घेदुङको ६३ बर्ष ः एक समीक्षा

328

मोहन गोले तामाङ

तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङ ६३ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा घेदुङ संघीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरी बर्षगाँठ मनाउदैछ । यसैगरी देश, विदेशका घेदुङ सम्बद्ध संगठनहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरिरहेको जानकारी प्राप्त भएको छ । यो संगठनको जीवनमा ठूलो उपलब्धि हो । २०१३ सालमा आजकै दिन १३ जना तामाङ अग्रजहरुको सक्रियतामा हर्कजित लामाको अध्यक्षतामा नेपाल तामाङ समिति नामको संस्थाको स्थापना भयो । संस्थाको संरक्षक कर्णेल सन्तबीर लामा हुनुहुन्थ्यो । संस्थाको उपाध्यक्ष पुण्यबज्र लामा, सचिव तोपबहादुर लामा र सदस्यहरु कुमार सिंह लामा, अष्टबहादुर लामा, चक्रबहादुर लामा, सिद्धिबज्र लामा, तीर्थमान लामा, खड्गबहादुर लामा, बी. बी. लामा, धनबहादुर लामा र चन्द्रमान लामा हुनुहुन्थ्यो । जो हामी बीचमा आज हुनुहुन्न । २००७ सालको परिवर्तनपछि स्थापना भएको यो संस्था २०१७ सालमा राजा महेन्द्रले सैनिक कू को माध्यमबाट निर्दलीय पञ्चायती ब्यवस्थाको प्रारम्भ गरेपछि सक्रियताका साथ अघि बढ्न सकेन ।

संघ, संस्था खोलेर आफ्नो समुदायको अधिकार, पहिचानको कुरा गर्न प्रतिवन्ध लागेकै अवस्थामा पनि हाम्रा केही अग्रजहरुले तामाङहरुलाई संगठित गर्नका खातिर २०३२ सालमा भोटे पिकनिकको आयोजना गर्नुभयो । यो आफैमा एउटा ऐतिहासिक र साहसिक कार्य थियो । त्यो पिकनिकको मुख्य आयोजकहरु सीताराम तामाङ, परशुराम तामाङ, कमान सिंह लामा, टासी फिन्जो लामा, एन. बी. लामा, पारिजात, दावा फिन्जो लामा, छ्वाङ सोनाम तामाङ र कान्छा लामा हुनुहुन्थ्यो । उहाँ आयोजकहरुले गोकर्ण र ककनीमा भोटे बनभोजको आयोजना गर्नुका साथै थ्वीन्डेल पत्रिका प्रकाशन गर्नुभयो । यसरी उहाँहरुले भित्रभित्रै विभिन्न बहानाबाजीमा आफ्नो समुदायको हितमा राज्यको आँखा छल्दै काम गर्दै जानु भयो । २०१३ देखि २०४६ सम्म लगभग ३३ बर्ष नेपाल तामाङ घेदुङको इतिहासमा संगठनको विकास र एकीकरणको पहिलो चरण थियो । पञ्चायती निरंकुशताको यो समयावधिमा हाम्रा अग्रजहरुले तामाङहरुको साझा संस्था नेपाल तामाङ घेदुङलाई जन्म दिँदै संसारभरिका तामाङहरुलाई एउटै संस्थाभित्र गोलबन्द गराउने प्रयास गर्नुभयो र तामाङ हिड्ने बाटो अर्थात तामाङ आन्दोलनको रेखाङ्कन कोर्नुभयो । यो ज्यादै जटिल कार्य थियो ।

यसपछि २०४६ मा कुमार सिंह वाईबाको संयोजकत्वमा बृहत् राष्ट्रिय तामाङ सम्मेलन आयोजक समिति गठन भयो । जसमा सदस्यहरु परशुराम तामाङ, भिम योन्जन, विद्यासागर योन्जन, लामा टी. ग्याल्छेन, जीतबीर लामा, आशा दोङ, अमृत योन्जन, प्रताव बल, बिकास लामा, बमबहादुर मोक्तान, परमान सिंह मोक्तान रहनु भएको थियो । यो समितिले २०४७ मा नेपाल तामाङ घेदुङको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न ग¥यो । यसबाट अध्यक्ष निर्मल कुमार लामा, उपाध्यक्ष जीतबीर लामा, महासचिव परशुराम तामाङ, सचिव अमृत योन्जन, कोषाध्यक्ष भिम योन्जन, सहकोषाध्यक्ष बंशलाल तामाङ, सचिवालय सदस्यहरु विद्यासागर योन्जन, प्रदिप बमजन, सोमबहादुर तामाङ र सदस्यहरु क्रमशः एल. आर. तामाङ, सम्बरबहादुर तामाङ, आशा दोङ, रमेशकुमार नेगी, जयप्रसाद गोले, रत्नकुमार तामाङ, छोनाम्गेल तामाङ, छिरिङ तामाङ, ज्ञानबहादुर गोले, प्रताप बल, मदन बल, अर्जुन योन्जन, प्रेमबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, कमलबहादुर बमजन, कृष्णभुषण बल, हस्तबहादुर लामा, प्रताप सिंह तामाङ, रामबहादुर तामाङ, बिजयबहादुर दोङ, बेलबहादुर तामाङ र हर्कबहादुर तामाङ रहेको ३१ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन गरियो ।

२०४६ सालको परिवर्तनपछिका दिनमा भने संस्थाले आफ्नो गतिविधिलाई तिब्रता दिन थाल्यो । २०४९ सालमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न ग¥यो । यसबाट परशुराम तामाङको अध्यक्षतामा उपाध्यक्षहरु क्रमशः जीतबीर लामा, महेन्द्रजंग तामाङ, कान्छा लामा, महासचिव रमेशकुमार लामा, सचिव सोमबहादुर तामाङ, कोषाध्यक्ष परमान सिंह मोक्तान, सहकोषाध्यक्ष नरबहादुर स्याङ्तान रहेको ४५ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन भयो । यो समितिले ४ बर्षे कार्यकाल पुरा गरी २०५४ मा मोरङको उर्लाबारीमा चौथो राष्ट्रिय सम्मेलन सम्पन्न ग¥यो । यसबाट पुनः परशुराम तामाङकै अध्यक्षतामा उपाध्यक्षहरु क्रमशः महेन्द्रजंग तामाङ, गणेश बल, दिर्गबहादुर मोक्तान, देवकुमार तामाङ, महासचिव सोमबहादुर तामाङ, सचिव जयप्रसाद गोले, कोषाध्यक्ष नरबहादुर स्याङ्तान, सहकोषाध्यक्ष अजितमान तामाङ र विभिन्न जिल्लाबाट प्रतिनिधित्व गरेका केन्द्रीय सदस्यहरु सहित ५१ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन ग¥यो ।

२०४६ देखि २०५८ सम्म लगभग १३ बर्ष नेपाल तामाङ घेदुङको इतिहासमा महत्वपूर्ण कामहरु भएका छन् । यो समयावधि खासगरी नीति, कार्यक्रम निर्माणको दोस्रो चरण थियो । यो अवधिमा तामाङ जातिलाई नेपालको आदिवासी जनजातिमा सूचिकरण गरियो, तामाङ लिपि तामयीगको विकास भयो, सोनाम ल्होछार संस्कृतिलाई राष्ट्रिय संस्कृतिको मान्यता दिलाउँदै तामाङ समाजमा स्थापित गर्नुका साथै जन्मदेखि मृत्युसम्म गरिने तामाङ संस्कार/संस्कृति निर्देशिका यही चरणमा निर्माण भयो । तामाङ भेषभूषा तोक्ने र तामाङ पहिचान स्थापित गर्ने सन्दर्भमा महत्वपूर्ण कामहरु भएका छन् । समग्रमा भन्नुपर्दा तामाङ जीवन पहिचानको खाका यही चरणमा निर्धारण गर्ने काम भयो । जसले गर्दा आज हामीलाई हाम्रो भाषा, लिपि, पर्व, संस्कार, भेषभूषा के हो ? भन्ने बारे कुनै बिबाद छैन जुन यही समयमा प्राप्त भयो ।

यसपछि २०५९ मा पोखरामा पाँचौ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यसबाट महेन्द्रजंग तामाङको अध्यक्षतामा उपाध्यक्षहरु क्रमशः देवकुमार तामाङ, धनप्रसाद तामाङ, रत्नसागर लामा, मणिकुमार तामाङ, महासचिव सोमबहादुर घले, सहमहासचिव कुमार ब्लोन, कोषाध्यक्ष मानबहादुर लामा रहेको ५५ सदस्यीय राष्ट्रिय कार्य कारिणी समिति गठन ग¥यो । लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार विधान बमोजिम प्रत्येक ४/४ बर्षमा सम्मेलन सम्पन्न गर्दै आएको नेपाल तामाङ घेदुङको काठमाडौंमा सम्पन्न छैठौ राष्ट्रिय महाधिवेशनबाट धनप्रसाद तामाङको अध्यक्षतामा राष्ट्रिय कार्यकारिणी समिति गठन भयो । यो समितिको पदाधिकारीको नामावली तत्काल प्राप्त हुन नसकेको हुँदा यहाँ राख्न सकिएन । त्यसपछि २०६७ मा मकवानपुरको हेटौडामा सम्पन्न सातौं राष्ट्रिय महाधिवेशनबाट कुमार योन्जनको अध्यक्षतामा उपाध्यक्षहरु क्रमशः सुजेन्द्र गोले, कुमबहादुर योन्जन, बेली लामा, महासचिव कुमार ब्लोन, सचिव प्रतिक ङेसुर, सचिव काजिमान तामाङ, कोषाध्यक्ष रमेश तामाङ, सहकोषाध्यक्ष रुपबहादुर योन्जन सहित ६९ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन ग¥यो । यसपछि २०७२ मा चितवनमा आठौं राष्ट्रिय महाधिवेशनको आयोजना गरियो तर कार्यक्रम उद्घाटनकै दिन विनाशकारी महाभुकम्प गएको कारण झण्डै १ बर्षपछि सोही बर्षको अन्ततिर चैत १ गते चितवनकै टाँडीमा महाधिवेशनको बन्दसत्र सम्पन्न गरियो । यो महाधिवेशनबाट अध्यक्ष मोहन गोले तामाङ, बरिष्ठ उपाध्यक्ष बेली लामा, उपाध्यक्षहरु अजितमान तामाङ, कुमार सिंह घिसिङ, रमेश लामा, अमिर मोक्तान, सीता गोले, महासचिव महितकुमार तामाङ, सचिवहरु रामकृष्ण ब्लोन, पाल्साङबज्र लामा, सञ्चु ब्लोन, कोषाध्यक्ष रुपबहादुर योन्जन र सहकोषाध्यक्ष मीना लामा सहित ९७ सदस्यीय राष्ट्रिय कार्यकारिणी समिति गठन ग¥यो । यो समितिले पनि आफ्नो कार्यकालको ३ बर्ष ब्यतित गरिसकेको छ ।
यसलाई हेर्दा २०५८ देखि यता नेपाल तामाङ घेदुङ नीति, कार्यक्रम कार्यान्वयनको तेस्रो चरण प्रवेश गरेको छ । हाम्रा अग्रजहरुले तयार गरेर हस्तान्तरण गर्नुभएको तामाङ भाषा, तामाङ लिपि, तामाङ भेषभूषा, तामाङ संस्कार–संस्कृति, तामाङ पर्वहरुलाई हामीले पहिलो पटक आफ्नै जीवनमा प्रयोग गर्नु छ र समाजलाई सिकाउनु हाम्रो मुख्य कर्तब्य हो । निश्चय पनि यो चरण अलि कठोर नै हुन्छ । अरुको लहै लहैमा लागेर गीत गाउनु सजिलो होला तर ब्यबहारमा कार्यान्वयन गर्नु गाह्रो हुन्छ । हामी देख्न सक्छौ, हाम्रै घेदुङको जिम्मेवार नेता, कार्यकर्ता साथीहरुको अझै मन सङ्लो भएको छैन । तामाङ समुदायको अभियन्ताहरुको नै हिन्दू पर्वहरु दशैं र तिहारप्रतिको मोह फेसबुकमा छचल्किएको देख्दा मन फेरिन नसकेको पर्याप्त सङ्केत मिल्छ । त्यसैले म भन्छु, अब हिम्मत गर्नैपर्छ ।

घेदुङले संस्थागत रुपमा अघि सारेको तामाङ आन्दोलनले ६३ बर्ष पार गर्न लाग्दा पनि तामाङ संस्कृतिले सिमेन्ट र बालुवाको मिश्रणबाट बनेको जमट जस्तो कंक्रिट आकार लिन नसक्नुको पछाडि हाम्रै नपखालिएको मनहरु केही हदसम्म जिम्मेवार छन् । यो निर्माणपछिको कार्यान्वयन तहमा आइपुग्दा यसले हामीमा पर्याप्त भ्रमहरु पैदा गरेको छ । कुनैपनि नयाँ सृष्टिपछि त्यसको पक्ष र विपक्षमा बिबाद देखिनु स्वभाविक हो । तर संगठनले साझा धारणा र मान्यताका साथ अघि बढाएको विषय एकदुई जना ब्यक्तिको अवरोध र कुतर्कले रोकिदैन, रोकिएको छ्रैन । त्यस्ता कुतर्क र भ्रमले केही समयमात्र निरन्तरता पाउँछ र त्यो आफैं सकिन्छ । इतिहासले हामीलाई यही भन्छ । संगठनको जीवनमा यस्ता बाधक तत्वहरु आउँछन् । तर संगठनले विगतमा प्राप्त गरेका उपलब्धिको जगमा टेकेर अभियन्ताहरु निरन्तर अघि बढिरहनु पर्छ । नेपालको शासक समुदायले दशैं, तिहार जस्ता पर्वहरुलाई कंक्रिटमा बदल्न २४० बर्षसम्म जवर्जस्त सत्ताको बन्दूक प्रयोग गरेको इतिहास हाम्रो सामू छ । यसरी सत्ताको बलबाट हिन्दू संस्कृति स्थापित भयो । हामीसँग हाम्रो जीवन दर्शनलाई समाजमा लागू गराउने त्यस खालको हतियार छैन किनकि हामीसँग सत्ता छैन । सत्तासँग हतियार हुन्छ । सत्ता नहुनेसँग आग्रह, अनुरोधको भाषा सिवाय केही हुँदैन । हामी त्यही प्रयोग गरिरहेका छौ । जुन प्रयोग छिटो ब्यबहारमा देखिदैन ।

इतिहासको विभिन्न कालखण्डमा घेदुङले कठिन चुनौतीहरुको सामना गर्दै तामाङ जनताको सामाजिक÷साँस्कृतिक र राजनीतिक क्रान्तिलाई अघि बढाएको छ । कोही कसैसँग यसले सम्झौंता गरेन, जसको परिणाम तामाङ समाजलाई अहिलेको अवस्थामा ल्याइ पु¥याउन सम्भव भयो । हामीलाई थाहा छ– तामाङ जातिको विभिन्न संस्कारहरुमा बिगतमा देशैभरि हिन्दूकरण भएको पाउथ्यौं । आज त्यस्ता मान्यताका मानिसहरु सीमित टोलमा सीमित हुन पुगेका छन् । हिजो दशैं, तिहारमा रमाउने तामाङ आज आफ्नै मौलिक पर्व सोनाम ल्होछारमा तामाङ तागी लाएर टुँडिखेलमा रमाएको देख्न सकिन्छ । निश्चय पनि यो घेदुङको महत्वपूर्ण उपलब्धि हो । यसक्रममा घेदुङले थुप्रै साहसिक कदमहरु चालेको छ । राष्ट्रिय रुपमा नेपाल तामाङ घेदुङ जस्तो साझा संगठन नजन्मिएको भए तामाङ अहिले कुन अवस्थामा हुने थियो, दुनियाँले यस्ता कुरा कल्पना गर्न सक्दैन । घेदुङले आज ६३ औं बर्षगाँठ मनाईरहँदा हामी प्रष्टै के दाबी गर्न सक्छौ भने हामीले मनोवैज्ञानिक रुपमा संसारभरिका तामाङ समुदायलाई साँस्कृतिक पुनर्जागरणको दृष्टिकोणले एकठाउँमा ल्याइसक्यौं । यसबर्ष सोनाम ल्होछार मूल समारोह समितिले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा उर्लिएको मानवसागर एउटा उदाहरण हो । यो हाम्रा अग्रजहरुले थालेको अभियानको जीत हो । तर अब यत्तिमै चित्त बुझाएर आन्दोलन सकियो भन्दै हात बाँधेर बस्नु हुँदैन । सामाजिक आन्दोलनका अभियानकर्मीहरु एउटा काम सकिएपछि अर्को कामको तयारी गर्छ । समुदायमा एउटा न एउटा कार्यक्रम लगिरहन्छ । क्रान्तिले सम्पन्न गरेका प्रक्रिया र त्यसले विकास गरेका चेतनाको गतिलाई ठीक ढङ्गले समीक्षा गर्दै अघि बढिरहन्छ । अभियन्ताहरु समस्या कहाँ छ, त्यही केन्द्रीत हुन्छ । समस्याबाट, समुदायको प्रश्नबाट डराउने सक्कली अभियन्ता होइनन् । त्यस्ता डरपोकहरु केही पाउनका लागि संगठनभित्र पसेका दलाली धमिराहरु हुन् । त्यसदेखि हामी सचेत हुनुपर्छ । अभियानको क्रममा उत्तर दिन सकिएन भने तामाङ गाउँमा पसेर पुनः समाज पढ्नुपर्छ । अभियन्ताको डिउटी त्यो हो ।
संगठनको जीवन भनेकै समुदायको क्रान्तिलाई संगठित रुपमा अघि बढाउनु हो । समय र परिस्थिति अनुसार यो कहिले तिब्र त कहिले धिमा गतिमा निरन्तर अघि बढिरहन्छ । पञ्चायती कालखण्डमा केही सुस्त ढङ्गले अघि बढेको घेदुङ आन्दोलनले २०४६ सालको परिवर्तनपछि सक्रिय र संगठित जीवन बिताउँदै आएको हामी देख्न सक्छौं । सुरुमा सामाजिक÷साँस्कृतिक क्रान्तिमा मात्रै सीमित तामाङ घेदुङले अहिले राजनीतिक क्रान्तिको कार्यभारलाई जोडदारसँग उठाउँदै आएको छ । त्यसैले अहिले हाम्रो मुख्य दायित्व भनेको सामाजिक क्रान्तिको बाँकी कार्यभारलाई पुरा गर्दै तामाङ आन्दोलनलाई राजनीतिक क्रान्तिको बाटोमा अघि बढाउने हो । किनकि सत्ताको संरक्षण बिना कुनै पनि जाति, समुदायको भाषा, संस्कृति, पहिचानको निरन्तरता सम्भव छैन । सामाजिक क्रान्तिको तुलनामा तामाङ आन्दोलनको राजनीतिक क्रान्तिको पाटो केही कमजोर देखिन्छ । शरीरको जुन अंग कमजोर छ, त्यसैलाई बलियो बनाउन लाग्नुपर्छ ।

सामाजिक र राजनीतिक क्रान्तिको नेतृत्व र समन्वयकारी भूमिका साझा राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङले नै गर्ने हो । किनकि सामाजिक क्रान्तिको चरणमा रहेको समुदायलाई अघि बढाउने कार्य सामाजिक संगठनबाट मात्रै सम्भव छ । त्यस्तो समुदायलाई सामाजिक जागरणको माध्यमबाट बिस्तारै राजनीतिक बाटोमा हिड्न सिकाउनु पर्छ । सामाजिक क्रान्तिको चरण पुरा नभई एकैपटक राजनीतिक क्रान्तिमा हिडाउन खोजियो भने त्यहाँ प्रतिक्रान्ति हुने खतरा पनि हुन्छ । त्यसैले समुदायलाई एउटा चरणबाट अर्को चरणमा लाने कार्य सानो काठे पुलबाट नदी तार्नु जस्तै कठिन कार्य हो । त्यो बेला संगठन हाक्ने नेतृत्वको साहस र सुझबुझको परिक्षण पनि हुन्छ । त्यसमा पनि तामाङ सभ्यताले विकास गरेको ऐतिहासिक भूमि ताम्सालिङको असली लडाइँ अब सुरु हुने हुँदा अबको समय अलि बढी नै चुनौतीपूर्ण छ । अहिलेकै तामाङ चेतनाबाट ताम्सालिङको क्रान्ति पुरा हुन सम्भव छैन । क्रान्ति नउठेसम्म अर्काले त्यतिकै दिनेवाला पनि छैन । त्यसैले घेदुङको नेतृत्वले भाषा, संस्कृति र धर्मको मात्रै कुरा गरेर बस्ने होइन कि राजनीतिक क्रान्तिको लागि दह्रोसँग खुट्टा टेकेर जानुपर्छ । अहिले हामीले थोरै दुःख ग¥यौ भने हाम्रा सन्तान सुखले बाँच्ने छन् । नेपाल तामाङ घेदुङको ६३ औं स्थापना दिवसको यही छ शुभकामना । थुजेछे ।।