घेदुङ कार्यालय चुच्चेपाटीमा स¥यो

962

लासो, फ्याफुल्ला,
नेपाल तामाङ घेदुङको संघीय कार्यालय पुतलीसडकबाट चुच्चेपाटीमा सरेको छ । घेदुङको तेस्रो राकास बैठकले कार्यालय सार्ने निर्णय गरे बमोजिम जेठ १ गतेदेखि औपचारिक रुपमै चुच्चेपाटीबाट कामकाज थाल्ने घेदुङले बतायो ।
पुतलीसडक काठमाडौं शहरको बीचभागमा भएपनि घेदुङको कार्यालय ज्यादै भित्र, ५ तलामाथि चढ्नुपर्ने र साँघुरो समेत भएकोले चुच्चेपाटीमा सारिएको घेदुङका महासचिव बाबु घिसिङले बताउनु भयो ।
अहिले सारिएको कार्यालय चुच्चेपाटी भाटभटेनीदेखि दुई घर पूर्व, हायात होटल अगाडि मुख्य सडकमै रहेको छ । कार्यालय सञ्चालनको लागि १०० जना अट्ने क्षमताको कार्यक्रम हल र ३ वटा कोठा भाडामा लिइएको छ ।
घेदुङको कार्यालयदेखि लगभग २०० मिटर पूर्वमा बौद्ध धर्मावलम्बीहरुको पवित्र स्थल महाबौद्ध रहेकोले पनि तामाङ समुदायको लागि यो स्थान उपयुक्त हुने घेदुङका उपाध्यक्ष कुमार घिसिङले बताउनु भयो ।
पार्किङको लागि पनि हालको कार्यालय रहने स्थान पहिलेको भन्दा सुविधायुक्त ठाउँमा रहेकोले सबैलाई सहज हुने देखिन्छ । हाल कार्यालय रहेको स्थानमै एकबर्ष अघिदेखि घेदुङले बहु उद्देश्यीय सहकारी संस्था समेत सञ्चालन गर्दै आएको छ ।
तामाङ समुदायको उत्थान, विकास र प्रगतिको लागि यी दुवै संस्थाहरु सामाजिक आन्दोलनमा नेपाल तामाङ घेदुङ र आर्थिक आन्दोलनमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्थालाई जोड्नु आवश्यक रहेकोले पनि कार्यालय सारिएको अध्यक्ष मोहन गोले तामाङले बताउनु भयो ।
घेदुङले ६२ बर्षसम्म तामाङ समुदायमा सामाजिक, साँस्कृतिक र राजनीतिक क्रान्ति ग¥यो, अध्यक्ष गोलेले भने– तर सामाजिक क्रान्तिलाई राजनीतिक क्रान्तिमा जोड्नको लागि आर्थिक कसी भएन र हामी असफल भइरह्यौं ।
अब संसारका तामाङलाई सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक सबै क्षेत्रबाट जोडेर तामाङको मजबुत शक्ति निर्माण गरिने उनले दाबी गरे । घेदुङले अबका दिनमा तामाङ भावनाको कुरा मात्रै नगरेर हरेक खालका विपत्तीमा सहयोगी संस्थाको भूमिका निर्बाह गर्ने पनि बताए ।
यसैलाई सार्थकता दिन घेदुङले हाल विपद् ब्यवस्थापन कोष, भाषा/साहित्य विकास अक्षय कोष, आजिवन सदस्यता कल्याणकारी कोष र शैक्षिक अक्षय कोष निर्माण गरिसकेको छ । हाल भाषा÷साहित्य कोषमा ७ लाख, इजरायल घेदुङले निर्माण गरेको शैक्षिक कोषमा ५ लाख, आजिवन कल्याणकारी कोष र विपद् ब्यवस्थापन कोषमा १, १ लाख रहेको छ ।
घेदुङले अघि सारेको उद्देश्य र लक्ष्यलाई पुरा गर्न संसारका सबै तामाङलाई सहयोग गर्न पनि उसले आग्रह गरेको छ भने प्रवास स्थित धेरै मुलुकमा क्रियाशिल संस्थाहरुले आफ्नो समितिमा पहल गरिरहेको पनि घेदुङ स्रोतले बताएको छ । थुजेछे ।।