आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन ः केटाकेटीले गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानाश

385

मोहन गोले तामाङ

नेपाल आदिवासी जनजाति महासंघले कातिक १ र २ गते काठमाडौमा नेपाली आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलन सम्पन्न ग¥यो । अपर्झट नेतृत्वको दिमागमा फुरेर करिब एक डेड महिनाअघिबाट सुरु गरिएको सम्मेलनको प्रचार प्रसार फेसबुकमा राम्रै थियो । तर कार्यक्रमको स्वरुप, त्यहाँ प्रस्तुत गर्ने विषयहरु र त्यसले प्राप्त गर्ने उद्देश्यको बारेमा हामी जस्ता जातीय संस्थाको नेतृत्वहरु नै धेरैजना अनविज्ञ थियौ । अन्तिम क्षणतिर महासंघले एउटा तयारी मिटिङमा बोलायो तर त्यहाँ पनि कार्यक्रमको स्वरुप र त्यसबाट प्राप्त गर्ने उपलब्धिहरुको बारेमा ब्यापक छलफल हुन सकेन । कातिक १ गते राष्ट्रिय सभागृहमा ११ बजेदेखि उपराष्ट्रपति ज्यूबाट कार्यक्रमको उद्घाटन हुने सूचना थियो तर पछि नेफिनको पूर्व अध्यक्षहरुबाट दिउँसो १ बजेदेखि ढोल बजाएर सामूहिक उद्घाटन गरियो । नेपाल विद्युत प्राधिकरणको एमडी कुलमान घिसिङ र वैज्ञानिक महाबीर पुनलाई दोसल्ला ओढाएर सम्मान गर्ने कुरा सुनेको थिएँ । त्यो पनि हल्लैमात्र भयो । अन्तर्राष्ट्रिय सम्मेलन जस्तो कार्यक्रममा ५०० जना सीट क्षमताको सभागृह हल मुश्किलले भरियो । जेहोस् उद्घाटन सत्र भनेको देखाउने, रुप पक्ष थियो त्यो राम्रैसँग सकियो ।

भोलीपल्ट बन्दसत्र पार्क भिलेज होटेल बुढानिलकण्ठमा बिहान ८ बजेदेखि सुरु हुने भनिएको थियो । म लगायत थुप्रै जातीय संस्थाका प्रतिनिधिहरु निर्धारित समयमा नै पुग्यौ । त्यहाँ पुग्दा पनि हामी धेरैजनालाई बन्दसत्रको कार्यक्रम तालिकाको बारेमा थाहा थिएन । केही साथीहरु मलाई सोधिरहेका थिए, आज यहाँ के हुन्छ ? जब कि म स्वयंम्लाई नै थाहा थिएन । खाजानास्ता खाइसकेर लगभग डेड घण्टा ढिलो गरी कार्यक्रमको हल खुल्यो । हामी प्रतिनिधि शुल्क बुझाएपछि पाएको कार्ड र झोला बोकेर भित्र पस्यौ । कार्यक्रम सुरु हुँदा लगभग ११ बजिसकेको थियो । त्यसपछि पनि आसनग्रहण र परिचय जस्ता भद्दा र औचित्यहीन प्रक्रियाले बन्दसत्र जस्तो कार्यक्रमको एक घण्टा बढी समय खायो । कार्यक्रम सञ्चालनको तरिका हेर्दा आदिवासी संस्थाको नभएर विकासे एनजिओको शैलीमा सञ्चालन भइरहेको लाग्थ्यो । त्यसपछि महासंघको उपाध्यक्ष गोबिन्द छन्त्याल ज्यूले महासंघको सांगठनिक गतिविधिको बारेमा आफ्नो प्रस्तुति राख्नु भयो । लगत्तै विभिन्न देशको नेफिनको तर्फबाट आफ्नो सांगठनिक गतिविधिहरुको प्रस्तुती सुरु गरियो । कार्यक्रम ढिलो सञ्चालन भएपनि खाना खाने समय भने दिउँसो २ बजेदेखि निर्धारित समयमा नै सुरु भयो । खानापछि पनि केही देशका साथीहरुको प्रस्तुती बाँकी भएकोले त्यसलाई निरन्तरता दिइयो । प्रस्तुति सकिएपछि महासंघका सल्लाहकार डा. मुक्त सिंह लामा ज्यूबाट विश्व आदिवासी आन्दोलनको अवस्था, चुनौती र सम्भावना यस्तै विषयमा कार्यक्रम प्रस्तुत गर्ने काम भयो । यो समयसम्म आइपुग्दा लगभग साँझको ५ बजिसकेको थियो । साँझ ५ बजे सबै कार्यक्रम सक्ने भनिएकोमा डा. मुक्तको प्रस्तुतिपछि महासंघको उपाध्यक्ष किरण सुनुवार ज्यूले विधानको मस्यौदा प्रस्तुत गर्दा लगभग ६ बज्यो । त्यसपछि बन्दसत्र हल एकप्रकारको अस्तब्यस्त जस्तै भयो । महासंघको पूर्व अध्यक्षहरु परशुराम तामाङ र डा. ओम गुरुङ ज्यूले सहजिकरण गर्ने प्रयास गर्नुभयो तर त्यो पनि त्यति काम लागिरहेको थिएन । बन्दसत्रको अध्यक्षता गरिरहनु भएका महासंघको अध्यक्ष जगत बरामजीले हललाई कमाण्डिङ गर्न सक्नु भएन । उहाँ विपक्षी दलको अवरोधलाई रोक्न नसकेर सदन सुचारु गर्न नसकेको संसद भवनको सभामुख जस्तो देखिनु हुन्थ्यो । हललाई सम्हाल्न नसकेपछि विदेशी संस्थाका साथीहरुको छुट्टै छलफल चलाउने र त्यो खाली समयमा खाने खाने भनियो । लगभग रातको ८ बजिसकेको थियो । कार्यक्रमको तालिका अनुसार अन्तिममा घोषणापत्रमाथि छलफल गर्ने भनिएको हुँदा म त्यसको लागि पर्खिरहेको थिएँ । जब अध्यक्ष जगत बरामजीबाट घोषणापत्रलाई लिएर हलमा छलफल नगरौ । भोली २, ४ जना बसेर यसो खासखुस तयारी गरौला र पत्रकार सम्मेलनमा बाँडौला नी भन्ने खालको कुरा गर्नुभयो । एउटा महत्वपूर्ण कामलाई प्राथमिकता नदिएको बुझेपछि म हलबाट बाहिरिए । त्यसपछि त्यहाँ के के गरियो ? मेरो जानकारीमा छैन । साथीहरुले बताउनु भए अनुसार विदेशका पाहुनाहरुलाई मायाको चिनो बाँडियो र कार्यक्रम समापन गरियो भन्ने सूचना आयो ।

मैले अन्तर्राष्ट्रिय आदिवासी जनजाति सम्मेलनबाट अलि फरक अपेक्षा राखेको थिएँ । यसले एउटा आन्दोलनको कार्य दिशा पास गर्छ र संसारको आदिवासीहरुको तागतलाई एकठाउँमा केन्द्रीकृत गरेर लैजान्छ भन्ने लागेको थियो । किनकि जगत बरामजीले महासंघको नेतृत्व सम्हालिसकेपछि नै हामी राज्यसँगको तीनवटा लडाइँमा हारिसकेका थियौ । पहिलो, प्रदेश र स्थानीय तहको नामाकरण, सीमाङ्कनको लडाइँमा हा¥यौ । दोस्रो, आदिवासी जनजातिको सार्वजनिक विदा कटौती बिरुद्धको लडाइँमा हा¥यौ । तेस्रो स्थानीय तह पदपूर्ति विज्ञापनमा लोकसेवा आयोगले गरेको आरक्षण कटौती बिरुद्धको लडाइँमा पनि हा¥यौ । यसरी पटक पटकको मोर्चामा हारिसकेको हामीहरु नयाँ रणनीतिका साथ अघि बढ्ने योजना निर्माणमा केन्द्रीत रहेर सम्मेलन अघि बढाउनु पथ्र्यो । जहिले आन्दोलन गर्दापनि माइतीघर मण्डलामा देखिने ५०० को उपस्थितिलाई कसरी ५० हजार पु¥याउने त्यसको तयारी गर्नुपथ्र्यो । किनकि अहिलेको सरकार कुनै राजा, महाराजाको निरंकुश सरकार होइन, जनताबाट हाम्रै मत पाएर जितेको निर्बाचित सरकार हो । जनताबाट निर्बाचित सरकारलाई सडकमा ५० हजारभन्दा बढी आन्दोलनकारीको टाउकाहरु प्रदर्शन गर्ने बितिकै झुकाउन सकिदो रहेछ भन्ने त गुठी आन्दोलनले पनि देखाइसक्यो । त्यसैले आन्दोलनलाई कसरी उठाउने भन्ने विषयमा सम्मेलनको मुख्य ध्यान त्यतातिर केन्द्रीत हुनुपथ्र्यो । तर त्यो हुन सकेन । जब बन्दसत्रमा दिउँसो ४ बजेसम्म पनि आन्दोलनको कुरा नउठेपछि नेफिन धनकुटाका आनन्द सन्तोषी राईले मलाई निराश हुँदै सोध्नुभयो– होइन, अध्यक्ष ज्यू साथीहरुले आन्दोलनको बारेमा चैँ कतिखेर छलफल गर्छ हौ । मैले उहाँलाई ड्राफ्ट घोषणापत्रमा आन्दोलनको बारेमा केही मोडालिटीको प्रस्ताव गरेको छु । त्यसमा अलि बढी छलफल गर्नुपर्छ भनेर आश्वस्त पारे । कार्यक्रमको दौरानमा घरिघरि नेफिन उपाध्यक्ष तथा प्रवक्ता नबिन रोका मगर ज्यूको भाषणमा आन्दोलनको गन्ध आउँदा मजस्ता बिद्रोही चेतका मान्छेहरु त्यो गन्ध सुँघेर केही अघाए जस्तो अनुभूति गथ्र्यौ । कार्यक्रम हुनु आफैमा राम्रो काम हो । यसले हामी बीचमा भेटघाट गरायो । त्यो ठीक छ तर नेतृत्वहरु कार्यक्रमबाट निकाल्ने चिजको बारेमा क्लियर भएनन् भने त्यो औपचारिकतामा मात्रै सीमित हुन पुग्छ । गत बर्ष पनि नेफिनले राष्ट्रिय स्तरको सम्मेलन तमु हल नयाँ बसपार्कमा सम्पन्न ग¥यो । त्यसले छायाँ संसद समेत गठन गरेर जान सक्ने ध्वाँस पिट्यो तर आन्दोलनको ढर्रा पुरानै पाराबाट सञ्चालन गरिरहँदा उपलब्धि हात लागी शून्य निस्कियो । मेरो कुरा के हो भने यो सम्मेलन पुरै आगामी आन्दोलनको दिशा र स्वरुपको बारेमा केन्द्रीत हुनुपथ्र्यो र त्यही आन्दोलनले जगत बरामजीहरुलाई इतिहासमा भुल्न नसक्ने सम्मानित आदिवासी नेताको रुपमा स्थापित गथ्र्यो । किनकि कार्यक्रम मात्रै गर्ने मान्छेहरु नेता हुँदैनन् । औपचारिक कार्यक्रमले संस्थाको प्रतिवेदन मोटो हुन्छ, नेता चैँ दुब्लै भएर रहन्छन् । ती त कार्यक्रमको कुर्सीमा बसुञ्जेलसम्मका लागि मात्रै नेता जस्तो देखिन्छन् । त्यसपछि सकिएर जान्छ ।

सम्मेलनको रुप पक्षलाई विष्लेषण गर्ने हो भने राष्ट्रिय सभागृहको उद्घाटन सत्रमा यदि प्रमूख अतिथि कन्फर्म भएको छैन भने नआउने मान्छेको त्यसरी फोटो टासेर प्रचार प्रसार गर्नु हुँदैन थियो । यो हामी पटक पटक गल्ती दोहो¥याइरहेका छौ । विगतमा पनि विश्व आदिवासी दिवसमा प्रमूख अतिथि प्रधानमन्त्री आउनुहुन्छ भनेर खुब प्रचार गरियो, पछि कुर्सी खाली राखेर कार्यक्रम गर्नुप¥यो । यसले समुदायको नेतृत्वमाथिको विश्वसनीयता घटाउँछ । अर्को सम्मेलनको बन्द सत्र भनेको सार उपलब्धि प्राप्त गर्ने मुख्य कार्यक्रम हो । यसमा मिनेट मिनेट समयको पनि ठूलो महत्व हुन्छ । जब कि हामीले एक डेड सय मान्छे बीचमा परिचय कार्यक्रम राखेर त्यहाँ एक डेड घण्टा समय बेकारमा बर्बाद ग¥यौ । जुन कि नाम भन्ने बेलामा मात्रै त्यो ब्यक्तिको नाम थाहा हुन्छ । त्यसपछि कसैले पनि चिन्न सकिदैन । २०, ३० जनाको उपस्थितिमा कम्तिमा ३ दिनसम्म चल्ने तालिम, गोष्ठीको लागि भने यस्तो परिचय कार्यक्रम उपयोगी हुनसक्छ । यो विकासे एनजिओको पेष्ट प्रोग्राम नराखेको भए हुन्थ्यो । अर्को महासंघको सल्लाहकार मानवशास्त्री डा. मुक्त सिंह लामा ज्यूलाई बन्द सत्रमा विश्व आदिवासी आन्दोलनको अवस्था र चुनौती विषयक कार्यपत्र प्रस्तुत गर्न समय दिइयो । उहाँको प्रस्तुती एकदमै राम्रो थियो तर यस खालको प्रस्तुती कुनै कार्यशाला गोष्ठी वा तालिममा प्रस्तुत गर्न उपयुक्त हुन्छ । सम्मेलन, अधिवेशन जस्तो कार्यक्रममा उपयुक्त हुँदैन । त्यस्तै विदेश स्थित संघ, संस्थाका प्रतिनिधिहरुले आआफ्नो देशको गतिविधिको बारेमा रिपोर्टिङ प्रस्तुत गर्नुभयो । यो केही हदसम्म ठीकै छ तर उहाँहरुको प्रस्तुतिमा न महासंघ संघीय सचिवालयबाट सुझाव दिने काम भयो न हलबाट नै । यो खण्डको काम पनि खाली पढी, वाची सुनाउने कर्ममा मात्रै सीमित भयो ।

कार्यक्रमको सेड्युल अनुसार अन्तिम समयमा प्रस्तुती गर्ने भनिएको घोषणापत्रमाथिको छलफल कार्यक्रम थियो । यसको प्रारम्भिक मस्यौदा तयार गर्ने जिम्मा महासंघको अध्यक्ष जगत बरामजी र उपाध्यक्ष गोबिन्द छन्त्यालजीबाट मौखिक रुपमा २ दिन अघि मात्रै मलाई आग्रह गर्नुभएकोले मैले जसोतसो लेखेको थिएँ । त्यसलाई पावर प्वाईन्टमै हलमा प्रस्तुत गर्ने र हलको सुझाव लिएर अन्तिम रुप दिने मेरो तयारी थियो । हलमै प्रस्तुत गर्न नपाएपछि त्यसको औचित्य र अर्थ त्यही सकियो । किनकि त्यहाँ प्रस्तुत गरिने घोषणापत्र भन्दापनि मैले हाम्रो सामूहिक प्रतिवद्धता पत्रको ढाँचामा लेखेको थिएँ । यस अघि हामीले कार्यक्रम नै पिच्छे कहिले १३ बुँदे त कहिले २२ बुँदेसम्मका थुप्रै घोषणापत्र जारी ग¥यौ । ती घोषणापत्रहरु कुनै काम लागेनन् । ती खाली नेतालाई भाषण गर्ने र पत्रकारलाई समाचार लेख्ने मसलाको रुपमा मात्रै प्रयोग भयो । घोषणापत्र आफैमा बाध्यकारी चिज होइनन् । त्यसलाई कार्यान्वयनमा ल्याउन नेतृत्व गर्ने ब्यक्तिको इमानदारिता र नैतिकतामा भर पर्छ । बेइमानहरुको लागि घोषणापत्र दुनियाँलाई देखाउने कागजको खोस्टो मात्र हो । आजसम्म जारी गरिएका घोषणापत्र अनुसार हामी कुनै संस्थाका अभियन्ताहरु कहिल्यैपनि हिडेनौ । ती दस्तावेजीकरणमा मात्रै सीमित थन्किएर बस्यो । त्यसैले मैले यसलाई घोषणापत्र नभनी हाम्रो सामूहिक प्रतिवद्धतापत्र भनेको थिएँ । प्रतिवद्धतापत्र आफैमा हाम्रो सामूहिक कसम हुनाले यो चैँ कार्यान्वयन हुन्छ कि भन्ने पनि लागेको थियो । ५ पेजमा तयार गरेको प्रतिवद्धता पत्रलाई प्रस्तावना, बिगतको आन्दोलनको संक्षेपमा समिक्षा र त्यसमा टेकेर जान सकिने हाम्रो सामूहिक प्रतिवद्धताहरु, राज्यसँगको हाम्रो साझा मुख्य मागहरु र त्यसका लागि सञ्चालन गरिने आन्दोलनको रणनीति समेत ५ खण्डमा विभाजन गरेको थिएँ । यो एउटा मस्यौदा मात्रै थियो । यो अस्थिपञ्जरलाई हलमा देखाएर प्रष्ट पार्ने मौका पाएको भए हलबाट त्यसमा मासु भर्ने काम हुन्थ्यो र त्यसले पूर्णता पाउथ्यो । हामी नयाँ पुस्ता भनेर जति नै गर्व गरेपनि एकदमै पुरानो मानसिकतामा छौ । बिगतमा जे गरियो, त्यही गर्ने सोचभन्दा माथि उठ्न सकेका छैनौ । घोषणापत्र भनेर जहिले मागपत्र जारी गर्छौ । त्यसमा आफ्नो भूमिका के हुने ? रणनीति कस्तो बनाउने ? ककसले के के गर्ने ? भन्ने कुरा हुँदैन । यसले गर्दा एउटा काम गर्नुपर्छ भन्ने लाईनलाई समातेर त्यो प्रतिवद्धता पत्र तयार भएको थियो । हलमा प्रस्तुत गर्ने मौकै नमिलेपछि त्यसको मर्म कसैले बुझ्ने कुरा पनि भएन । भोलिपल्ट त्यो प्रतिवद्धतापत्रलाई काटकुट पारेर, त्यसको रुप, नक्शा, भावना सबै बिगारेर पुरानै अनुहारको दुरुस्त बनाएपछि गोबिन्द जीले पत्रकार सम्मेलनमा बाँड्नु भयो भन्ने अनलाईन न्यूजहरुबाट जानकारी पाएँ ।

त्यसैले यदि हामी साँच्चै आदिवासी आन्दोलनलाई उठाउने नै हो भने हिम्मतका साथ जीवनको २, ४ बर्ष समुदायलाई समर्पण गरेर अघि बढौ । विदेशको साथीहरुको भावना उच्च छ, त्यसलाई हाम्रो सही योजनासँग जोड्न सक्यौ भने अहिलेको नश्लीय सत्तालाई झुकाउन सकिन्छ भन्ने मेरो निष्कर्ष हो । त्यो दिन म त्यति धेरै टाढा देख्दिन । नत्र यसखालको घोषणापत्र जारी गरेर रित पु¥याउने कर्म मात्रै हुनेछ । किनकि कागजहरु निर्जिव हुन्छन् । त्यसले किताबको पानाबाट उठेर आफै बिद्रोह गर्दैन । बिद्रोह त तपाई हामी जस्ता अभियन्ताले गर्नुपर्छ । त्यसको लागि कागज एउटा आधार हुनसक्छ । जसरी माओवादीले २०५२ सालबाट जनयुद्ध सुरु हुन अघि ४१ बुँदे मागपत्रको कागज देउवा सरकारलाई बुझाएर जंगल पसेका थिए । अहिले गणतान्त्रिक युगमा जंगल नै पस्नुपर्ने अवस्था छैन । गाउँ पस्दा मात्रै हुन्छ । तर काठमाडौबाट ऐलान गरेको भरले आन्दोलन उठ्दैन भन्ने त हाम्रै बिगतको अभ्यासले पुष्टि गरिसक्यो । अब फेरिपनि त्यही असफल प्रयत्न नगरौ भन्ने हो । मेरो आग्रह मान्नुहुन्छ भने, अब ढिला नगरी हाम्रा न्यायपूर्ण मागहरुको बुँदा क्लियर गरौ । तीन महिना भित्र सामूहिक रुपमा त्यसलाई लाखौ आदिवासी जनजातिको हस्ताक्षर सहित राज्यको कार्यकारी प्रमूख प्रधानमन्त्रीलाई लगेर बुझाऔ । यी मागहरु पुरा गर्दैनौ भने हामी आन्दोलनमा गयौ भनेर प्रष्ट भनेर गाउँ पसौ । कम्तिमा एक, दुई बर्षभित्रमा एउटा शक्ति निर्माण गरौ र निर्णायक आन्दोलनको संखघोषका साथ कफन बाँधेर फिल्डमा उत्रौ । यदि यो हिम्मत छैन भने माइतीघर मण्डलामा २, ४ सयको संख्यामा आदिवासी जनजातिलाई ठुटे बजारमा जस्तो प्रदर्शन गरेर सत्तालाई जिस्क्याउने काम नगरौ । यसखालको आन्दोलनले जगत बरामजीहरु धेरैपटक पुतलीसडकमा ढल्नुपर्छ । मोहन गोलेहरुको धेरैपटक टाउकोमा टुडुल्को उठ्नेछ । तर हाम्रो माग सम्बोधन हुने छैन ।

तसर्थ मेरो अन्तमा, यो सम्मेलनको विशेष डिजाइनर जगत बरामजी र गोबिन्द छन्त्यालजीलाई आग्रह के हो भने यो सम्मेलनमा पनि महासंघले शायद ५, ७ लाखको हाराहारीमा विदेशतिरबाट जोरजाम पारेको मट्याङ्ग्रा नाश ग¥यो होला । यसरी केटाकेटी उमेरमै गुलेली खेलेर मट्याङ्ग्राको सत्यानाश गर्ने काम नगरौ । बरु आन्दोलनलाई उचाईमा पु¥याएर अलि हामी आदिवासी अभियन्ताहरु तन्नेरी बनौ र मट्याङ्ग्रालाई दुश्मनको सही निशानामा प्रहार गरौ । धन्यवाद ।।