इजरायल घेदुङले तेस्रो बार्षिकोत्सव मनायो

965

नेपाल तामाङ घेदुङ इजरायलले मंसीर १ गते (१७ नोभेम्वर) का दिन संस्थाको तेस्रो बार्षिकोत्सव भब्यताका साथ सम्पन्न गरेको छ । संस्थाले गत शुक्रबार इजरायलको तेलअविवमा कार्यक्रम सम्पन्न गरेको हो ।
बार्षिकोत्सवको अवसरमा कविता ह्वाईखा प्रतियोगिता सञ्चालन गरिएको थियो । जसमा उर्मिला पाख्रिन तामाङ प्रथम, कल्पना मोक्तान तामाङ द्वितिय, सारा तामाङ तृतिय र दावा तामाङले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रमका प्रमूख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्ष नयन इम्सोङ लिम्बुले प्रवास भूमिमा रहेर पनि तामाङ भाषा, धर्म र संस्कृति जगेर्ना गर्नको लागि इजरायल घेदुङले गरेको कार्यको प्रसंसा गरे ।
यसैगरी विशेष अतिथि एनआरएनएका अध्यक्ष छिरिङ लामा शेर्पाले आगामी दिनमा एनआरएन इजरायलमा भएको सबै संघ÷संस्थासँग सहकार्य गर्दै अघि बढ्ने बताए । तामाङ अन्तर्राष्ट्रिय परिषद्का सदस्य सुन्दरसिंह योन्जनले तामाङ समुदायको आधिकारिक एकमात्र संस्था नेपाल तामाङ घेदुङ भएको हुँदा सबैलाई यसैमा आवद्ध भएर जान आग्रह गरे ।
कार्यक्रममा संस्थापक अध्यक्ष उर्मिला पाख्रिन तामाङ, संरक्षक बिबि लामा तामाङ, सल्लाहकार मिश्री योन्जन तामाङ, धर्मगुरु थुप्तेल लामा, नेपाल मगर संघ इजरायलका अध्यक्ष बिष्णु पुनमगर, ह्योल्मो समाजका पेमा डोल्मा ह्योल्मो र झापाली समाजका जय ओढरी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाको प्रगति प्रतिवेदन र कार्यक्रम सञ्चालन महासचिव गोमा ख्युङ्बा तामाङ (सरिन) र आर्थिक प्रतिवेदन कोषाध्यक्ष बिमला मोक्तान तामाङले बाचन गरेको इजरायल घेदुङले जनाएको छ ।
इजरायल घेदुङका अध्यक्ष माया तामाङ (दिप्मा) को अध्यक्षतामा सञ्चालित उक्त बार्षिकोत्सवको संयोजन संस्थाको प्रथम उपाध्यक्ष अनिता तामाङले गर्नुभएको थियो भने स्वागत मन्तब्य तृतिय उपाध्यक्ष माला योन्जन तामाङले गर्नुभएको थियो ।