घेदुङले किन गर्न सकेन ?

747

मोहन गोले तामाङ

असार महिनामा मात्रै तामाङ समुदायसँग सम्बन्धित केही घटनाहरु घटे । त्यसमध्ये समता अस्पतालमा बिमला तामाङको मृत्युदेखि आर्यन तामाङको अपहरण र प्रचण्डको बिबादस्पद अभिब्यक्ति मुख्य छन् । यो तीनवटै घटनालाई लिएर सामाजिक सञ्जालमा तामाङ शुभेच्छुक साथीहरुको प्रतिक्रिया आयो– घेदुङ किन सुतेर बसेको छ ? किन बोल्दैन ? देखि लिएर यस्तो घेदुङको कार्यालय भोलीदेखि बन्द गर्नुपर्छ सम्मको प्रतिक्रिया सञ्जालमा छरपष्ट भएको पायौ । अझ ब्यक्तिगत रुपमा यसको नेतृत्वमाथि आएको गालीगलौजको भाषा त कतिपय यो पंक्तिमा लेख्न नमिल्ने पनि छन् । अस्ती भर्खर एउटा थोकर भाई सामािजक सञ्जालमा लाईभ बर्बराईरहेको पनि देखे । यो भयो असार महिनाको मात्रै घटनाक्रम । त्यसअघिदेखिको नै हेर्ने हो भने थुप्रै घटनामा घेदुङलाई जोडेर प्रश्न गरेको पाउँछौ । केही बर्ष यता यसखालको प्रतिक्रिया अलि बढी नै उठेको हामीले देखिरहेका छौ । कोही दुर्घटनामा परेर उपचार गर्न सकेन । आर्थिक सहयोग खोजिदिन घेदुङमै आएको छ । कसैलाई प्रहरीले पक्राउ ग¥यो । छुटाउनको लागि घेदुङलाई नै भनेको छ । कसैले अलि अचम्मको काम ग¥यो । घेदुङले किन सम्मान गरेन ? भनेको छ । हुँदा हुँदा त कसैको श्रीमान–श्रीमति झगडा प¥यो, घेदुङलाई नै मिलापत्र गरिदे भन्न थालिसक्यो । भोली कसैको बाख्रा हरायो भनेपनि घेदुङले नै खोजिदे भन्न बेर छैन । यसरी आफ्नो मूल संस्थाप्रति समुदायको विश्वास बढ्नु र उसबाट ठूलो अपेक्षा राख्नु एक हिसाबले त ठीकै होला तर योसँगै २, ३ वटा प्रश्नको बारेमा हामी प्रष्ट हुनुपर्छ जस्तो मलाई लाग्छ । पहिलो त घेदुङ कस्तो संगठन हो ? यो कुन प्रयोजनको लागि स्थापना गरिएको हो ? त्यो बुझ्नुपर्छ । दोस्रो, घेदुङले यस्तो सबै काम गर्न सक्छ कि सक्दैन ? यसको हैसियत, क्षमताको स्थिति के छ ? हामीले त्यो बुझ्नुपर्छ । तेस्रो, घेदुङप्रति यति ठूलो अपेक्षा राख्ने हामीले घेदुङको लागि के ग¥यौ ? त्यो पनि स्वःमूल्याङ्कन गर्नुपर्छ । म यसको तलका हरफमा क्रमशः चर्चा गर्छु ।

पहिलो प्रश्न ः घेदुङ के हो ? नेपाल तामाङ घेदुङ २०१३ सालमा स्थापना भएको तामाङ समुदायको एकमात्र साझा, राष्ट्रिय संस्था हो । यो संस्था आदिवासी जनजातिहरुको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघको संघीय परिषद्को संस्थापक सदस्य संस्था हो र नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को सदस्य संस्था पनि हो । तामाङ समुदायको कुनैपनि ब्यक्तिलाई तामाङ जनजाति हो भनेर सिफारिस गर्ने एकमात्र संस्था घेदुङ नै हो । यसको देशभर तामाङ बसोबास रहेको ४७ भन्दा बढी जिल्लामा जिल्ला समन्वय समिति, ६ वटा प्रदेशमा प्रदेश कार्य समिति, ३०० भन्दा बढी गाउँपालिका÷नगरपालिकामा स्थानीय समितिहरु छन् भने ८ वटा भातृ संगठन र १० वटा विभागहरु छन् । त्यसैगरी विदेश स्थित एक दर्जन बढी मुलुकहरुमा शाखा तथा घेदुङमा आवद्ध तामाङ संस्थाहरु क्रियाशिल रहेका छन् ।

घेदुङ तामाङ समाजको हित चाहने एक लाभ निरपेक्ष, साझा र राष्ट्रिय स्तरको समुदायमा आधारित ९ऋयmmगलष्तथ द्यबकभम इचनबलष्शबतष्यलक० सामाजिक संगठन हो । जसले गर्दा यो ल्न्इक् नभएर ऋद्यइक्रक्ष्एइक् अर्थात आदिवासी समुदायको संगठनको रुपमा चिनिन्छ । यसले नेपालका समस्त तमाङ समुदायको सामाजिक÷साँस्कृतिक आन्दोलनको प्रतिनिधित्व गर्दछ । तामाङ समुदायको भाषा, लिपि, ल्होछार पर्व, तामाङको जन्मदेखि मृत्युसम्मको संस्कारहरु र अन्य थुप्रै तामाङ विविधताको प्रवद्र्धन, विकास र एकरुपताको लागि घेदुङले संस्थागत रुपमा संघर्ष गर्दै आइहेको छ । यो संस्थाले तामाङ पहिचानको प्रवद्र्धनका लागि संसारको तामाङ जातिलाई एकठाउँमा गोलबन्द गर्दै लगेको छ । तामाङ समाजमा आजसम्मको मुख्य सामाजिक रुपान्तरणको सबै उपलब्धिमा घेदुङको महत्वपूर्ण योगदान रहेको छ । स्थापनाकालमा घेदुङ तामाङ भाषा, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले मात्रै खोलिएको संस्था थियो तर २०४६ सालको परिवर्तनपछि मात्र घेदुङले तामाङ जनताको हक, अधिकार, पहिचानको पक्षमा जोडदार रुपले आवाज उठाउन थालेको हो । त्यसकारण घेदुङ समग्रमा तामाङ जीवनको संरक्षण, सम्बर्धन गर्दै त्यसलाई निरन्तरता दिनको लागि स्थापना गरिएको सामाजिक संस्था हो । यति भनिसकेपछि यसले कुन कुरामा बढी फोकस गर्छ भन्ने सहजै बुझ्न सक्नु हुनेछ ।

दोश्रो प्रश्न ः घेदुङले जनअपेक्षा अनुरुपको सबै काम गर्न सक्छ कि सक्दैन ? नेपाल तामाङ घेदुङ आफ्नो समुदायसँग सम्बन्धित विषयमा पहलकदमी लिने अधिकारवादी संस्था पनि हो । यसले ब्यक्ति, समुदायमाथि परेको अन्यायको बिरुद्धमा संस्थागत रुपमा आवाज उठाउँछ तर यसले उठाएको हरेक विषयमा न्याय दिलाउन सक्छ भन्ने ग्यारेन्टी हुँदैन । घेदुङ तामाङ समुदायको हरेक समस्याको समाधान गर्नसक्ने संस्था होइन । यो किन होइन भने पहिलो त यसले गर्ने सबै निर्णयहरु राज्यको लागि मान्य हुँदैन । दोस्रो योसँग त्यस्ता विषयमा लड्नका लागि न पर्याप्त धनराशी छ न राजनीतिक पार्टीको जस्तो ठूलो मात्रामा प्रशिक्षित जनशक्ति नै छ । सोनाम ल्होछारको महोत्सव बाहेक घेदुङले घोषणा गरेको आन्दोलनमा मुस्किलले २, ३ सयभन्दा बढी मान्छे नजुट्ने अवस्था यतिबेला हामी भोगिरहेका छौ । राज्यले सडकमा टाउको गनेर मात्रै कमजोर बर्गको माग पुरा गर्छ । थोरै टाउकोलाई उ माग जायज नै भएपनि ख्याल ख्याल ठान्छ । यदि सबैखाले समस्यामा घेदुङलाई आग्रह गर्ने हो भने घेदुङले गर्ने हरेक आन्दोलनमा हामीले २०, ५० हजार तामाङको उपस्थिति देखाउन सक्नुपर्छ । सडकमा एकदिन नआउने अनि समस्या चै सबै घेदुङले समाधान गरिदिनुपर्छ भन्यो भने त्यो गलत हुन्छ । जुन संगठनले राज्यलाई हस्तक्षेप गर्नसक्ने जनशक्ति जुटाउँछ, त्यसले मात्रै समस्या समाधान गर्ने हैसियत राख्छ नत्र कराउनुको कुनै अर्थ राख्दैन । मलाई पनि लाग्छ, तामाङको हरेक समस्यामा खड्गप्रसादले भने जस्तो अरिङ्गाल जसरी जाई लागौ । तर के गर्ने ? तामाङ घेदुङ न आर्थिक रुपले सशक्त छ न तामाङ जनता राजनीतिक रुपमा नै एकठाउँमा उभिएका छन् । यस्तो अवस्थामा हामी के गर्न सक्छौ र ? अस्ति प्रचण्डले नुवाकोटको तामाङ चेली र मुम्बईको प्रसंग जोड्दा समेत हामी विभाजित भयौ । दुःखको कुरा, यस्तो सम्बेदनशील विषयमा प्रहार हुँदा समेत हामी मिल्न सकेनौ । त्यसकारण घेदुङ अहिले तामाङको सबैखाले समस्यामा जुध्न सक्षम छैन । बिना तयारी जुध्यो भने सिङ फुक्लिएर भाग्नुपर्ने अवस्था आउन सक्छ ।

तेस्रो प्रश्न ः घेदुङको लागि हामीले के ग¥यौ ? यहाँनेर म के देख्छु भने, घेदुङलाई माया गरेर जसले लगानी गरेका छन् । उनीहरुबाट सामाजिक सञ्जालमा कमै प्रश्न उठाएका छन् तर जसले ५ रुपैयाँको लगानी घेदुङलाई गरेको छैन । उसको चैँ ठूलो स्वर सुनिन्छ । घेदुङको आजीवन सदस्य बन्न १००० रुपैयाँ लाग्छ । लाजको पसारो एकहजार तिरेर आजिवन सदस्य बन्न नसक्ने घेदुङ संघीय कार्य समितिमा थुप्रै महासयहरु हुनुहुन्छ । तामाङको दुःखमा केही सहयोग गर्नुपर्छ भनेर हामीले बिपद् ब्यवस्थापन कोष स्थापना ग¥यौ । स्थापनाकालमा केही साथीहरुले बुझेर कोषमा सहयोग रकम जम्मा गर्नुभयो । त्यसबाट हामीले आर्थिक सहयोगको लागि घेदुङमा आउने पीडितहरुलाई हात खाली पठाएका छैनौ । तर त्यो भाँडो एकदमै सानो छ । तामाङलाई अब घेदुङले भावनात्मक कुरा गरेर मात्रै हुँदैन । आर्थिक कार्यक्रममा पनि जोड्नुपर्छ भनेर घेदुङ बहुउद्देयीय सहकारी संस्था स्थापना ग¥यौ । तर ५ हजारको ५० कित्ता शेयर किनिदिनोस् भनेर घेदुङ भित्रकै तामाङ साथीहरुलाई दश औला जोडेर बिन्ती गर्दा पनि हुन्छ हुन्छ भनेर टार्दैछन् । जसले अरुले खोलेको बैंकमा करोडौ रकम जम्मा गर्छन् । यस्तो छ हाम्रो स्थिति । अर्कालाई विश्वास गर्छौ, आफूलाई विश्वास गदैनौ । आफ्नोलाई त उल्टै भ्रम फैलाउँछौ । यस्ता थुप्रै कारण छन्, जसले गर्दा घेदुङ र तपाईहरुको अपेक्षाबीचमा तालमेल मिलिराखेको छैन ।

यतिबेला यहाँहरुले देख्न सक्नुहुन्छ, बहुमतको गणतान्त्रिक सरकारले जातीय संस्थामा आउने सानो सानो सहयोगको प्वालहरु पनि टालिदिएको अवस्था छ । धन्न कसरी कार्यालय भाडा तिरेर मोहन गोले जस्ता बेतलवी थुप्र्रै स्वयंसेवकहरु बाँचिरहेका छन्, यो प्रश्न कसैले गर्दैन । जसले दुनियाँको गाली पनि खानु परेको छ । जसको एकातिर जीवन पनि बर्बाद भइरहेको छ अर्कोतिर घरपरिवारले कुख्राबाख्रा बेचेर कमाएको पैसा पनि उत्तिकै सकिएको छ । तपाई बाहिर बसेर कराउने साथीहरुलाई म भन्छु– आउनोस् । तपाईले पनि जीवनमा मोहन गोलेको जस्तो जीवन बाँचेर त हेर्नोस् । लेखेर दिन्छु, ६ महिनामा तपाई टक्टकिएर भाग्नु हुनेछ । के हामीलाई लागेको छैन र ? तामाङको हरेक दुःखमा घेदुङलाई ढाल बनेर उभ्याउँ । हरेक आन्दोलनमा घेदुङको झण्डा, ब्यानर सहित तामझामका साथ प्रदर्शन गरौ । तपाईले कहिल्यै एउटा ६ फिटको ब्यानर बनाउनु कति पैसा लाग्छ ? त्यसको स्रोत कसरी जुटाउनु हुन्छ भनेर सोध्नु भएको छ । छैन । तथ्याङ्कले भन्छ, काठमाडौं जिल्लामा मात्रै तामाङको जनसंख्या २ लाखभन्दा बढी छ । भक्तपुर र ललितपुर अनि नजिकको जिल्लाहरु काभ्रे, नुवाकोट, धादिङ, मकवानपुर, सिन्धुपाल्चोकको जनसंख्या जोड्ने हो भने ९ लाखभन्दा बढी हुन जान्छ । अस्ती गुठि विधेयक बिरुद्ध सञ्चालन गरिएको आन्दोलनमा नेवार समुदायको प्रदर्शन लगभग ५० हजार हाराहारीमा होला । त्यो प्रदर्शनले कट्टर केपीलाई घुँडा टेकायो । किनकि त्यो प्रदर्शनमा पार्टीकै रामवीर मानन्धरहरुले पार्टीलाई नै च्यालेन्ज गरे । तर हाम्रामा रामबीरहरु जन्मेनन् । बीर त बीर नै जन्मे तर ती बीर हनुमान परे । हामी तामाङ त्यतिको संख्यामा प्रदर्शन गर्न किन सक्दैनौ ? तपाईले भन्नुहोला, मोहन गोले यो गर्न चाहँदैन । यो भन्नुभयो भने तपाईले मलाई बुझ्नु बाँकी रहेको हुनेछ । मोहन गोले त जीवनमा अन्तिमपटक यो सिंहदरबारसँग जुवा खेल्छु भनेर आएको समर्पित ब्यक्ति हो । तामाङ उठेको दिन ऊ एक्लै हम्मर बोकेर सिंहदरबारको पर्खालतर्फ दौडिन्छ ।

त्यसैले साथीहरु, तपाईहरुलाई मेरो आग्रह छ । सामाजिक सञ्जालमा संस्थागत रुपमा घेदुङ र ब्यक्तिगत रुपमा मलाई गाली गरेर पोष्ट्याउनु अघि मेरो नम्बरमा फोन गरेर सोध्नोस् । सञ्जालमा नदेखिने गरी हामीले विभिन्न केसमा कतिपय कामहरु भित्रभित्रै गरिरहेका पनि हुन्छौ । त्यो बुझ्नोस् । हामी जस्तै जनजाति समुदाय हुन्ः राई, मगर, लिम्बु, गुरुङ, नेवारहरु । तर उनीहरुको यस्तो औधि चर्को कुरा फेसबुकमा देखिदैन । जुलुसमा चर्को नारा लगाउनु र फेसबुकमा चर्को लेख्नु मात्रै आन्दोलन होइन ।

घेदुङ कस्तो संस्था हो र यो कुन अवस्थामा छ ? भन्ने कुरा मिहीन ढंगले पहिले बुझौ । घेदुङलाई तामाङको पहिलो शक्तिको रुपमा स्थापित गरौ । राजनीतिक दलप्रतिको आस्थालाई घेदुङपछिको दोस्रो क्रममा राखौ । त्यसपछि ल्होछारको बेला टुँडिखेलमा उत्रिने तामाङ समुदायलाई राजनीतिक शक्तिमा रुपान्तरण गरौ त । घेदुङले आव्हान गर्ने जुनसुकै आन्दोलनमा कम्तिमा ५० हजार तामाङ एकठाउँमा जुट्ने परिस्थिति निर्माण गरौ त । अनि मात्रै तामाङमाथि आइपर्ने हरेक पीडामा हामी न्याय दिलाउन सक्छौ । सत्तासँग बार्गेनिङ गर्न सक्छौ । त्यो बेला हाम्रो तामाङ नेताहरु सांसदको टिकट पाएन भनेर नेताको घरको दैलोदैलो चहार्नुपर्ने अवस्थाको पनि अन्त हुनेछ । सांसद र मन्त्रीको लोगो घरघरमा ल्याएर दिन बाध्य हुनेछन् । छोडौ अरुको सेवा र चाकडी गर्न । तामाङकै सेवा गरौ ।

अन्तमा भन्दछु, यदि नेवार समुदायले जस्तो जुन कुनैबेला तामाङले घेदुङको नेतृत्वमा ५० हजारको मास जुटाउन नसक्ने हो भने अब आउने दिनमा हामी अझ धेरैपटक मर्नुपर्नेछ । ओलीले सुखी र समृद्धिको नारा लाएपनि त्यो नारामा उनकै बंश, परिवार मात्रै सुखी हुनेछन् । हामी त्यसमा रमाउन सक्ने छैनौ । यसको तयारीमा लागौ । आजैदेखि छलफलमा जुटौ । आफ्नै मूल संस्था र रातदिन खाई नखाई हिंडेको नेतृत्वलाई निराश हुनेगरी गाली गरेर समाज बन्दैन होला ।