घेदुङले भन्यो–कथित इन्काउन्टरको सत्यतथ्य छानविन होस्

599

२३ साउन, २०७५ काठमाडौं ।
नेपाल तामाङ घेदुङले भक्तपुर घटनाको सत्यतथ्य छानविन गर्न आग्रह गरेको छ । घेदुङले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सत्यतथ्य छानविन गरी वास्तविकता बाहिर ल्याउन र आम जनतालाई स्पष्ट पार्न आग्रह गरेको हो ।
विज्ञप्तीमा प्रहरीले लोकप्रियता कमाउने नाममा गरिने यसखालको कथित इन्काउन्टरबाट नेपाली समाज सुरक्षित नहुने र थप मानवअधिकारको स्थिति बिग्रनेतर्फ सचेत गराएको छ । उसले यो घटनाबाट अपहरण र हत्यासँग जोडिएका थप सूचना समेत गायव भएको र राज्यमा पहुँच नपुगेको तामाङ जाति भएकै कारण कथित इन्काउन्टर मारिनु परेको ठहर गरेको छ ।
सिन्धुपाल्चोक घर भई हाल भक्तपुर काँडाघारीमा डेरा गरी बस्ने ११ बर्षिय बालक निशान खड्काको अपरहण पश्चात साउन २० गते हत्या गरिएको र प्रहरीले हत्यारा भनिएका गोपाल तामाङ र अजय तामाङलाई कोठाबाट अपरहणको शैलीमा भक्तपुरको डोलेश्वर पु¥याई साउन २१ गते कथित इन्काउन्टरबाट हत्या गरेको थियो ।
घेदुङद्वारा जारी विज्ञप्तीमा अवोध बालक निशान खड्काको क्रुर, अमानबीय ढंगले घाँटी थिचेर हत्या गरेकोमा तिब्र भत्र्सना गर्दै अपराधीलाई कानून बमोजिम हदैसम्मको सजाय गर्न माग गरेको छ । उपत्यकाभित्रै घटेको घटनामा प्रहरीले समयमै सूचना पाएर पनि अपहरित बालकलाई मुक्त गर्न नसक्नु र हत्यामा संलग्न भनिएकालाई नियन्त्रणमा लिएर हत्या गर्नुले मुलुकको शान्ति सुरक्षाको अवस्था र कानूनी राज्य ब्यवस्थामाथि नै प्रश्न उठेको विज्ञप्तीमा उल्लेख छ ।
यो घटनाको सम्बन्धित निकायबाट सत्यतथ्य छानविन गर्न घेदुङले राष्ट्रिय मानवअधिकार आयोग र अन्य संघ÷संस्थालाई पनि आग्रह गरेको छ ।