परिचय

banner

 

 

 

 

नेपाल तामाङ घेदुङ : छोटो परिचय 
१.नेपाल तामाङ घेदुङको स्थापना २०१३ सालमा भएको हो । जनजातिहरुको सामाजिक, सामुदायिक संस्थाहरुमा थारु कल्याणकारिणी सभापछि नेपाल तामाङ घेदुङ नै सबैभन्दा पुरानो संस्था मानिन्छ । आजसम्म यो संस्थाले ६० बर्ष लामो जीवन ब्यतित गरिसकेको छ । 
२. नेपाल तामाङ घेदुङ आदिवासी जनजातिहरुको साझा छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको ८ संस्थापक संस्थाहरुमध्ये एक हो र महासंघको संघीय परिषद्को सदस्य संस्था पनि हो । महासंघ स्थापनाको लागि घेदुङका पूर्व अध्यक्ष परशुराम तामाङ ज्यूको महत्वपूर्ण भूमिका रहेको थियो । 
३. नेपाल तामाङ घेदुङ नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य संस्था हो । प्रतिष्ठानले बनाउने आदिवासी जनजाति प्रमाणपत्रको लागि ‘तामाङ जनजाति’ हो भनेर सिफारिस गर्ने अधिकार एक आधिकारिक संस्थाको हैसियतले नेपाल तामाङ घेदुङलाई मात्र रहेको छ । 
४. नेपाल तामाङ घेदुङको २०४६।४७ मा भएको दोस्रो राष्ट्रिय महाधिवेशनपछि नियमित रुपमा प्रत्येक ४÷४ बर्षमा राष्ट्रिय महाधिवेशन हुँदै आएको छ । २०७२ साल फागुन २९, ३० र चैत १ गते यो संस्थाको आठौं राष्ट्रिय महाधिवेशन चितवनको टाँडीमा सम्पन्न भयो । अहिले घेदुङको ९७ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेको छ भने ३१ सदस्यीय सचिवालय समिति रहेको छ । अहिले यसको देशभर ६४ जिल्लामा सांगठनिक संरचना, ८ वटा भातृ संगठन (महिला, युवा, विद्यार्थी, शिक्षक, लामा, संस्कृति, ताम्बा, बोन्बो) र ९ वटा केन्द्रीय विभागहरु (भाषा, प्रकाशन, सूचना, खेलकुद, संगठन, पेशा ब्यसायी, मूल्याङ्कन, बुद्धिजीवी, पुरातात्विक) चलायमान अवस्थामा रहेका छन् भने विदेश स्थित एक दर्जन मुलुकहरुमा शाखा तथा घेदुङमा आवद्ध तामाङ संस्थाहरु रहेका छन् ।  
५. नेपाल तामाङ घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित ९ऋयmmगलष्तथ द्यबकभम इचनबलष्शबतष्यलक० सामाजिक संगठन हो । जसले गर्दा यो ल्न्इक् नभएर ऋद्यइक्रक्ष्एइक् अर्थात आदिवासी जनताको संगठनको रुपमा चिनिन्छ । यसले लोकतान्त्रिक प्रक्रियालाई अवलम्बन गर्दछ र समुदायको प्रतिनिधिद्वारा आफ्नो नेतृत्वको चयन गर्दछ । यसको गाउँदेखि केन्द्रसम्मका नेतृत्व चयन हरेक एक अवधिका लागि लोकतान्त्रिक विधिद्वारा हुने गर्दछ । अतः यसले नेपालका सममस्त तमाङ समुदायको सामाजिक आन्दोलनको प्रतिनिधित्व गर्दछ । 
६. नेपाल तामाङ घेदुङको अगुवाईमा नै विश्वभरि छरिएर रहेका तामाङहरुको अन्तर्राष्ट्रिय सञ्जाल अन्तर्राष्ट्रिय तामाङ परिषद्को निर्माण गरेको छ । यसको पहिलो अन्तर्राष्ट्रिय तामाङ सम्मेलन २०५९ सालमा काठमाडौंमा सम्पन्न ग¥यो भने दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन अखिल भारतीय तामाङ बौद्ध संघको आयोजनामा भारतको दार्जिलिङमा सम्पन्न ग¥यो र तेस्रो सम्मेलन नेपाल तामाङ घेदुङकै आयोजनामा काठमाडौमा सम्पन्न भएको थियो । हाल अन्तर्राष्ट्रिय परिषद्को अध्यक्ष नेपाल तामाङ घेदुङको पूर्व अध्यक्ष महेन्द्रजंग तामाङ हुनुहुन्छ । यो परिषद्ले तामाङ समाजको धार्मिक, साँस्कृतिक, सामाजिक एवं राजनीतिक विषयमा समेत साझा अवधारणा र सहमतिको निर्माण गर्दछ र त्यसलाई आफ्नो सञ्जालमार्फत संसारभरि कार्यान्वयन गराउन पहल गर्दछ । 
७. अहिले तामाङ समाजले ग्रहण गरेका र कार्यान्वयन भइरहेका तामाङ भेषभूषा, तामयिग लिपि, जन्मदेखि मृत्युसम्मका संस्कार एवं सोनाम ल्होछार परम्परा जस्ता यावत् कुराहरु नेपाल तामाङ घेदुङदेखि तामाङ अन्तर्राष्ट्रिय सम्मेलनद्वारा पारित तथा अनुमोदित विषयहरु हुन् । जसको लागि घेदुङले राष्ट्रिय÷अन्तर्राष्ट्रिय तहमा बहस, छलफल चलाएको थियो । 
८. नेपाल तामाङ घेदुङले तामाङ समाजको साँस्कृतिक पुनर्जागरणको क्षेत्रमा मात्र काम नगरेर तामाङ समुदायको राजनीतिक अधिकार र तामाङ जातिको ऐतिहासिक भूगोललाई ताम्सालिङ प्रदेश निर्माण गर्ने आन्दोलनलाई समेत अहिले जोडदार ढंगले अघि बढाइरहेको छ । यसको लागि घेदुङको पहलमा विभिन्न राजनीतिक दल सम्बद्ध तामाङ संगठनहरुको ताम्सालिङ संघर्ष समितिको निर्माण र त्यसको सचिवालयको समेत भूमिका घेदुङले नै निर्वाह गरिरहेको छ ।
९. यी सबै प्रक्रियाको विकासद्वारा तामाङ समाजलाई संगठित गर्ने, रुपान्तरण गर्ने, असली तामाङको पहिचान, उसको आदिवासीपन र उसको आदि भूमि र स्वशासनको अधिकारको लागि समेत नेपाल तामाङ घेदुङको महत्वपूर्ण पहलकदमी रहँदै आएको छ ।