         ः शुल्क एकमुष्ट रु. १,०००।– 
                      (क) आजीवन सदस्यता घेदुङको केन्द्रदेखि जिल्ला समितिका सबै सदस्यहरू तथा भ्रातृसंगठनका केन्द्रीय पदाधिकारीहरूले अनिवार्य रूपमा लिनु पर्नेछ । 
                      (ख)  यस्तो सदस्यताको अभिलेख के्रन्द्र र जिल्ला समितिमा अनिवार्य रूपमा रहने छ । 
                      (ग)  जिल्ला कार्यकारिणी समितिले आजीवन सदस्यता वापत सङ्कलन गरेको शुल्कको ५० प्रतिशत राखी बाँकी रकम केन्द्रमा पठाउनु पर्नेछ ।
                      (घ)  केन्द्रले यसबाट उठेको ४० प्रतिशत रकम केन्द्रमा स्थापना हुने अक्षय कोषमा जम्मा गर्नु पर्नेछ । 
                      (ङ)  आजीवन सदस्यता दिँदा घेदुङको नीति र कार्यक्रमप्रति प्रतिबद्ध रही सामाजिक सांस्कृतिक सेवाको काममा सक्रियतापूर्वक लागेकालाई प्राथमिकता दिनु पर्नेछ । 
                      (च)  घेदुङको कुनै समितिको पदाधिकारी एवं सदस्य हुन कम्तिमा १ बर्ष अगावै आजीवन सदस्यता लिएको हुनु पर्नेछ ।

       ४.     संरक्षक सदस्य ः शुल्क एकमुष्ट रु. १०,०००।– 
               घेदुङको संरक्षण र सम्बद्र्धन गर्नु संरक्षकको दायित्व हुनेछ । केन्द्र तथा जिल्लाको हरेक कार्यक्रममा सहभागी हुने तथा आवश्यक सुझाव दिने कार्य संरक्षकको हुनेछ । साथै, संरक्षक सदस्यले सम्बन्धित जिल्ला                           अधिवेशनमा प्रतिनिधित्वको अधिकार प्राप्त गर्नेछन् ।
       ५.    आवद्ध÷शाखा सदस्यताः– आवद्ध÷शाखा सदस्यले आवद्ध सदस्यता वापत विदेशस्थित तामाङ संघसंस्थाका लागि रु. ५,०००।– र नेपालस्थित रहेका तामाङ संघ संस्थाहरुले रु. २,०००।– शुल्क बुझाई घेदुङको आवद्ध                 सदस्यता प्राप्त गर्न सक्नेछन् । 
       ६.    घेदुङको साधारण सदस्यहरुलाई मत दिने तथा निर्वाचित हुने अधिकार हुनेछ । तर राष्ट्रिय कार्यकारिणी समितिको नेतृत्वदायी पद अध्यक्षमा उम्मेदवारी दिन वा निर्वाचित हुन राष्ट्रिय कार्यकारणी समितिको सचिवालयमा                 रही एक अवधि काम गरेको हुनु पर्नेछ ।
      ७.    नेपाल तामाङ घेदुङका सबै पदहरु एक पद एक नेतृत्वका आधारमा चयन हुनेछन् । एक पदमा वहाल रहँदा रहँदै अर्को पदमा उम्मेदवारी दिई उक्त पदमा निर्वाचित भएमा बहालवाला पद स्वतः खारेज हुनेछ ।  

६.    सदस्यको अभिलेख राख्ने ः–
       १)    साधारण र आजीवन(प्रतिवद्ध) सदस्यको दर्ता किताब सम्बन्धित गाउँ, नगर तथा जिल्ला कार्यकारिणी समितिमा अभिलेख राखिनेछ । 
       २)    साधारण र आजीवन सदस्यको दर्ता किताबमा सदस्यको व्यक्तिगत विवरण राष्ट्रिय कार्यकारिणी समितिले तोके बमोजिमको ढाँचामा राखिनेछ । 
       ३)    जिल्ला सम्पर्क समिति गाउँ वा नगर कार्यकारिणी समितिले आफ्नो क्षेत्रका साधारण र आजीवन सदस्यको अद्यावधिक नामावली जिल्ला कार्यकारिणी समितिमा पठाउनु पर्नेछ । जिल्ला कार्यकारिणी समितिले एकप्रति                   केन्द्रीय सचिवालयमा सोको प्रतिलिपि विवरण पठाउनु पर्नेछ । 

७.    सदस्यको प्रकार ः–
       १)    साधारण सदस्य
       २)    आजीवन(प्रतिबद्ध) सदस्य 
       ३)    संरक्षक सदस्य ः संरक्षक सदस्य राष्ट्रिय महाधिवेशनमा मानार्थ प्रतिनिधि हुनेछन् । संरक्षक सदस्यहरुको राष्ट्रिय महाधिवेशनमा अभिभावकको भूमिका हुनेछ । 
       ४)    मानार्थ विशिष्ट सदस्य ः मानार्थ विशिष्ट सदस्यलाई मत दिने र निर्वाचित हुने अधिकार हुने छैन । तर घेदुङको भेला तथा अधिवेशनहरुमा भाग लिन पाउने र संरक्षकत्वको भूमिका खेल्ने अधिकार हुनेछ । 
       ५)    आवद्ध सदस्यता ः–
                  क)    नेपाल तामाङ घेदुङभन्दा बाहिर रहेर तामाङ समाजको हक, हित वा संवद्र्धनको लागि कार्यरत समान उद्देश्य भएका तामाङ संघ संस्थाहरुलाई “आवद्ध सदस्यता” प्रदान गर्न सकिनेछ । तर त्यस्तो सदस्यता                              प्रदान गर्नु पूर्व तल्लो समितिले उपल्लो (माथिल्लो) समितिको पूर्व स्वीकृति लिनु पर्नेछ । 
                  ख)    आवद्ध÷शाखा सदस्य संस्थाहरु घेदुङको उद्देश्य, नीति, मान्यता एवं हित विपरित नहुने गरी आफ्नो विधि विधान अनुसार आफ्नो संस्था सञ्चालन तथा कार्य गर्न स्वायत्त हुनेछन् । 
                   ग)    आवद्ध÷शाखा सदस्यता प्राप्त गर्ने संघसंस्थाहरुलाई नेपाल तामाङ घेदुङको सम्बन्धित समितिले स्थापना दिवसको अवसरमा हुने विशेष समारोहमा सदस्यता प्रमाण–पत्र प्रदान गर्नेछ । 

८.    सदस्यहरुको अयोग्यता र समाप्ति ः–     
    १)    राजीनामा दिएमा । 
    २)    सदस्यता नविकरण नगरेमा वा तोकिएको शुल्क नबुझाएमा । 
    ३)    १६ बर्ष उमेर नपुगेमा । 
    ४)    मृत्यु भएमा वा मानसिक सन्तुलन विग्री निको नहुने भएमा । 
    ५)    कुनै पनि नैतिक पतन हुने फौजदारी अभियोग लागि प्रमाणित भएमा । 
    ६)     घेदुङको उद्देश्य, नीति तथा आचारसंहिता विपरित काम गरेमा वा घेदुङको विरुद्ध हुने कार्य गरी घेदुङको नियमावली २०५० बमोजिम अनुशासनको कारवाहीमा परेमा । 

परिच्छेद–५

९.    उद्देश्य तथा नीति ः–
       १)    घेदुङ राजनैतिक दल विशेषसँग असम्वद्ध र लाभ निरपेक्ष रहनेछ । 
       २)    राष्ट्रिय अखण्डता, स्वतन्त्रता एवं राष्ट्रको समुन्नतिका निमित्त तामाङ जातिको सक्रिय सहयोग सामूहिक आधारमा उपलब्ध गराउनेछ । 
       ३)    मानव अधिकारको विश्वव्यापी घोषणा–पत्र, नागरिक एवं राजनैतिक अधिकार तथा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारका अन्तर्राष्ट्रिय अभिसन्धी (ऋयलखभलतष्यल), अधिवृत (एचयतयअब)ि, एवं सन्धि                         सम्झौताले दिएको नैसर्गिक मानव अधिकार र अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी तथा प्रजाति सम्बन्धि महासम्मेलन (क्ष्ीइ ऋयलखभलतष्यल ज्ञटढ) नं. १६९, संयुक्त राष्टसंघीय आदिवासी अधिकार सम्बन्धी विश्व                     घोषणापत्र २००७ (ग्ल्म्च्क्ष्ए द्दण्ण्ठ) तथा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्टिय महासन्धि, घोषणापत्रहरुले आदिवासी तथा जनजातिहरुको लागि अधिकारका रुपमा प्रदान गरेको मौलिक अधिकार तथा स्वतन्त्रता प्राप्तिका               लागि काम गर्ने । 
       ४)    राष्ट्रभित्र र बाहिर रहेका समान उद्देश्य राख्ने विभिन्न जाति र जनजातिको संघ, संस्था, व्यक्तिसँग सामूहिक रुपमा सुमधुर एवं सद्भावपूर्ण सम्बन्ध अभिवृद्धि गर्ने तथा सबैसँग मिलेर साझा एवं वृहत् हितका लागि काम गर्ने । 
       ५)    तामाङ भाषा, लिपि, साहित्य, कला, धर्म, संस्कृति, इतिहास आदिको संरक्षण, प्रवद्र्धन, उत्थान र विकासका लागि काम गर्ने । 
       ६)    तामाङ समुदायको शैक्षिक, वौद्धिक, शारीरिक, आर्थिक तथा सामाजिक अभिवृद्धिहरुको लागि काम गर्ने । 
       ७)     तामाङ जातिको जातीय क्षेत्रीय स्वशासन सहितको संघीय राज्य प्राप्तिका लागि साँस्कृतिक चेतना अभिबृद्धि गर्ने । 
       ८)     तामाङ समुदायको हित प्रबद्र्धनका लागि एम्बुलेन्स÷शववाहन आदि सेवा सञ्चालन गर्ने ।
       ९)     तामाङ समुदायको सामाजिक, आर्थिक हित प्रबद्र्धनका लागि अक्षय कोष, सहकारी तथा तामाङ कल्याणकारी कोषहरु खडा गरी सञ्चालन गर्ने । 
       १०)     मानव÷चेलीबेटी बेचविखन, घरेलु हिंसा, एच.आईं भि.एड्स, वालश्रम विरुद्ध क्रियाशिल रहने ।
       ११)    सम्पूर्ण तामाङहरुलाई गोलबन्द गर्दै समाज सुधारका लागि जनपैरवी गर्ने ।
       १२)     प्राकृतिक एवं बौद्धिक सम्पदामाथिको तामाङ जातिको पहुँच राख्न पहल गर्ने । 
       १३)     उल्लेखित उद्देश्य पूर्तिका लागि अन्य काम गर्ने ।

परिच्छेद–६
घेदुङको स्वरुप तथा काम, कर्तव्य र अधिकार ः–

१०.    घेदुङको स्वरुप ः– घेदुङको संगठनात्मक स्वरुप निम्नानुसार हुनेछ । 
        १)    गाविस÷नगरपालिका कार्यकारिणी समिति
        २)    जिल्ला कार्यकारिणी समिति
        ३)    प्रादेशिक कार्यकारिणी समिति 
        ४)    राष्ट्रिय कार्यकारिणी समिति

११.    गाविस÷नगर कार्यकारिणी समितिको गठन ः–
        १)    गाविस÷नगर कार्यकारिणी समितिको गठन गर्ने प्रयोजनको लागि गाउँमा वडा र नगरमा नगर वडासहित प्रत्येक वडाको क्षेत्रलाई एक इकाई मानी सो इकाइ प्रतिनिधिहरुको भेलाद्वारा गाविस÷नगर समितिको गठन                      हुनेछ ।
        २)    गाविस÷नगर समिति अधिवेशनको प्रतिनिधिहरुमध्येबाट सर्वसम्मति वा निर्वाचन प्रक्रियाद्वारा निम्नानुसार ११ सदस्यीय गाविस÷नगर कार्यकारिणी समिति गठन गरिनेछ । 
                       अध्यक्ष…………………………………………….    १
                       उपाध्यक्ष………………………………………….    १
                       सचिव…………………………………………….    १
                       कोषाध्यक्ष…………………………………………    १
                       सह सचिव………………………………………..    १
                       महिला सदस्य……………………………………..   ४(कम्तिमा)
                       सदस्य…………………………………………….    २
                                                          जम्मा                        ११ जना 

१२.१.    गाविस÷नगर कार्यकारिणी समितिको काम, कर्तव्य र अधिकार ः–
         क)    गाविस÷नगर कार्यकारिणी समितिले यस विधानको अधिनमा रही आफ्नो क्षेत्रको अधिवेशनले दिएको निर्देशन बमोजिम काम गर्ने । 
         ख)    गाविस÷नगर समितिले जिल्ला कार्यकारिणी समिति र राष्ट्रिय कार्यकारिणी समितिको निर्देशन बमोजिम काम गर्ने । 
         ग)    जिल्ला अधिवेशनको लागि १ महिलासहित २ जना प्रतिनिधि र १ जना पर्यवेक्षक छनौट गरी पठाउने र अधिवेशनमा भाग लिने ।
         घ)    अन्य समान उद्देश्य राख्ने संघ संस्थाहरुसँग सम्बन्ध बढाई कार्य गर्ने । 
        ङ)    प्रत्येक २ बर्षमा १ पटक गाविस÷नगर अधिवेशन गर्ने । 
        च)    अध्यक्षले राजिनामा दिएमा सिफारिससहित जिल्ला कार्यकारिणी समितिमा पठाउने तर अन्य पदाधिकारी तथा सदस्यहरुले राजिनामा दिएमा अध्यक्षले स्वीकृत गर्न सक्नेछ । 
        छ)    घेदुङको बार्षिक आय व्ययको विवरण राखी अधिवेशनद्वारा पारित गराई जिल्ला कार्यकारणी समितिमा पठाउने । 
        ज)    गाविस÷नगर समितिको बैठक प्रत्येक महिनामा १ पटक बस्नु पर्नेछ । 

१२.२.    जिल्ला सम्पर्क समितिको गठन ः–
        क)    उपत्यकामा आई अध्ययन तथा विभिन्न पेशा व्यवसाय अपनाई बसोबास गरी आएका तामाङ समुदायलाई समेटी एक जिल्ला सम्पर्क समितिकोे गठन गर्न सकिने छ । त्यस्तो समितिले सम्बन्धित जिल्लाको एक                             गाउँ÷नगर समिति सरहको हैसियत राख्नेछ । 
       ख)    सम्बन्धित जिल्लाबाट उपत्यकामा आई बसोबास गर्ने सबै सदस्यहरु जिल्ला सम्पर्क समितिको भेलाका प्रतिनिधि मानिने छन् । 
       ग)    भेला तथा अधिवेशनले खण्ड “(ख)” बमोजिमका प्रतिनिधिमध्येबाट दफा १२ (३) बमोजिम निर्वाचन गरी एक जिल्ला सम्पर्क समितिको गठन गर्नेछ । 
       घ)     त्यस्तो सम्पर्क समितिले सम्बन्धित जिल्लाको अधिवेशनमा तोकिए बमोजिम प्रतिनिधित्वको अधिकार प्राप्त गर्नेछन् । 
       ङ)     सम्बन्धित जिल्लामा घेदुङको जिल्ला सम्मेलन वा तदर्थ समिति बन्न नसकेको अवस्थामा त्यस्तो सम्पर्क समितिले महाधिवेशनमा १ जिल्ला १ प्रतिनिधित्वको अधिकार प्राप्त गर्ने छन् । 

१२.३.    जिल्ला सम्पर्क समितिको काम, कर्तव्य र अधिकार ः–
       क)    सम्बन्धित जिल्लाबाट उपत्यकामा आई अध्ययन तथा विभिन्न पेशा व्यवसाय अपनाई बसोबास गरी आएका तामाङ समुदायको तथ्याङ्क निकाल्ने, सम्पर्क गर्ने र घेदुङको सदस्यता वितरण गरी संगठित गर्ने ।
       ख)    सम्बन्धित जिल्ला र उपत्यका बीच सेतु (पुल) को कार्य गर्ने । 
       ग)    जिल्ला कार्यकारिणी समिति र जिल्ला सम्पर्क समितिको भेला तथा अधिवेशनले गरेको निर्णय वा निर्देशन अनुसार कार्य गर्ने । 
       घ)    जिल्ला कार्यकारिणी समितिको अधिवेशनमा भाग लिन १ महिलासहित २ जना प्रतिनिधि र १ जना पर्यवेक्षक छनौट गरी पठाउने । 
       ङ)    प्रत्येक २ बर्षमा नियमित अधिवेशन गर्ने र प्रत्येक बर्ष बार्षिक भेलाको आयोजना गर्ने तथा विभिन्न कार्यक्रमहरु बनाउने । 
       च)    अध्यक्षले राजिनामा दिएमा वा कुनै कारणले पद रिक्त हुन आएमा सोको जानकारी सम्बन्धित जिल्ला कार्यकारिणी समितिलाई दिने र अर्को भेला वा अधिवेशनले व्यवस्था नगरेसम्म अध्यक्षको राजीनामा स्वीकृत गरी                      उपाध्यक्षले कार्यभार सम्हाल्ने । 
       छ)    समितिले बार्षिक भेला वा अधिवेशनमा प्रस्तुत गरी अनुमोदन गराई राख्ने । 
       ज)    समितिको बैठक बर्षको कम्तिमा ६ पटक बस्नु पर्नेछ र आवश्यकता अनुसार थप बैठकहरु बस्न कुनै बाधा पर्ने छैन ।
       झ)    घेदुङको उद्देश्य प्राप्तिका निमित्त जिल्ला कार्यकारिणी समितिसँग समन्वय गरी अन्य थप आवश्यक कार्य गर्न सकिनेछ । 
       ञ)    जिल्ला सम्पर्क समितिको अधिवेशनको प्रतिनिधिमध्येबाट सर्वसम्मति वा निर्वाचन प्रक्रियाद्वारा निम्नानुसार ११ सदस्यीय जिल्ला सम्पर्क समिति गठन गर्नेछ । 
                            अध्यक्ष…………………………………………………    १
                            उपाध्यक्ष………………………………………………    १
                            सचिव…………………………………………………    १
                            कोषाध्यक्ष……………………………………………..    १
                            सह–सचिव…………………………………………….    १
                            महिला सदस्य…………………………………………    ४ (कम्तिमा)
                            सदस्य………………………………………………….    २
                                                              जम्मा                               ११ जना 

१३.    जिल्ला कार्यकारिणी समितिको गठन र जिल्ला अधिवेशन ः–
       १)    प्रत्येक ३ बर्षमा एक पटक जिल्ला अधिवेशन सम्पन्न गरिनेछ । जसमा जिल्लाभरीका गाविस÷नगर कार्यसमितिहरुले पठाएको प्रतिनिधि, पर्यवेक्षकहरु, जिल्ला कार्यकारिणी समितिको सदस्यहरु, भातृसंगठनका                           कार्यसमितिद्वारा तोकिएका प्रतिनिधिहरु, आजीवन सदस्य, संरक्षक सदस्य र जिल्ला कार्यकारिणी समितिद्वारा तामाङ समाज र जातिका लागि विभिन्न क्षेत्रबाट योगदान गर्ने बौद्धिक व्यक्तित्वहरुबाट मनोनित                               (अधिवेशनमा हुने जम्मा प्रतिनिधि संख्याको बढीमा ४ प्रतिशत) गरेका सदस्यहरु र जिल्ला सम्पर्क कार्यसमितिका प्रतिनिधिहरु सहितको सभा नै जिल्ला अधिवेशन हुनेछ । यस्तो संरचना बनाउँदा कम्तिमा ३३ प्रतिशत                   महिला हुनु पर्नेछ । जिल्ला कार्यसमितिमा पदाधिकारी तथा सदस्यमा निर्वाचित हुन त्यस्तो सदस्यले कम्तिमा १ बर्ष अगावै घेदुङको आजीवन(प्रतिबद्ध) सदस्यता लिएको हुनु पर्नेछ । 
       २)    जिल्ला अधिवेशनले निर्वाचन प्रक्रिया पूरा गरी निम्नानुसार बढीमा २५ र कम्तिमा १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति गठन गर्नेछ ।     
                                         अध्यक्ष…………                                       १
                                         उपाध्यक्ष……..(एक महिला समेत).             ३
                                         सचिव…………                                        १
                                         कोषाध्यक्ष………..                                    १ 
                                         सह–सचिव……….                                   १
                                         सदस्य…………(२ महिला समेत)                ६ (बढीमा)
                                         महिला सदस्य……                                   ४ (कम्तिमा)
                                         भातृसंगठनका सभापति पदेन सदस्य….       ८ 
                                                                         जम्मा                    २५ जना 

        ३)    जिल्लास्तरमा जिल्ला अधिवेशन नै माथिल्लो अंग मानिनेछ । 
        ४)    तल्लो समिति चलायमान नभई निस्क्रिय भएमा माथिल्लो समितिलाई विघटन गर्ने र संयोजन समिति बनाउने अधिकार रहनेछ । 

१४.    जिल्ला कार्यकारिणी समितिको काम, कर्तव्य र अधिकार ः–
        १)    तल्लो निकायहरुलाई निर्देशन दिने र कार्यान्वयन गर्ने गराउने । 
        २)    जिल्ला स्तरीय विभिन्न गाविस÷नगर समितिलाई परिचालन गर्ने । 
        ३)    घेदुङको माथिल्लो निकायबाट प्राप्त नीति, निर्देशन कार्यान्वयन गर्ने गराउने । 
        ४)    राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि÷पर्यवेक्षक छनौट गरी पठाउने । 
        ५)    अध्यक्षले राजीनामा दिएमा सिफारिससहित केन्द्रीय सचिवालयमा पठाउने । 
        ६)    अन्य समान उदेश्य राख्ने संघ संस्थाहरुसँग भाईचारा अभिवृद्धि गरी सम्बन्ध बढाउने । 
       ७)    घेदुङको बार्षिक आय–व्यय विवरण राखी जिल्ला अधिवेशनद्वारा पारित गराई प्रादेशिक समिति र राष्ट्रिय कार्यकारिणी समितिमा बार्षिक प्रगति प्रतिवेदन पठाउने । 
       ८)    कुनै गाविस÷नगर समितिले विधान विपरित कार्य गरेको वा निस्क्रिय भएको ठहरेमा त्यस्ता समितिलाई जिल्ला कार्यकारिणी समितिले विघटन गरी तदर्थ समितिको निर्माण गर्न सक्नेछ । उक्त समितिले १ बर्ष भित्रमा                       समितिको अधिवेशन गराई नयाँ कार्य समिति चयन गर्नु पर्नेछ । 
       ९)    कार्यसमितिको ५१ प्रतिशत सदस्यहरुको उपस्थितिलाई कार्यसमितिको बैठकको गणपुरक संख्या मानिनेछ । तर दोस्रो पटक पनि त्यस्तो गणपुरक संख्या नपुगेमा तेस्रो पटक उपस्थित संख्यालाई नै बैठकको गणपुरक                 संख्या मानी समितिको बैठक बस्न र निर्णय लिन सकिनेछ । 
      १०)     अन्य तोकिएको काम गर्ने ।
      ११)    कम्तिमा महिनाको १ पटक बैठक बस्ने ।
      १२)     जिल्लाले आवश्यकता अनुसार निर्वाचन क्षेत्र समिति बनाउन सक्नेछ । यस्तो समितिले जिल्ला समितिसँग समन्वय गरी सोे क्षेत्रमा रहेका घेदुङका समितिहरुलाई संयोजन, परिचालन एवम् नभएका गा. वि. स. हरुमा                      समिति समेत बनाउन सक्नेछ । 
      १३)     सम्बन्धित जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई जिल्ला घेदुङको सम्पूर्ण क्रियाकलापमा सहभागी हुने तथा अनिवार्य सहभागिता गर्ने गराउनु पर्नेछ ।
 

१५.    प्रादेशिक कार्यसमिति गठन र अधिवेशन
१. प्रदेशका जिल्ला÷स्थानीय प्रतिनिधिहरूको अधिवेशनले एक प्रादेशिक कार्यसमिति गठन गर्नेछ । यस्तो प्रादेशिक कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ । हरेक प्रादेशिक कार्यसमितिले आफ्नो कार्यकाल समाप्त हुनु ३ महिना अघि नै अर्को अधिवेशन गरिसक्नु पर्नेछ । तर पहिलोपटकका लागि महाधिवेशनमा सहभागी सम्बन्धित प्रदेशका प्रतिनिधिहरूमध्येबाटै कार्यसमिति चयन गरिनेछ । कार्यसमिति ११ देखि २५ सदस्यीयसम्मको हुनेछ । यस्तो कार्यसमिति बनाउँदा ३३ प्रतिशत महिला हुनु अनिवार्य छ । कार्यसमितिमा निम्नानुसारको पदाधिकारी एवम् सदस्य रहने छन् ः 
    अध्यक्ष     ः १
    उपाध्यक्ष     ः १
    सचिव     ः १
    सहसचिव     ः १
    कोषाध्यक्ष     ः १
    सदस्य     ः २० (बढिमा)

२. प्रादेशिक कार्यसमितिको अध्यक्ष पदेन केन्द्रीय सदस्य मानिनेछ । 
३.. प्रादेशिक कार्यसमितिको बैठक हरेक चार महिनाको १ पटक गरी बर्षमा कम्तिमा ३ पटक बस्नेछ । 
४. प्रादेशिक समितिले बर्षको १ पटक बिस्तारित बैठक (प्रादेशिक परिषद्) बोलाउन सक्नेछ । त्यस्तो विस्तारित बैठकमा प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यहरु, जिल्ला÷स्थानीय कार्यसमितिको अध्यक्षहरु र प्रादेशिक समितिले तोकेका प्रदेशका सल्लाहकार वा मनोनित व्यक्तिहरुले भाग लिन सक्नेछन् । त्यस्तो बैठकको उद्देश्य प्रदेशको कामकार्वाहीलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिनु हुनेछ ।
५) समितिले राष्ट्रिय कार्यकारिणी समिति र केन्द्रीय सचिवालयको नीति निर्देशनहरुलाई आफ्नो प्रदेशमा लागू गर्ने र मातहतका समितिहरुको मुल्याङ्ककन तथा अनुगमन गर्नेछ । 
६) आफ्नो मातहतका समितिहरुलाई समन्वय गरी परिचालित गर्ने र विभिन्न कार्यक्रम तय गरी कार्यान्वयन गर्ने गराउनेछ । 
७) प्रादेशिक कार्यसमितिले प्रदेशमा गरे भएका गतिविधिहरुको लिखित प्रतिवेदन हरेक बर्ष पौष मसान्तभित्र केन्द्रमा पठाउनु पर्नेछ । 
८) समितिले प्रदेशको आवश्यकता अनुसार बढीमा २१ जनासम्म सल्लाहकार मनोनयन गर्न सक्नेछन् । त्यस्तो सल्लाहकारहरु विविध क्षेत्रमा कार्यरत रही विशिष्टता हासिल गरेका तामाङ समाजको लव्ध प्रतिष्ठित र घेदुङको आन्दोलनप्रति सकारात्मक सोच राख्ने व्यक्तित्व हुनु पर्नेछ । 
९) घेदुङको प्रादेशिक संरचनामा जम्मा ६ प्रदेश रहनेछन् । जसमा १, २, ३ र ४ प्रदेश यथावतै राखिएको छ भने ५ र ६ नं. प्रदेशलाई १ प्रदेश मानिएको छ भने ७ नं. प्रदेशलाई यथावतै राखिएको छ । 

     
१६.    विभागीय प्रमुखहरुको व्यवस्था ः–
        १.    राष्ट्रिय कार्यकारिणी समितिको सचिवालयमा अध्यक्ष, महा–सचिव र सचिवका अतिरिक्त अन्य ९ जना विभागीय प्रमुखहरु हुनेछन् । विभागीय प्रमुखहरुको मनोनयन सचिवालयको सिफारिसमा अध्यक्षद्वारा गरिनेछ । यसप्रकारको मनोनयन गर्दा सम्भव भएसम्म लैङ्गिक सन्तुलन कायम गरी निर्वाचित के. स. बाट ४० प्रतिशत र ६० प्रतिशत कार्यसमिति बाहिरबाट मनोनयन गरिनेछ । बाहिरबाट मनोनित हुने विभागीय प्रमुखहरु स्वतः केन्द्रीय सदस्य हुनेछन् । उल्लेखित मनोनयनलाई रा.का.स.बाट अनुमोदन गराउनु पर्नेछ । विभागीय प्रमुखहरुको मुख्य काम निम्नानुसार विभागको जिम्मा लिई रा.का.स.ले तोकेको जिम्मेवारी बहन गर्दै सचिवालयको काममा सहयोग गर्नु हुनेछ । विभागीय प्रमुखहरुले मनोनयन भएको ६ महिनाभित्र एक सदस्यसचिवसहित ५ सदस्यीय विभाग गठन गर्नु पर्नेछ । विभागीय सदस्यहरु स्वतः महाधिवेशनका प्रतिनिधि हुनेछन् । यस्तो विभागीय सदस्यहरु छनौट गर्दा लैङ्गिक सन्तुलन मिलाई क्षेत्रगत विज्ञता भएका तामाङ समाजमा स्थापित व्यक्तिहरुमध्येबाट गर्नु पर्नेछ । तर विभाग गठनको अनुमोदन कम्तिमा रा.का.स. सचिवालय समितिबाट गराउनु पर्नेछ ।

संस्थाको कामलाई व्यवस्थित गर्न विधान बमोजिम केन्द्रमा निम्नानुसारका ९ वटा विभागहरू रहनेछन् ः
(क) भाषा, लिपि तथा साहित्य विभाग
(ख) प्रकाशन विभाग
(ग) सूचना तथा सञ्चार विभाग
(घ) खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग
(ङ) सङ्गठन विभाग
(च) पेशा व्यवसायी विभाग
(छ) मूल्याङ्कन तथा अनुशासन विभाग
(ज) बुद्धिजीवी विभाग
(झ) पुरातात्विक अनुसन्धान विभाग

    
    २.    विभागीय प्रमुखहरुको काम, कर्तव्य र अधिकार ः–
          १)    भाषा, लिपि तथा साहित्य विभाग ः–
               क)    तामाङ भाषाविद् एवं साहित्यकर्मीहरुसँग सम्पर्क एवम् समन्वय गर्ने र तामाङ भाषा, साहित्यको विकास एवम् सम्वद्र्धनका लागि अन्य आवश्यक पहल गर्ने, 
               ख)    सचिवालयको निर्णय अनुसार तामाङ भाषा, साहित्यको विकासका लागि आवश्यक काम कारवाहीको नेतृत्व गर्ने र घेदुङको प्रकाशनहरु प्रकाशित गर्ने,  
               ग)    विभागीय प्रमुखको हैसियतले आवश्यकता र माग अनुसार सचिवालय, भेला वा महाधिवेशनमा विभागीय प्रगति प्रतिवेदन प्रस्तुत गर्ने, 
               घ)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने,
              ङ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने । 
          २)    सूचना तथा सञ्चार विभाग ः–
              क)    जनसम्पर्क विभागको कार्यहरु सम्पादन तथा अनुगमन गर्ने, 
              ख)    जनसम्पर्क विभागको प्रमुखको हैसियतले आफ्नो विभागको प्रगति प्रतिवेदन सचिवालय, भेला वा महाधिवेशनमा प्रस्तुत गर्ने,
              ग)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने,
              घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने । 
          ३)    खेलकुद तथा अतिरिक्त क्रियाकलाप विभाग ः–
               क)    विभिन्नि पेशा वा व्यवसाय (खास गरेर खेलकुद, शिक्षा क्षेत्रमा रहेका व्यक्ति समुदायसँग सम्पर्क, समन्वय गर्ने, संगठित गर्ने तथा उनीहरुको समस्याको पहिचान र हक हितका लागि आवश्यक पहल गर्ने, 
               ख)    शिक्षा तथा खेलकुद विभागको प्रमुखको हैसियतले आवश्यकता अनुसार सचिवालय, भेला वा महाधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्ने,
               ग)    विभागको सञ्चालनको लागि अन्य आवश्यक काम गर्ने,
               घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी अन्य कार्य गर्ने गराउने ।
          ४)    संगठन विभाग ः–
               क)    नेपाल तामाङ घेदुङ र भातृसंगठनहरुको कार्यहरुको सम्पादन, समन्वय एवं अनुगमन गर्ने,
               ख)    नेपाल तामाङ घेदुङको संगठन विकास र सांगठनिक कार्य प्रणालीको फेहरिस्त राख्ने, तथा आवश्यकताा अनुसार सचिवालय, भेला वा महाधिवेशनमा संगठन विभागको प्रमुखको हैसियतले प्रगति प्रतिवेदन प्रस्तुत                        गर्ने,
               ग)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने,
               घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने । 
          ५)     बुद्धिजीवी विभाग ः 
               क) बौद्धिक श्रममा सहभागी पेशागत बुद्धिजीवीहरु (चिकित्सा सेवा÷व्यवसाय, इन्जिनियर, वकिल, प्राध्यापक, शिक्षक एवम् कर्मचारी) लाई समन्वय गर्ने तथा संगठित गर्ने, उनीहरुका समस्याहरुको पहिचान तथा सो                           समस्या समाधान गर्न आवश्यक पहल गर्ने, 
               ख)     बुद्धिजीवी विभागको प्रमुखको हैसियतले आवश्यकता अनुसार सचिवालय, भेला वा महाधिवेशनमा प्रगति प्रतिवेदन प्रस्तुत गर्ने,
               ग)      विभागको सञ्चालनको लागि अन्य आवश्यक काम गर्ने,
               घ)     अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने ।
          ६)     पेशा व्यवसायी तथा श्रम विभाग ः 
               क)     पेशा व्यवसाय तथा श्रमसँग सम्बन्धित ज्ञान सिप तथा रोजगारी प्रबद्र्धन, जनस्वास्थ्य, व्यापार, व्यवसायी, उद्योगपति, पर्यटन व्यवसायी तथा होटल व्यवसायी आदि क्षेत्रका तामाङहरुको समस्या पहिचान तथा                               समाधान गर्न पहल गर्ने र उनीहरुलाई संगठित गर्ने, 
               ख)    आवश्यकता अनुसार सचिवालय, भेला वा महाधिवेशनमा विभागको प्रमुखको हैसियतले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने,
                ग)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने,
                घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने । 

          ८) मुल्याङ्कन तथा अनुशासन विभाग ः 
                क)     घेदुङको केन्द्रदेखि तल्लोतहसम्मका समिति, विभाग तथा भातृसंगठनहरुको कामकार्वाही एवम् गतिविधि सम्बन्धमा तथा त्यस समितिको नेतृत्व गर्ने पदाधिकारी एवम् सदस्यहरुको अनुगमन एवं मुल्याङ्कन गरी                            केन्द्रीय कार्यालयलाई सो को सिफारिस गर्ने । 
                ख)     आवश्यकता अनुसार सचिवालय, भेला वा महाधिवेशनमा विभागको प्रमुखको हैसियतले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने,
                 ग)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने,
                 घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने । 
         ९) पुरातात्विक अनुसन्धान विभागः 
                 क)     घेदुङको केन्द्रदेखि तल्लो तहसम्मका विभिन्न समिति, विभाग तथा भातृसंगठनहरुको कामकार्वाही एवम् गतिविधि तथा समितिका नेतृत्वका पदाधिकारी एवम् सदस्यहरुको अनुगमन एवं मुल्याङ्कन विभागसँग                               समेत समन्वय गरी अनुशासनको कार्वाहीका लागि केन्द्रीय कार्यालयलाई सिफारिस गर्ने । 
                 ख)     आवश्यकता अनुसार सचिवालय, भेला वा महाधिवेशनमा विभागको प्रमुखको हैसियतले प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।
                 ग)    विभागको सञ्चालनका लागि अन्य आवश्यक काम गर्ने ।
                 घ)    अध्यक्ष तथा महासचिवको निर्देशन पालना गर्नुका साथै प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्ने गराउने ।
    
१७.    राष्ट्रिय महाधिवेशन र राष्ट्रिय कार्यकारिणी समितिको गठन ः–
        १)    राष्ट्रिय महाधिवेशन घेदुङको सर्वोच्च अङ्ग हुनेछ ।
        २)    राष्ट्रिय महाधिवेशनमा भाग लिन प्रत्येक जिल्लाबाट प्रतिनिधि चयन गर्दा तदर्थ समिति मात्र भएको जिल्लाबाट १ जना, जिल्ला अधिवेशन भई कार्यकारिणी समिति बनेका जिल्लाबाट २ जना महिलासहित ५ जना प्रतिनिधि                हुन पाउनेछन् । थप प्रतिनिधित्वका लागि प्रत्येक जिल्लाले कम्तिमा ३०० जना आजीवन सदस्यताको अधकट्टीसाथ सदस्यता शुल्कको ५० प्रतिशत रकम केन्द्रमा बुझाएमा १ र कम्तिमा जिल्लाको २० गाविसको                              अधिवेशन, भेला गरी सोको प्रतिवेदन केन्द्रमा राष्ट्रिय महाधिवेशन हुनु १ महिना अगावै बुझाएमा १÷१ का दरले प्रतिनिधित्व प्राप्त हुनेछ । तर एक जिल्लाबाट ७ जना भन्दा बढि प्रतिनिधित्व हुने छैन । पर्यवेक्षकको हकमा                राष्ट्रिय कार्यकारिणी समितिले तोके बमोजिम हुनेछ ।
         ३)    राष्ट्रिय कार्यकारिणी समितिमा एक अध्यक्षसहित बढीमा ९७ जना पदाधिकारी र सदस्यहरु रहनेछन् । 
         ४)    राष्ट्रिय महाधिवेशनले प्रत्येक ४ बर्षका लागि सर्वसम्मति वा निर्वाचन प्रक्रियाद्वारा राष्ट्रिय महाधिवेशनको प्रतिनिधि सदस्यमध्येबाट एक व्यक्ति एक मतको गोप्य तथा प्रत्यक्ष मतदानद्वारा राष्ट्रिय कार्यकारिणी समितिको                     केन्द्रीय अध्यक्ष – १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष एक महिलासहित –५, महासचिव – १, केन्द्रीय सचिव – एक महिलासहित ३, केन्द्रीय कोषाध्यक्ष – १, सह– कोषाध्यक्ष – १, प्रादेशिक अध्यक्षहरु – ६, सहित उपधारा ५                 मा उल्लेख भए बमोजिम जिल्ला कार्यकारणी समिति÷जिल्ला तदर्थ समिति गठन भएका प्रत्येक जिल्लाबाट १ जिल्ला १ प्रतिनिधि गरी जम्मा बढिमा ६२ जना  केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् । विभागीय प्रमुख – ९                   जना केन्द्रीय सचिवालयको सिफारिसमा अध्यक्षले मनोनयन गर्नेछ । सो रा.का.स.बाट अनुमोदन गराउनु पर्नेछ । 
        ५)    सहभागी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु मध्येबाट राष्ट्रिय कार्यकारिणी समिति सदस्यहरुको निर्वाचन गरिनेछ । निर्वाचन सञ्चालन कार्य केन्द्रीय सचिवालयले तोकेको ३ सदस्यीय निर्वाचन आयोगले गर्नेछ । र                   निर्वाचन सम्बन्धि कार्यविधि निर्वाचन आयोगले तोके बमोजिम हुनेछ ।     
        ६)    भातृसंगठनहरुका निर्वाचित सभापतिहरु सदस्य – ८
        ७)    केन्द्रीय सचिवालयको सिफारिसमा अध्यक्षले विभिन्न क्षेत्रबाट ५ जना महिलासहित जम्मा ९ जना महानुभावहरु राष्ट्रिय कार्यकारिणी समितिमा मनोनित गर्नेछ । उक्त मनोनयन रा.का.स.बाट अनुमोदन गराउनु पर्नेछ । 
        ८)     महाधिवेशनले महिला प्रतिनिधिहरुमध्ये केन्द्रीय सदस्य ७ जना खुला प्रतिस्पर्धाबाट निर्बाचित गर्नेछ । 
        ९)    विदेशस्थित आवद्धता÷शाखा सदस्यता लिएका संस्थाका प्रतिनिधिहरूमध्येबाट राष्ट्रिय कार्यकारिणी समितिमा एक महिलासहित तीन जना केन्द्रीय सदस्य निर्वाचित गरिने छन् ।
        १०)    केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय सचिवहरूलाई रा.का.स. बैठकले आवश्यकता अनुसार विषयगत एवं क्षेत्रगत जिम्मेवारी तोक्नेछ । 

१८.    राष्ट्रिय कार्यकारिणी समितिको अधिकार र कर्तव्य ः–
         १)    राष्ट्रिय महाधिवेशनद्वारा पारित सिद्दान्त, नीति तथा कार्यक्रमको पालना र कार्यान्वयन गर्ने । 
         २)    घेदुङको बार्षिक आय, व्यय विवरण राखी लेखा परिक्षण गराई राष्ट्रिय महाधिवेशनबाट अनुमोदन गराउने ।
         ३)    अन्य समान उद्देश्य राख्ने संघ संस्थाहरुसँग भाईचारा अभिवृद्धि गरि सहकार्य गर्ने । 
         ४)    घेदुङको सबै तहका पदाधिकारीहरु र सदस्यहरुको निम्ति आचारसंहिता तयार गर्ने ।
        ५)    घेदुङको विधान र उद्देश्य विपरित कार्य गर्ने सदस्यमाथि अनुशासनात्मक कारवाही गर्ने र भए गरेका कामको परिणामका आधारमा निलम्बन वा बरखास्त गर्ने । 
        ६)    ४ बर्षमा १ पटक राष्ट्रिय महाधिवेशन गर्ने । 
        ७)    विभिन्न जिल्लाहरुमा समन्वय गर्नुका साथै निर्देशन दिने । 
        ८)    विधान अन्तर्गत रही नियमावलीहरु र आचारसंहिता साथै स्थायी समितिहरुको विधान तथा नियमावली बनाउने ।
        ९)    अध्यक्षले राजीनामा दिएमा स्वीकृत गर्ने । 
       १०)    कुनै जिल्ला कार्यकारिणी समिति वा भातृसंगठनले विधान विपरित कार्य गरेमा वा निस्क्रिय भएको ठहरेमा त्यस्तो जिल्ला कार्यकारिणी समिति वा भातृसंगठनलाई राष्ट्रिय कार्यकारिणी समितिको स्वीकृतिमा केन्द्रीय                        सचिवालयले विघटन गरी जिल्ला कार्यकारिणी समिति वा भातृ संगठनको कार्य सञ्चालन गर्न अर्को समिति गठन गरी अधिकार तोक्न सक्नेछ । उक्त मनोनित समितिले १ बर्षभित्रमा जिल्ला वा निर्धारित समितिको                           अधिवेशन सम्पन्न गराई नयाँ कार्यकारिणी समितिको चयन गर्नु पर्नेछ ।
       ११)    केन्द्रीय स्तरमा कामको आवश्यकता अनुसार समिति, उपसमितिहरु गठन गर्ने । तिनको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ । तर त्यस्तो समितिहरु लक्षित काम पूरा भएपछि स्वतः विघटित हुनेछन् । 
       १२)     राष्ट्रिय कार्यकारिणी समिति महाधिवेशनप्रति उत्तरदायी हुनेछ । 

 २०. सर्बोच्च÷संरक्षक समुहको गठन ः 
        १)    राष्ट्रिय कार्यकारिणी समितिले पाँच सदस्यीय एक सर्बोच्च÷संरक्षक समूह गठन गर्नेछ । जसमा प्रमुख सल्लाहकार संयोजक, संरक्षक सदस्यहरुमध्येबाट १ जना पदेन सदस्य र राष्ट्रिय कार्यकारिणी समितिका अध्यक्ष पदेन                सदस्य र रा.का.स.ले मनोनित गरेको १ जना सदस्य सचिवको रुपमा रहनेछ । यस्तो समूहको गठन अविलम्ब गरिनेछ । यस्तो समुह धारा ३९ अनुसार निम्न अवस्थामा मात्र सक्रिय हुनेछ ः 
               क) नेपाल तामाङ घेदुङको राष्ट्रिय कार्यकारिणी समितिको बैठक २ बर्षमा लगातार ३ पटकसम्म नवसेमा वा बस्न नसकेमा,
               ख) घेदुङको राष्ट्रिय कार्यकारीणी समिति निस्क्रिय भई वा मुलुकको राष्ट्रिय परिस्थितिका कारण घेदुङको तत्कालीन रा.का.स. ले काम गर्न नसकी संकटमा परेमा,
               ग) विद्यमान नेतृत्वका बीच मेलमिलाप नभई संगठन विभाजित हुन आँटेमा वा ताम्सालिङ लगायत घेदुङको नीति कार्यक्रम, मुल्य मान्यता अनुरुप नचलेमा । 
               घ) रा.का.स. का सदस्यहरुले विधान अनुसार पटक पटक प्रयत्न गर्दा पनि राकासलाई गतिशिल बनाउन नसकेको कारण सर्बोच्च समुहको ध्यान आकृष्ट भएमा ।  

२१.    भातृ संगठन ः–
घेदुङले आफ्नो उद्देश्य परिपूर्तिको लागि देहाय बमोजिमको भातृ संगठनहरु गठन गर्नेछ । भातृ संगठनका सभापतिहरु नेपाल तामाङ घेदुङको निर्वाचित केन्द्रीय सदस्य हुनेछन् । र केन्द्रीय सचिवालयको पदेन सदस्य हुनेछन् । जिल्लाका सभापतिहरु जिल्ला स्थित तामाङ घेदुङको जिल्ला सदस्य हुनेछन् । 
        १)    नेपाल तामाङ महिला घेदुङ
        २)    नेपाल तामाङ विद्यार्थी घेदुङ
        ३)    नेपाल तामाङ लामा घेदुङ
        ४)    नेपाल तामाङ संस्कृति घेदुङ
        ५)    नेपाल तामाङ यूवा घेदुङ
        ६)     नेपाल तामाङ शिक्षक घेदुङ 
        ७)    नेपाल ताम्बा घेदुङ 
        ८)     नेपाल बोनवो घेदुङ 

        ९)    आवश्यकता अनुरुप राष्ट्रिय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिले आवश्यक समितिहरु गठन गर्न सक्नेछ । 
       १०)    प्रत्येक भातृ संगठनबाट राष्ट्रिय महाधिवेशनमा पूर्व अध्यक्ष नै पुनः अध्यक्ष भएमा ५ जना र नयाँ अध्यक्ष आएमा पूर्व अध्यक्षसहित ६ जनाको दरले प्रतिनिधिहरु भाग लिन पाउने छन् । तर महाधिवेशनमा भातृ संगठनका                   पूर्व अध्यक्ष तथा पदाधिकारीहरुले मात्र उम्मेदवार हुन पाउनेछन् । यो व्यवस्था एक अवधिका लागि मात्र लागू हुनेछ । 
        ११)    भातृ संगठनहरुको रेखदेख र नियन्त्रण गर्ने अधिकार घेदुङको राष्ट्रिय कार्यकारिणी समितिलाई हुनेछ । घेदुङको विधान, निति, उद्देश्य र नियमावली विपरित गएमा विघटन गर्न सक्ने अधिकार नेपाल तामाङ घेदुङलाई                 हुनेछ । 
        १२)    भातृसंगठनहरु केन्द्रमा केन्द्रीय घेदुङको र जिल्लामा जिल्ला घेदुङको मातहत रहनेछन् । जिल्लामा जिल्ला भातृ संगठनहरुको भेला वा सम्मेलन गरी कार्यसमिति बनाई भातृ संगठनहरुलाई परिचालन गर्ने र                                भातृसंगठनको केन्द्रसँग सम्बन्ध जोडि दिने दायित्व जिल्ला घेदङको हुनेछ । त्यस्तो भेला वा सम्मेलनहरुमा भातृ संगठनको केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको सहभागिता अनिवार्य हुनेछ । 

२२.    केन्द्रीय अध्यक्षको काम, कर्तव्य र अधिकार ः–
       १)    राष्ट्रिय कार्यकारिणी समितिको अध्यक्षले सचिवालयको सिफारिसमा उपरोक्त बमोजिम धारा १७ अनुसार मनोनयन गर्ने । 
       २)    समितिलाई रेखदेख, नियन्त्रण, आवश्यक निर्देशन दिने तथा नेतृत्व प्रदान गर्ने । 
       ३)    कार्यकारिणी समितिका सदस्य तथा पदाधिकारीहरुको राजीनामा स्वीकृत गर्ने । 
       ४)    कार्यकारिणी समितिको बैठक र सम्मेलनको अध्यक्षता गर्ने, बराबर मत भएमा निर्णायक मत दिने । 
       ५)    महाधिवेशन र कार्यकारिणी समितिको निर्णयहरु कार्यान्वयन गर्ने गराउने । 
       ६)    घेदुङको हितको लागि अन्य विविध कार्यहरु गर्ने । 

२३.     केन्द्रीय वरिष्ठ उपाध्यक्षको काम, कर्तव्य अधिकारः 
       १)    अध्यक्षको अनुपस्थितिमा निजको सबै काम कारवाही गर्ने । 
       २)    अध्यक्षले प्रत्यायोजित गरेको अधिकार प्रयोग गर्ने । 
       ३)     अध्यक्षको काममा सघाउने तथा अन्य तोकिएको कार्य गर्ने । 

२३.क)    केन्द्रीय उपाध्यक्षको काम, कर्तव्य र अधिकार ः–
       १)    अध्यक्ष तथा वरिष्ठ उपाध्यक्षको अनुपस्थितिमा निजको सबै काम कारवाही गर्ने । 
       २)    अध्यक्षले प्रत्यायोजित गरेको अधिकार प्रयोग गर्ने । 
       ३)     अध्यक्षको काममा सघाउने तथा अन्य तोकिएको कार्य गर्ने । 

२४.    महा–सचिवको काम, कर्तव्य र अधिकार ः–
    १)    अध्यक्षसँग परामर्श गरी कार्यकारिणी समितिको बैठक तथा भेला बोलाउने । 
    २)    कार्यकारिणी समिति र महाधिवेशनका निर्णयहरु कार्यान्वयन गर्ने गराउने । 
    ३)    बैठक सञ्चालन गर्ने, कार्यक्रम तय गर्ने, बैठक, छलफलको मुख्य बुँदाहरु रेकर्ड गर्ने । 
    ४)    दैनिक कार्यालय खोल्ने, रेखदेख र सञ्चालन गर्ने । 
    ५)    समितिहरुको काम कारवाहीलाई समन्वय गर्ने । 
    ६)    घेदुङको सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने । 
    ७)    महाधिवेशन, बैठक तथा घेदुङसँग सम्बन्धित निर्णयहरु प्रमाणित गर्ने । 
     ८)    दैनिक कार्य सञ्चालनको लागि अध्यक्षलाई सहयोग पु¥याउने र महत्वपूर्ण विषयमा अध्यक्षलाई जानकारी एवम् सल्लाह दिने । 

२५.    सचिवको काम, कर्तव्य र अधिकार ः–
    १)    महा–सचिवको अनुपस्थितिमा निजले गर्ने सबै वा तोकिएको काम गर्ने । 
    २)    कार्यालयसँग सम्बन्धित दैनिक कार्यमा महासचिवलाई सहयोग गर्ने । 
    ३)    महासचिवद्वारा प्रत्यायोजित अधिकारको उपभोग तथा दायित्व वहन गर्ने । 
    ४)    केन्द्रीय कार्यकारिणी समितिको अभिलेख अधिकारीको रुपमा काम गर्ने ।

२६.    कोषाध्यक्षको काम, कर्तव्य र अधिकार ः–
    १)    घेदुङको आय–व्यय हिसाब किताब राख्ने र सोको सम्पूर्ण जिम्मेवारी वहन गर्ने । 
    २)    आर्थिक स्रोत जुटाउने । 
    ३)    बार्षिक आय–व्ययको अनुमति बजेट तयार गरी राष्ट्रिय कार्यकारिणी समितिको बैठकमा पेश गर्ने । 
    ४)    राष्ट्रिय महाधिवेशन तथा राष्ट्रिय कार्यकारिणी समितिको बैठकमा घेदुङको आर्थिक प्रतिवेदन पेश गर्ने । 
    ५)    केन्द्रीय सचिवालयले नियुक्ति गरेको लेखा परिक्षकद्वारा घेदुङको बार्षिक लेखा परिक्षण गराई त्यसको प्रतिवेदन केन्द्रीय सचिवालय, राष्ट्रिय कार्यकारिणी समिति र राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने । 
    ६)     कोषाध्यक्षको संयोजकत्वमा आवश्यक परे एक आर्थिक समितिको गठन गर्ने ।  

२७.     सह—कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः 
    १)     कोषाध्यक्षको अनुपस्थितिमा कोषाध्यक्षले तोकेको वा सबै काम गर्ने,
    २)     कार्यालयको काममा कोषाध्यक्षलाई सहयोग गर्ने, 
    ३)     कोषाध्यक्षले प्रत्यायोजन गरेको कार्य गर्ने तथा आवश्यक अन्य कार्य गर्ने । 

२७.    सदस्यहरुको काम, कर्तव्य र अधिकार ः–
    १)    कार्यकारिणी समितिको बैठकहरुमा उपस्थित भई राय प्रस्तुत गर्ने, छलफल गर्ने, निर्णय दिने । 
    २)     सम्बन्धित जिल्लाको कार्यक्षेत्र नै सो सदस्यको कार्यक्षेत्र हुनेछ । त्यस जिल्लाका सम्पूर्ण गतिविधिको प्रतिवेदन राष्ट्रिय कार्यकारणी समितिको बैठकमा पेश गर्नु पर्नेछ ।
    ३)    आफूलाई प्रत्यायोजित भएका कामहरुको सम्पादन गर्ने । 
    ४)    राष्ट्रिय कार्यकारिणी समितिको सदस्य सम्बन्धित जिल्ला कार्यकारिणी समितिको पदेन सदस्य हुनेछन् । राष्ट्रिय कार्यकारिणी समिति सदस्य खाली भएको जिल्लाको हकमा भने राष्ट्रिय कार्यकारिणी समिति सदस्य केन्द्रीय                 सचिवालयले तोके बमोजिम हुनेछ । 

            स्पष्टिकरण ः कुनै कार्यकारिणी समितिको पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार भनि किटानसाथ तोकिदिए बाहेक कुनै काम, कर्तव्य र अधिकारको प्रकृति हेर्दा राष्ट्रिय कार्यकारिणी समितिको काम, कर्तव्य र                   अधिकार क्षेत्रभित्र पर्ने बाहेक अन्य काम, कर्तव्य र अधिकार राष्ट्रिय, प्रादेशिक, जिल्ला र गाविस÷नगर कार्यकारिणी समितिको समेत काम, कर्तव्य र अधिकार हुनेछ । यस विषयमा विवाद परेमा राष्ट्रिय कार्यकारिणी                     समितिको निर्णय नै अन्तिम निर्णय हुनेछ । 

२८.    केन्द्रीय सचिवालय ः–
          राष्ट्रिय कार्यकारिणी समितिले गर्ने दैनिक कार्य सञ्चालन तथा कार्यान्वयनको निमित्त एक केन्द्रीय सचिवालयको गठन गर्नेछ । त्यस्तो सचिवालय राष्ट्रिय कार्यकारिणी समितिप्रति उत्तरदायी रहनेछ । सचिवालयमा निम्न                     सदस्यहरु रहनेछन् । 

        रा.का.स.को अध्यक्ष                                 अध्यक्ष                              १
        रा का स को वरिष्ठ उपाध्यक्ष                      वरिष्ठ उपाध्यक्ष                    १
        रा.का.स.को उपाध्यक्ष                             १ महिलासहित उपाध्यक्ष        ५

        रा.का.स.को महासचिव                           महासचिव                           १
        रा.का.स.को सचिव                                सचिव (महिला १ समेत)          ३
        रा.का.स.को कोषाध्यक्ष                           कोषाध्यक्ष                            १
        रा.का.स.को सहकोषाध्यक्ष                      सह–कोषाध्यक्ष                     १    
        रा.का.स.को विभागीय प्रमुखहरु               सदस्य                                ९
        भातृसंगठनको निर्वाचित सभापतिहरु         पदेन सदस्य                        ८
        अध्यक्षद्वारा मनोनित सदस्य                                                              १
             ………………………………………………………………………………………………….
                                                           जम्मा                                        ३१ जना 
    नोट ः सचिवालयमा पनि सम्भव भएसम्म महिलाहरुको एकतिहाई प्रतिनिधित्वलाई ध्यान दिनु पर्नेछ । 

२९.    केन्द्रीय सचिवालयको काम, कर्तव्य र अधिकार ः–
राष्ट्रिय कार्यकारिणी समितिले गर्ने काम, कारवाही नै सचिवालयको काम, कर्तव्य र अधिकार हुनेछ । महाधिवेशन प्रयोजनका निम्ति विभिन्न पेशा, व्यवसाय तथा प्रतिष्ठित तामाङ समुदायलाई प्रतिनिधिका रुपमा मनोनित गर्न सकिनेछ । त्यस्तो मनोनयन महाधिवेशनमा हुने कुल प्रतिनिधि संख्याको ८ प्रतिशतभन्दा बढी प्रतिनिधित्व गरिने छैन । यस्तो मनोनयन गर्दा केन्द्रीय अध्यक्षद्वारा ३३ प्रतिशत महिलासहित प्रस्ताव भएबमोजिम सचिवालयले मनोनयन गर्नेछ । मनोनयन गर्दा घेदुङका सल्लाहकारहरु, घेदुङका पूर्व पदाधिकारीहरु र तामाङ समाजप्रति योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई गरिनेछ । सचिवालय राष्ट्रिय कार्यकारिणी समितिप्रति पूर्ण उत्तरदायी हुनेछ । सचिवालयको बैठक महिनामा कम्तिमा १ पटक बस्नेछ । 

३०.    समितिको बैठक सम्बन्धमा ः–
       १)    राष्ट्रिय कार्यकारिणी समितिको बैठक साधारणतया बर्षको २ पटक, प्रादेशिक समितिको बैठक २ पटक, जिल्ला कार्यकारिणी र गाविस÷नगर कार्यकारिणी समितिको बैठक साधारणता महिनाको १ पटक बस्नु पर्नेछ । 
       २)    साधारणतया बैठक अध्यक्षको सामान्य निर्देशनमा महासचिवले बोलाउनेछ र निज असमर्थ रहेमा सचिवबाट र सचिव पनि असमर्थ भएमा अध्यक्षले तोकेको सदस्यले बैठक बोलाउन सक्नेछ । सो अनुसार नियमित रुपमा               बैठक नबसेमा बैठक बस्न आवश्यक ठानी एक चौथाई सदस्यहरुबाट अध्यक्षमा निवेदन भएमा अध्यक्षले बैठक बोलाउनु पर्नेछ । 
       ३)    राष्ट्रिय कार्यकारिणी समितिको बैठकको लागि सामान्यतयाः मिति, स्थान तथा विषय समेत खुलाएर कम्तिमा १५ दिनको समय दिएर लिखित सूचना दिनु पर्छ तर केन्द्रीय सचिवालयको नियमित वा आपत्कालिन बैठक २४               घण्टाको लिखित तथा मौखिक सूचनाद्वारा पनि सूचित गर्न सकिन्छ । 

३१.     गान्बा डाजाङको गठन ः (Elders Council)
          घेदुङको विभिन्न पदमा रहेर समाजमा योगदान पु¥याएका पूर्व पदाधिकारीहरु, घेदुङसँग आवद्ध स्वदेश तथा विदेशका विभिन्न तामाङ सङ्घ संस्थामा रहेर काम गरेका पूर्व पदाधिकारी एवं अन्य तामाङ समाजका प्रतिष्ठित             व्यक्तिहरूलाई समावेश गरेर ‘गान्बा डाजाङ’ गठन गरिने छ । गान्बा डाजाङले बर्षमा एकपटक भेला बोलाएर घेदुङलाई नीतिगत तथा कार्यगत सुझाव दिन सक्नेछ । आवश्यकता अनुसार अन्तरक्रिया, गोष्ठी गरी घेदुङलाई           आवश्यक सहयोग प्रदान गर्न सक्नेछ । त्यस्तो गान्वा डाजाङको अध्यक्षता घेदुङका पूर्व वरिष्ठ (जेठो) अध्यक्षबाट गरिने छ । सो को संयोजन घेदुङको अध्यक्ष वा महासचिवले गर्नेछन् ।

परिच्छेद–७
विविध

३२.    राजीनामा ः–
       १)    राष्ट्रिय कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुले अध्यक्ष समक्ष र अध्यक्षले उपाध्यक्ष मार्फत् राष्ट्रिय कार्यकारिणी समितिमा राजीनामा दिनेछ । 
       २)    गाविस÷नगर र जिल्ला कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुले अध्यक्ष समक्ष र अध्यक्षले सम्बन्धित समितिको उपाध्यक्ष मार्फत् माथिल्लो निकायमा राजीनामा पेश गर्नेछ । 

३३.    अविश्वासको प्रस्ताव ः–    
       १)    घेदुङको गाविस÷नगर, जिल्ला, प्रदेश र राष्ट्रिय कार्यकारिणी समितिको २५ प्रतिशत सदस्यले सम्बन्धित समितिको अध्यक्ष र पदाधिकारी एवं सदस्यहरु उपर अविश्वासको प्रस्ताव सम्बन्धित कार्यकारिणी समितिमा दर्ता                   गर्न सक्नेछ । 
       २)    यसरी दर्ता हुन आएको प्रस्ताव उपर आवश्यक छानविन गरी ३५ दिनभित्र सम्बन्धित समितिको बैठक बोलाई निर्णय गर्नु पर्नेछ । यस्तो निर्णय गर्दा अध्यक्षको उपर भए उपाध्यक्ष र सो नभए महासचिव वा सचिवले                         बैठकको अध्यक्षता गर्नेछ । 
       ३)    कुल सदस्य संख्याको दुईतिहाई बहुमतले अविश्वासको प्रस्ताव पारित हुनेछ । 

३४.    पद रिक्तता ः–
       १)    मृत्यु भएमा । 
       २)    लिखित राजीनामा दिई स्वीकृत भएमा । 
       ३)    उचित कारणसहित जानकारी नदिई ३ पटकसम्म लगातार बैठकमा उपस्थित नभएमा । 
              (त्यस्तो खाली पदाधिकारी वा सदस्यको हकमा समितिको बहुमतले अर्को सदस्य बाँकी कार्यकालको लागि मनोनित गर्न सक्नेछ । ) 
       ४)    पदावधि समाप्त भएमा । 
       ५)    आफ्नो पद तथा मर्यादाअनुसार आचरण नगरेको तथा धारा ३२ को प्रक्रियाद्वारा अविश्वासको प्रस्ताव पारित भएमा । 
       ६)    सम्बन्धित समितिको गोपनियता भंग गरेमा । 
       ७)    संस्थालाई हानी–नोक्सानी पु¥याउने कार्य गरेको ठह¥याई सम्बन्धित कार्य समितिले बर्खास्त गरेमा । 
       ८)    सदस्यता नविकरण नगरेमा र मासिक शुल्क नियमित नबुझाएमा । 

    (स्पष्टिकरण ः निर्वाचित बाहेकका मनोनित पदाधिकारी तथा सदस्यहरुलाई कार्यकारिणी समितिको साधारण बहुमतले निलम्बन वा बरखास्त गर्न सक्नेछ ।)

३५.    रिक्त स्थान पूर्ति ः– 
       कुनै कारणले घेदुङको कुनै पनि तहमा हुन आउने रिक्त स्थानमा यस विधानमा अन्यन्त्र व्यवस्था भएको बाहेक सम्बन्धित कार्यकारिणी समितिको बहुमतले पूर्ति गर्नेछ । 

३६.    घेदुङको कोष र संरचना ः–
    १)    कुनै व्यक्तिले स्वेच्छाले दिएको दान, सहयोग तथा उपहार आदि । 
    २)    सरकारी सहयोग र अनुदान । 
    ३)    घेदुङको चल, अचल सम्पत्तिबाट प्राप्त आम्दानी ।
    ४)    घेदुङले आर्जन गरेको नगद वा जिन्सी रकम । 
    ५)    सदस्यता तथा प्रवेश शुल्कबाट प्राप्त रकम । 
    ६)    अन्य स्रोतबाट प्राप्त रकम । 
    ७)    अध्यक्ष, महासचिव र कोषाध्यक्षको संयुक्त वा कुनै २ को हस्ताक्षरमा बैंक खाता सञ्चालन गरिनेछ । 

३७.    सल्लाहकार समिति ः–
घेदुङका निवर्तमान अध्यक्ष प्रमुख सल्लाहकार १ जना, कुनै राजनैतिक दलको केन्द्रीय नेतृत्व तहमा रहेका व्यक्तिहरु, घेदुङका निवर्तमान कार्यकारिणी पदाधिकारी तथा सदस्यहरु र तामाङ समाजप्रति योगदान गर्ने प्रतिष्ठित तामाङ व्यक्तिहरु सम्मिलित बढीमा २५ सदस्यीय सल्लाहकार समिति गठन हुनेछ । 
       १)    सल्लाहकार समितिले राष्ट्रिय कार्यकारिणी समितिलाई आवश्यक परि आएका खण्डमा सल्लाह प्रदान गर्नेछ । 
       २)    सल्लाहकार समितिले नेपाल तामाङ घेदुङको हरेक कार्यक्रममा सहभागी हुने र सफल पार्न हरतरहको सहयोग गर्नु पर्नेछ । 
       ३)     सल्लाहकार समितिका सदस्यहरुको कार्यकाल ४ बर्षको हुनेछ । 

३८.    गणपूरक संख्या ः–
    घेदुङको सबै तहको बैठकका लागि ५१ प्रतिशत सदस्यको उपस्थितिलाई गणपूरक संख्या मानिने छ । 

३९.    विधान संशोधन ः–
    यो विधान संशोधन गर्ने अधिकार राष्ट्रिय महाधिवेशनलाई हुनेछ र राष्ट्रिय महाधिवेशनको साधारण बहुमतले विधान संशोधन गर्न सक्नेछ । 

४०.    सर्वोच्च÷संरक्षक समुह, सल्लाहकार समिति र संरक्षक सदस्यहरुको यस विधानमा अन्यन्त्र व्यवस्था भएको बाहेक राष्ट्रिय कार्यकारिणी समिति निस्क्रिय रहेमा र घेदुङको अस्तित्व नैं संकटमा परेको स्थितिमा घेदुङलाई       बचाउ गर्ने अधिकार हुनेछ । यसका लागि भेला÷महाधिवेशन बोलाउनु पर्नेछ । 

४१.    बाधा अड्काउ फुकाउ गर्ने अधिकार ः– 
    यो विधान कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा त्यस्तो बाधा अड्काउ फुकाउने तथा विधानको व्याख्या गर्ने अधिकार केन्द्रीय सचिवालयलाई हुनेछ तर केन्द्रीय सचिवालयले त्यस्तो निर्णय पछि हुने राष्ट्रिय कार्यकारिणी           समिति समक्ष अनुमोदनको लागि पेश गर्नु पर्नेछ । महाधिवेशन नभएको अवस्थामा राष्ट्रिय कार्यकारिणी समिति नै सर्वोच्च अंग मानिनेछ । 

४२.    संक्रमणकालिन व्यवस्था ः–
       १)    यो संशोधित विधान प्रारम्भ हुँदाका बखत कायम रहेको घेदुङका सबै तहका सदस्य, पदाधिकारीहरु यस विधानअनुसार नयाँ निर्वाचन नभएसम्म कायम रहनेछ । 
       २)    यो संशोधित विधान प्रारम्भ हुँदाका वखत घेदुङबाट मान्यता र समर्थन पाएका भातृसंगठनहरु कायमै रहनेछन् । 

४३.    बचाउ ः– 
     यो संशोधित विधान लागू भएपछि घेदुङको विधान २०१३ बमोजिम भए गरेका सबै काम कारवाहीहरु यसै संशोधित विधान अन्तर्गत भए गरेको मानिनेछ । 

४४.    घेदुङको विघटन ः–
     घेदुङको विधान बमोजिम कार्य सञ्चालन गर्न नसकी वा अन्य कुनै कारणले संस्था विघटन भएमा यस संस्थाको सम्पूर्ण जायजेथा नेपाल सरकारमा सर्नेछ । 

४५.    खारेजी ः–
    यस विधानमा लेखिएका कुराहरु प्रचलित कानूनसँग बाझिएको हदसम्म स्वतः निस्क्रिय हुनेछ । 

अनुसुची–१

घेदुङको छापको नमुना ः–
एक अर्काको बीचबाट भएर गएको दुईवटा दोर्जेलाई मध्यभागमा पारी गोलो आकारको भित्र शीरतर्फको आधा भागमा किनारमा नेपाल तामाङ घेदुङ र तल्लो आधा भागको किनारमा सम्बन्धित कार्यालय, स्थान र स्थापना बर्ष लेखिएको हुनेछ ।

अनुसूची–२

घेदुङको झण्डा र चिन्हको नमूना ः–
विश्वशान्ति तथा भातृत्वको प्रतिकस्वरुप चतुर्भुज आकारको निलो भूँइ, त्यसको मध्य भागमा पहेँलो रंगीन पूर्व, पश्चिम, उत्तर, दक्षिण देखाउने शक्तिको प्रतिक दोर्जे ग्याडम, पूर्वपट्टीको चौकुनाको माथिल्लो भागमा उदाउँदै गरेको सूर्यको प्रकाश र सेवा अनि सत्य, अहिंसा, प्रेम र विश्व मानव परिवारको प्रतिक स्वरुप हरियो मेरुदण्ड भएको झण्डा हुनेछ । 

अनुसूची–३

शपथ ग्रहण ः–    
१)    कार्यकारिणी समितिको अध्यक्षले निर्वाचन आयोगका प्रमुख आयुक्त सामु र अन्य पदाधिकारी तथा सदस्यहरुले समितिका अध्यक्ष सामु शपथ ग्रहण गर्नेछन् । सपथ अनिवार्य रूपमा तामाङ भाषामा गराउनु पर्नेछ । 

सपथ ग्रहणको नमुना (व्यहोरा) ः 
ङा ……………….. ……………………….. चु घेदुङला ……………… …………समितिला …………………. दानरी घेदुङला विधानअनुसार चिसी चु ग्रान चाला, ह्राङला बामरी हाबा गेदा दिरीफिरी आलाना, हालाअीला आतोबा ताम आङ्यान्ना, ह्राङसे सेबागोबा दोना घेदुङला उद्देश्यदा थुर्ना लाबारी ह्राङला सेम, बुद्धिसे ख्युप्देदोना सेम पिन्सी गे लासेदा मुला । थुजेछे !

(अर्थः म…………..यस घेदुङको……………………………..समितिको…………………पदमा घेदुङको विधान अन्तर्गत रही यो शपथ लिन्छु कि आफ्नो कार्यभारलाई निष्ठा र इमान्दारी पूर्वक, कसैको नाजायज प्रभावमा नपरी आफूले जाने बुझेसम्म घेदुङको उद्देश्य परिपूर्ति गर्न आफ्नो विवेक, बुद्धि र क्षमताले भ्याएसम्म लगनशील भई लागी पर्नेछु । धन्यवाद !)