जापान घेदुङको च्युवु क्षेत्रीय समितिमा रकम लामा

311

जापानको नागोयामा भर्खरै घेदुङको क्षेत्रीय समिति गठन भएको छ । गत मंसीर १ गते शनिबारका दिन सम्पन्न नेपाल तामाङ घेदुङको तेश्रो अधिवेशनले रकम लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा शान्ति लामा र तिर्थ मोक्तान रहेका छन् भने सचिवमा सञ्जय तामाङ, सहसचिवमा लस्मिता तामाङ (मेन्दोला), कोषाध्यक्षमा अनिता तामाङ र सहकोषाध्यक्षमा पेमा तामाङ रहेका छन् । त्यसैगरी समितिका सदस्यहरुमा अशिस लामा डिम्दुङ, छबि लामा तामाङ, समिर तामाङ, सम्झना तामाङ, सागर मोक्तान, साजन तामाङ, हरि दोङ तामाङ, ज्ञानम तामाङ, चित्र मोक्तान, ज्ञानी लामा, सञ्जिव दोङ तामाङ, देबकी लामा तामाङ, अन्जान लामा तामाङ, रजिव दोङ तामाङ, पासाङ मोक्तान, रित थिङ, जोकमान तामाङ र सुनिल योन्जन रहेको सचिव सञ्जय तामाङले बताए ।
भेला सुर्यबहादुर थिङ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । थिङ सन् २०१३ सालमा घेदुङ स्थापना भएपछि काम गर्दै आएका अग्रज ब्यक्तित्व हुन् । नव निर्बाचित अध्यक्ष लामाले आफू तामाङ भाषा, धर्म, संस्कृति संरक्षण र नागोयामा क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायको सुःखदुःखमा सधैं साथ दिएर काम गर्ने प्रतिवद्धता ब्यक्त गरे ।