पहिचानको आन्दोलन र यथार्थता

318

सामन्यतया पहिचान भनेको परिचय हो । त्यो कुनै व्यक्तिको, कुनै समुदायको, कुनै भूगोलको वा भाषा, संस्कृतिको पनि पहिचान हुनसक्छ । पहिचानलाई व्यक्ति र सामाजिक समुदायको विशिष्ट चिनारीको रुपमा लिन सकिन्छ । पहिचानकै आधारमा एउटा व्यक्ति, समुदाय अर्को व्यक्ति वा समुदाय भन्दा भिन्न रुपमा चिनिन्छ । ब्यक्तिको पहिचान उसको स्वआर्जित हुन्छ तर समुदायको पहिचान आफ्नो अलग भाषा, धर्म, संस्कृति, लिखित÷अलिखित इतिहास र बसोबासको निरन्तरताबाट निर्मित हुन्छ । त्यसैले पहिचान व्यक्ति र समुदायको आफू अरू भन्दा भिन्न र विशिष्ट छौ भन्ने तथ्यसँग जोडिएर आउँदछ । यसरी हेर्दा समुदायको पहिचान मुख्यतः दुई किसिमको पाइएको छ । पहिलो बाह्य पहिचान र दोश्रो भित्री पहिचान । बाह्य रुपमा नै अनुभूत हुने, देख्न, थाहा पाउन सकिने जस्तो ः समुदायगत रुपमा उसले बोल्ने भाषा, उसले लगाउने पहिरन र उसले मान्ने संस्कृति, उसको पृथक, मौलिक परम्पराहरू बाह्य पहिचान हुन् भने त्यो समुदाय बसेको ठाउँ (भूमि), माटो, त्यहाँको वातावरणसँगको अन्योन्याश्रित सम्बन्ध, तादत्म्यता र माटो प्रतिको माया भित्री पहिचान हुन् । यदि त्यो समुदायको कुनै सदस्यको भूमिसँगको सम्बन्ध टुट्योे वा टुटाइयो भने पहिलो त उसको बाह्य पहिचान क्रमशः लोप हँुदै जान्छ । जस्तै ः लिम्बूवान वा थरूहट भूमि छाडेर कोही लिम्बू वा थारू आदिवासी जनजाति अन्यन्त्र बसाइँ स¥यो भने उसको क्रमशः भेषभूषा, संस्कृति र भाषा लोप हुन्छ । यि कुरा गुमाइसकेपछि उ आफैलाई लिम्बु, थारू भन्न अप्ठ्यारो महसुस हुन्छ र नागरिकतामा समेत लिम्बु, थारू नलेखेर अन्य टाइटल जोड्न पुग्छ । उसलाई अर्काको भूमिमा गइसकेपछि आफूलाई त्यहाँको भन्दा पृथक संस्कृतिको रुपमा चिनाउन असजिलो पनि हुन्छ । यसपछि उसले क्रमशः जन्म, विवाह र मृत्यु संस्कारमा पनि त्यहाँ बाहुल्य जाति, समुदायको पण्डितको खोजी गर्दछ । यसरी उसले आफ्नोपन गुमाउँदै बाह्यपन ग्रहण गर्छ । ब्रिटिस समाजशास्त्री लिओनल काप्लानले भनेका थिए– बाहुनले लिम्बुको संस्कार बाहुनकै तरिकाले ग्रहण गरे तर लिम्बुले बाहुनको संस्कार बाहुनकै तरिकाले ग्रहण गरे । काप्लानले भने जस्तै यसरी नेपाली मिश्रित समाजमा कतिपय चाडपर्वहरु कुन समुदायको इतिहासबाट विकसित भएको हो भन्नेमा आज दुविधा उत्पन्न भएको छ । दशैं, तिहारको बारेमा भ्रम हुनु पनि यही नै हो ।
यसर्थ, पहिचान नामेट हुनुमा सबैपक्ष धेरथोर जिम्मेवार छन् । पहिलो त नेपालको सन्दर्भमा आदिवासी जातिको पहिचान नामेट गराउनमा राज्यको एकजातीय घोषित, अघोषित नीति, नियम र शासकीय व्यवहारहरू मुख्य रुपमा जिम्मेवार देखियो । किनकि विविधतालाई राज्यले बाधा र बोझको रुपमा लियो । सम्पतिको रुपमा ग्रहण गरेन । अर्कोतर्फ आदिवासी समुदायको हाम्रो आफ्नै क्रियाकलापहरु पनि केही हदसम्म जिम्मेवार देखिन्छन् । जस्तो ः राई, लिम्बु, तामाङ लगायतका जनजाति समुदायको कोही मान्छे म¥यो भने उसको सीपले बनाएको सामानहरू, उसले लगाएको गरगहनाहरू (पुवाँलो, सिमाला, मोतिमाला), बौद्धिक सम्पतिहरू (तन्त्रमन्त्रका पुस्तक, ऐतिहासिक गीत, कविता) पनि चिहानमा लगेर गाड्ने चलन छ । यसले पनि पहिचान लोप हँुदै जानुमा धेरथोर सहयोग नै पु¥याएको देखिन्छ । तर गैर आदिवासीहरूले कोही मान्छे म¥यो भने उसको जातिगत पहिचानको वस्तुहरू खोलामा लगेर बगाउने गर्दैनन् । पुर्खाको नासको रुपमा राख्छन् । पूर्व राजा ज्ञानेन्द्रले पनि नारायणहिटी राजदरबार छोड्ने बेलामा पत्रकार सम्मेलनमा श्रीपेच र राजदण्ड सुरक्षित राखिदिनु भनेर बाहिरिएका थिए । यसको अर्थ उसको पुर्खाको नासो हजारौ बर्षसम्म जीवित होस् भन्ने हो । तर हामी आदिवासीहरु नामको पछाडि आफ्नो जाति लेख्न समेत हिच्किचाउछौ तर राणाहरूले आफ्नो नामको पछाडि जात मात्र नभएर जवरा नै लेख्ने चलन छ । जवराको अर्थ जंगबहादुर राणा हो । जंगबहादुर राणा भनेको राणा खलकको एक शक्तिशाली व्यक्ति मात्र हुन् जसले सम्पूर्ण राणा वंशको नै हजारौ बर्षको लागि पुग्ने उत्थान गरेर गए । त्यसले गर्दा उनीहरू जवरा नामलाई आफ्नो गौरव ठान्दछन्, जुन उनीहरूको जातीय पहिचान जस्तै बनेको छ । त्यही गुन फर्काउन अझैपनि राणाको सन्तानहरुले जंगबहादुरको प्रत्येक बर्ष सराद्दे गर्छन् । तर हामी भने तामाङ लेख्न समेत अप्ठ्यारो मान्छौ । धेरैजना जनजाति अग्रजहरुकै नामको पछाडि जाति उल्लेख नहुनु यही हो । तर यस्तो अवस्था सिर्जना हुनु फेरि राज्यकै ब्यबहार मुख्य कारणको रुपमा जोडिएर आउँछ ।
पहिचानको सम्बन्धमा विद्वानहरु बीच मतभेद नभएतापनि यसको प्रकृतिमा भने मतभेद पाईन्छ । यसमा सास्वत वा सारभूतवादी र निर्माण वा संरचनावादी दुई धारका विचारहरू भेटिएको छ । सारभूतवादी विचारले पहिचान भनेको सास्वत र प्राकृतिक हुने भएकोले यो अपरिवर्तनशील र वंशानुगत हुन्छ भन्नेमा विश्वास गर्दछ । यो धारको प्रतिनिधित्व गर्नेमा आर्मस्टोङ र एन्थोनी स्मिथ पर्दछन् । दोश्रो संरचनावादी विचारले पहिचान तरल, सन्दर्भगत र बहुल हुनुको साथै निरन्तर रुपमा परिवर्तन भइरहन्छ भन्ने मान्यता राख्दछ । यसखालको धारको प्रतिनिधित्व गर्नेमा फ्रेडरिक वार्थ र इरिक्सन आदि छन् । तर यी दुवै धारलाई संयोजन गरेर टि. के. ओमनले जातीयता र पहिचान साश्वत र निर्मित दुवै हुन्छ भनेका छन् । ओमनका अनुसार कहिले पुरानो पहिचान नयाँ पहिचानको रुपमा पनि प्रष्फुटित हुन्छ र परिस्थिति, आवश्यकता अनुसार कहिले नयाँ पहिचानको निर्माण पनि हुन सक्छ । जसले गर्दा नेपालको सन्दर्भमा ओमनको भनाइ सान्दर्भिक देखिन्छ ।
तसर्थ, अहिले आदिवासी जनजातिहरूले पहिचानको आधारमा प्रदेशको नामाकरण गरी बाह्य र भित्री दुवै पहिचानको संरक्षण, सम्बर्धन र निरन्तरता चाहेका छन् तर अर्काले राम्रो, सफा लुगा लगाउँदा आफ्नो पहिरन मैलो देख्ने र आफू तल परेको ठान्ने सोच, चिन्तनको बीचबाट यो चाहना स्थापित हुन सक्दैन । नेपालका आदिवासी जनजाति, मधेशीहरूले पनि विगतमा गुमेको ऐतिहासिक पहिचानलाई स्थापित गर्ने चाहनाबाट पहिचानको आधारमा सङ्घीयता चाहेका हुन् । इतिहासमा दबाईएको उत्पीडित राष्ट्रको सम्मान होस् भन्ने खोजेका हुन् । राज्य र राष्ट्र एउटै विषय होइन । एउटा राज्यभित्र थुप्रै राष्ट्र हुन्छन् । नेपाल राज्यमा खसान, मगरात, लिम्बुवान, तमुवान, ताम्सालिङ, नेवा, किरात, थरुहट जस्ता थुप्रै राष्ट्रहरु छन् । त्यसैले पहिचानसँगै उत्पीडित समुदायले तिनवटा ‘प’ पहिचान, प्रतिनिधित्व र पहुँचलाई स्थापित गर्न खोजेका छन् । यो भनेको समानताको कुरा हो । आदिवासी जनजातिहरू नेपालको वासिन्दा भएकोले नेपाली भएपनि आधुनिक सत्ताको निर्माणपछि सारमा उनीहरू नेपाली भएर बाँच्न पाएनन् । त्यसकारण पहिचानको सवाल आदिवासी जनजाति समुदाय अरू सरह नेपाली भएर बाँच्नको लागि हो । पहिचान जनजाति, मधेशी लगायतका सबै जातजातिहरू सार्वभौम हुनको लागि हो जुन अनिवार्य छ र यो पहिचानको मुद्दामा उनीहरूको अरू समान शीर ठाडो पारेर स्वभिमानपूर्वक बाँच्ने चाहना लुकेको छ । यो भन्दा अरू कुनै कपटपूर्ण सोच छैन, कसैलाई तलमाथि पारौ भन्ने कुभावना छैन । शासकीय दमनबाट निहुरिएको वा दबाइएको शीरहरू ठँडिदा सधैभरी ठडिएर रहेको शीरहरूको अपमान वा उसलाई अन्याय हुदैन । बलेसीमा बस्नेहरु बरण्डामा बस्नु आउनु त निकटता हो, सामिप्यता बढ्ने कुरा हो । यसखालको सामिप्यताको सम्बन्धबाट थुप्रै समृद्धिको सामूहिक योजनाहरु बनाउन सकिन्छ र मुलुकलाई अघि बढाउन सकिन्छ । बलेसीमा बस्ने बरण्डामा आउँदा कौसीमा बस्नेहरु तर्सिनु पर्ने कारण नै छैन । कसैले यो भन्दा बढी भनेको वा सोचेको भए त्यो अतिवादी बुझाइ, सोचाई हुनसक्छ । जस्तो ः मेरो नाम मोहन गोले तामाङ । म तामाङको सन्तान नेपालको नागरिकता प्राप्त गरेको नाताले रुपमा नेपाली भएपनि मैले बोल्ने तामाङ भाषा कहिल्यै नेपाली भाषा भएन । मेरो शरीर नेपाली भएपनि मेरो शरीरमा सजिएको तामाङ भोटोले कहिल्यै नेपाली भेषको राष्ट्रिय सम्मान पाउन सकेन । म नेपाली भएपनि मैले मान्ने ल्होछार संस्कृतिले कहिल्यै नेपाली राष्ट्रिय संस्कृतिको रुपमा स्थापित हुन पाएन । राज्यको नजरमा खस भाषा, दौरासुरुवाल र दशैं मात्रै राष्ट्रिय, महान्, साझा बनिरह्यो । इतिहासमा यसैलाई बडाको पगरी गुथाइयो । कविते, कथुेके उनैका थिए । यसैलाई लेपन लगाउने काम गरियो । उनै भक्तिगाना लेख्नेलाई महाकवि, आँशुकवि, शिरोमणिको उपमा दिइयो । मेरो भाषा, मेरो संस्कृति, मेरो भेषभूषा जहिलेपनि जातीय भाषा, जातीय संस्कृति र जातीय भेषको दृष्टिबाट अछुतको नजरले हेरियो । यसरी मेरो जस्तै सारमा नेपाली भएर बाँच्न नसकेको पीडा यो देशका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शासक समुदायभन्दा पृथक सबै जाति, समुदायको एकैनासको रहेको छ जसले गर्दा यो साझा मुद्दा बनेको हो ।
यो मेरो पनि देश हो तर यो मेरो पनि देश २४० वर्षभन्दा बढी लामो समयसम्म एकभाषा खसभाषा, एकभेष दौरासुरूवाल, एकसंस्कृति दशैं, तिहारको निरन्तरताले जवरजस्त रुपमा चल्यो, चलाइयो । कुकुर, गोरू जस्ता जनावरहरूको पर्वमा राष्ट्रिय बिदा दिइयो, दशैं, तिहारलाई हिन्दू मात्रको महान पर्वको दम्भ पिटियो र अरू धर्मावलम्वीलाई पनि हिन्दू बन्न, बनाउन राज्यले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अभिप्रेरित ग¥यो । दशै नमान्ने भन्दा निरंकुश जहानियाँ राणा शासक जंगबहादुरले किराती सन्तान रामलिहाङ र रिदामालाई धनकुटामा मृत्युदण्ड नै दिए । वि.सं. १९६५ मा चन्द्रशमशेरले राई, लिम्बुको सम्पूर्ण मुन्धुमीहरूलाई एकै ठाउमा बोलाएर मुन्धुम ग्रन्थमाथि उनीहरूलाई नै आगो सल्काउन लाए । बौद्धग्रन्थ समेत जलाएको जोड्ने हो भने यस्ता घटना कति हो कति….जसको चर्चा गरेर साध्यै छैन । २०४६ सालको परिवर्तनपछि पाएको ल्होछार, संक्रान्ति र उद्यौली÷उभौलीको बिदा समेत गणतन्त्रमा दुईतिहाईको सरकारले काट्ने काम गरे । टेलिभिजन, रेडियोहरूमा एउटै जाति, समुदायको चाडपर्व, संस्कृतिको व्यापक प्रचारप्रसार गरियो तर मैले मान्ने ल्होछारमा न विदा दिइयो, न प्रचार, न सम्मान । त्यसैले आज पहिचानको सवाल यही लामो समयसम्मको विभेद, असमानताको अन्त्य गर्ने चाहनासँग जोडिएर आएको छ तर विगतमा झै अर्काको पहिचानलाई नामेट गराउने, बदला लिने मनसाय यसमा भेटिदैन, समानताको अवधारणा अनुसार सँगै फुल्ने, फल्ने आकाङ्क्षा यसभित्र पाईन्छ ।
तर कसैलाई लाठीले बेस्सरी कुटेपछि कुटाइ खाएर थला परेको मान्छेले आफू उठेर हिड्न नसकेपछि सहाराको लागि कुट्नेसँग लाठी माग्यो भने उसले लाठी दिँदैन । किनकि उसको दिमागमा घाइतेले लाठी पायो भने बदला लिन्छ, लाठी पाएपछि मलाई पनि त्यसैगरी कुटिहाल्छ भन्ने त्रास बोकेको हुन्छ । ठीक नेपालको ब्राम्हाणवादी मुठ्ठिभर शासकहरू जो पहिचान स्वीकार गर्दैनन् उनीहरूमा पनि यही भ्रमले बास गरेको छ । शायद यही भ्रम, त्रास भित्रबाट उठ्न नसकेर होला पहिचान स्वीकार गरियो भने उनीहरू कहिले देश टुक्रने, कहिले एउटै जातिको मात्र राज्य बन्ने, कहिले अर्को जाति, समुदाय अन्यायमा पर्ने जस्ता अभिव्यक्ति दिन्छन् । यो मनोदशा वा त्रास पहिचानको वास्तविक मर्म र यसको भित्रि तहसम्म पुग्न नसकेका र पहिचानको आवरण मात्र जसले खोतल्यो, उसमा बढी पाईन्छ । जसले गर्दा मगरात प्रदेश भयो भने मगरको मात्र शासन हुन्छ, ताम्सालिङ प्रदेश भयो भने तामाङको मात्र एकल जातीय राज्य हुन्छ, मामाघर÷ससुराली जान समेत पासपोर्ट चाहिन्छ, अरु जातजातिको कुनै हैसियत हुँदैन भनेर मनोगत तर्क दिन्छन् । नामैले त्यस्तो हुने भए शेर्पा साबुन के शेर्पाले मात्र नुहाउने प्रयोजनको लागि बनाइएको हो त ? होइन । शेर्पा साबुनले त बाहुन, दलित, मुस्लिम, मधेशी सबैको छालाको मयल फ्याँकेको छ । अरु साबुन नपाएको बेला पसल पसलमा गएर नुहाउने शेर्पा साबुन खोजे, नुहाए, कपडा धोए होलान् । त्यतिबेला बाहुनक्षेत्री, दलित कसैले यो साबुनको नाम किन शेर्पा साबुन ? भनेर आवाज उठाएनन् तर आज आदिवासी जाति शेर्पा जो हिमाली भेगमा बस्छन् तिनै भूमिपुत्रहरुबाट हिमाली स्वायत्तताको नाम प्रस्ताव गर्दा किन टाउको दुखाई ? नेपालमा धेरै त्यस्ता ठाउँहरू छन् जो बाहुनक्षेत्री समुदायको नामबाट पनि छ । जस्तो ः थापागाउँ, चापागाउँ, बाहुनडाँडा, पाँडेभन्ज्याङ्ग आदि, आदि । ती ठाउँहरुमा पण्डितदेखि दलितसम्मका समुदायहरू आजसम्म मिलेर बसे, उनीहरु बीचमा कहिल्यै विवाद भएन । ताम्सालिङ भूमिभित्र बस्ने बाहुनको छोराछोरी र तामाङको छोराछोरीमा त्यहाँको माटोले कहिल्यै असमान ब्यबहार गरेन । होला, बाख्राले बाली खाइदिएको निहुँमा कहिलेकाही छिमेकमा झगडा प¥यो होला । तर माटोले विभेद गर्दैन र गरेन । तर आज किन बिबाद निकालियो ? र बिखण्डनको हौवा फैलाइयो ? किन २०६४ को संविधान सभाले संविधान घोषणा गर्न लागेको बखत पूर्व पञ्च र राजावादीहरूको निर्देशनमा खसक्षेत्री एकता समाज र ब्राम्हाण समाज जस्ता संगठन खोलेर आदिवासी जनजाति, दलित, मधेशी, अल्पसङ्ख्यक मुस्लिम समुदायको अधिकार स्थापित हुन लागेको बेलामा भाँजो हालियो र आफ्नो मोक्सद पुरा भएपछि ती समाजहरु आज कुन दुलोमा पसे ? आज ती समाजहरु सिनमा देखिएका छैनन् । संसारमा नेपाल मात्रै त्यस्तो देश भयो जहाँ उत्पीडित समुदायले अधिकारको लागि लड्दा राज्य समुदाय नै संगठित भएर बानेश्वरको सडकमा उर्लिए । विभेदमा परेकाले पाउन लागेको अधिकार खोस्नको लागि नै आन्दोलन गरेको हो भने त्यो क्षम्य हुने विषय होइन । त्यसकारण हामीले के बुझ्नुपर्छ भने शासकहरू अझैपनि एउटै जाति, समुदायको भाषा, संस्कृति र पहिचानको निरन्तरतालाई कायम राख्न चाहन्छन् । केही मान्छेहरु भदौमा आँखा फुटेको गोरू झै एकल जातीय अहंकारवादको आहालभित्र डुबिरहेका छन् र त्यो आहालबाट हेर्दा समानताको लागि पहिचान खोजिरहेका अरु जाति, समुदायलाई जहिलेपनि घोर जातिवादी र साम्प्रदायिक देख्छन् । जुन आरोपको सामना यो पंक्तिकारले जीवनमा धेरैपटक गरिसकेको छ र अझैसम्म पनि गर्दैछ । अझै कति गर्नुपर्ने हो थाहा छैन ।
यहि सोच, चिन्तनबाट ग्रसित केही थान राजनीतिक पार्टीका उच्च नेताहरूले पहिलो संविधानसभा ताका सभासद्हरूलाई पहिलो संविधानसभामा स्वतन्त्रपूर्वक संविधान निर्माण गर्न दिएनन् । अहिले पनि सिंहदरबारबाट प्रदेश सरकारमा नामाकरणको लागि आदेशहरु गईरहेका छन् । जहाँ आदेश पुग्यो, त्यहाँ आदेश पालकहरुले काम तामेली गरिसकेका छन् । जहाँ आदेश पुगेको छैन, त्यहाँ आदेशको पर्खाइमा छ । त्यसकारण अव मुलुकलाई साँच्चै निकास दिने हो भने समतामुलक नयाँ नेपाल निर्माणको लागि ऐतिहासिक सभ्यताले विकास गरेको पहिचानलाई स्वीकार गर्नैपर्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको मुख्य उद्देश्य जातीय राज्य स्थापना होइन । मुक्ति, समानता, न्याय र सबैको समृद्धि हो । खुशी सहितको समृद्धि हो । यदि पहिचानलाई नस्वीकार्ने हो भने अबको आदिवासी, मधेशी आन्दोलनले स्वायत्तताबाट स्वतन्त्रताको आन्दोलन तर्फ मोड लिनसक्छ । स्वायत्तताबाट स्वतन्त्रतातर्फ आन्दोलन मोडियो भने त्यसले हिङ्सात्मक मोड लिने निश्चित छ । संसारमा धेरै देशहरू छन् जहाँ शासकहरूले जनताको पहिचान र स्वायत्तताको चाहनालाई अस्वीकार गर्दा त्यो आन्दोलन स्वतन्त्रता तर्फ मोडिएर ठूला ठूला युद्धहरू भएकाछन् । त्यो अवस्थामा धेरै ठूलो मानवीय क्षति र धनजनको नोक्सानी व्यहोर्नुपरेको अन्तर्राष्ट्रिय घटनाहरू हामीले देखिरहेका छौ । त्यसैले नेपालले पनि त्यस्तै प्रकारको दुर्दशा भोग्न नपरोस् ।