मेरुदण्ड पीडित बोम्जनको उपचारमा सहयोग गर्न घेदुङको आग्राह

816

मेरुदण्ड भाँचेर पूर्ण अपाड्डता भएका सिन्धुली घ्याङलेक–१, टुडिभञ्याङ निवासी सुरेन्द्र बोम्जनको उपचारका लागि आर्थिक सहयोग जुटाई दिन नेपाल तामाङ घेदुङले सवैसँग आग्राह गरेको छ । घेदुङले फागुन २७ गते सहयोग पत्र जारी गर्दै सुरेन्द्र बोम्जनको उपचारका लागि सहयोग गर्न सवैसँग आग्राह गरेको हो ।
साँढे पाँच वर्ष अघि अचानक भिरबाट लडेर बोम्जनको मेरुदण्ड भाँचिएको थियो । लामो समयको महँगो उपाचार पश्चात शरिरको माथिल्लो भाग त चल्यो, तर शरिरको तल्लो भाग चल्न सकेन । व्हीलचेयरमा बसेर जिवन जिउँनु परेको छ । अव नेपालमा उहाँको उपचार सम्भव छैन । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार चीनमा मात्रै त्यसखालको उपचार सम्भव रहेको बताएको छ । तर आर्थिक अभावका कारण चीनमा गएर उपचार गर्न नसक्ने भएकोले बोम्जनको उपचारका लागि सहयोग गर्न सबैसँग आग्राह गरिएको घेदुङ महासचिव महितकुमार तामाङद्वारा हस्ताक्षेरित सहयोग पत्रमा जनाएको छ ।
एक श्रीमति, दुई छोराको संरक्षक अविभावक नै थल परेपछि बोम्जन परिवारको दैनिकी कष्टकर बन्दै गएको छ । ‘लालन–पालन तथा शिक्षा–दिक्षाको व्यवस्थापन गर्नुपर्ने आफै थल परेपछि दुई छोराको भविष्यसमेत अप्ठ्यारोमा परेको मेरुदण्ड पीडित बोम्जनले बताए । सबैको सहयोगले मेरुदण्डको सफल उपचार पश्चात आफुले पुर्नजीवन पाउँछ भन्ने आशामा रहेको उनले बताए ।
सुरेन्द्र बोम्जन अहिले काठमाडौं चावहिल स्थित एक घरमा सानो कोठा भाडामा लिइ सवैसँग सहयोगको याचना गरिरहेका छन् ।