घेदुङ र संघर्ष समितिले तामाङको भिन्न राजनीतिक शक्ति निर्माण गर्ने । कार्यक्रममा कसले के भने ?

594

३ असोज, काठमाडौं ।
नेपाल तामाङ घेदुङ र ताम्सालिङ संयुक्त संघर्ष समितिले ताम्सालिङ प्राप्तीको लागि शक्ति निर्माणमा लाग्ने योजना बनाएको छ । असोज ३ गते संघर्ष समितिले आयोजना गरेको ताम्सालिङ आन्दोलनको स्वरुप तथा रणनीति विषयक राजनीतिक भेलाबाट घेदुङ र संघर्ष समिति उक्त निष्कर्षमा पुगेको हो ।

कार्यक्रममा ताम्सालिङ नागरिक समाजका अध्यक्ष डा. मुक्त सिह लामा र नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले तामाङ आन्दोलनको साझा लक्ष्य र प्रदेश÷संघको निर्बाचन तथा ताम्सालिङ आन्दोलनको रणनीति विषयक छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमाथि क्रमशः अधिवक्ता कुन्साङ लामा र भाषाविद् अमृत योन्जन तामाङले टिप्पणी गरेका थिए भने कानुन राज्यमन्त्री दिलमान पाख्रिन, विभिन्न राजनीतिक दलका नेता, बुद्धिजीवी, पूर्व विशिष्ट ब्यक्तिहरु, पत्रकार, कानुन ब्यसायी र संघ÷संस्थाका प्रतिनिधिले आआफ्नो सुझाव प्रस्तुत गरेका थिए ।

भेलाले तामाङ समुदायको राजनीतिक शक्ति निर्माण गरेर ताम्सालिङ प्राप्तीको निर्णायक संघर्षमा होमिने निष्कर्ष निकालेको छ । तामाङको समृद्धिको लागि ताम्सालिङको राजनीतिक मुद्दा स्थापित हुनुपर्ने र यो प्राप्ती गर्न शक्ति निर्माण आवश्यक रहेको भेलाका एक सहभागीले बताए ।

कार्यक्रमको अन्तमा संघर्ष समितिका अध्यक्ष जय गोलेले निष्कर्ष सुनाउनु हुँदै ताम्सालिङ संघर्ष समितिमा राजनीतिक दलका बाहेक अन्य स्वतन्त्र बुद्धिजीवी, ब्यापारी समेतलाई समेट्दै जिल्ला र स्थानीय तहसम्म विस्तार गर्ने बताए ।

त्यसैगरी मंसीरमा हुने प्रदेश÷संघको निर्बाचनमा तामाङ उमेदवारहरुलाई जिताउन विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने र त्यसपछि लगत्तै तामाङको भिन्न राजनीतिक शक्ति निर्माण गर्न गाउँ केन्द्रीत कार्यक्रमलाई अघि बढाउने बताए ।

कार्यक्रमको ब्यवस्थापन तामाङ डाटाबेस÷तामाङ ह्युल्सा समाजले गरेको थियो । संविधान जारी भएपछिको नयाँ परिस्थितिमा ताम्सालिङको सवाल ओझेलमा परेको हुँदा यो बहसलाई उठाउन आवश्यक ठानेर कार्यक्रमको आयोजना गरिएको डाटाबेसका मिङ्मार तामाङले बताए ।

कार्यक्रमका कसले के भने ?

दिलमान पाख्रिन (मन्त्री)

ताम्सालिङ प्राप्तीको लागि ठूलै आन्दोलन उठाउन सक्नुपर्छ । नत्र ताम्सालिङ त्यति सजिलै मागेको भरमा पाउनेवाला छैन । निर्बाचनमा थारुको बन्द सूची छुट्टै आयो तर तामाङको आएन । सुचिकृत आदिवासीहरुलाई अल्संख्यकको रुपमा परिभाषित गरेर सकाउने काम भएको छ ।
अव ताम्सालिङको विषयमा हुने यस्ता खालका बहस÷छलफल काठमाडौंमा गरेर हुँदैन । गाउँ केन्द्रीत गर्नुपर्छ र आज प्रस्तुत भएको कार्यपत्रमाथि विस्तृत छलफल गरेर कार्यान्वयनमा लानुपर्छ ।

परशुराम तामाङ (पूर्व अध्यक्ष, नेपाल तामाङ घेदुङ)
तामाङ जाति र ताम्सालिङको बारेमा सबै जानकार नै छन् त्यसकारण यो छलफल गरिरहनुपर्ने विषय होइन । हामीले हिजो एकपटक सशक्त आन्दोलन उठाएका थियौ, त्यो आन्दोलन किन फेल भयो ? संघर्ष समितिमा कहाँ के कमि कमजोरी भयो ? त्यो कमजोरीलाई केलाएर जाउँ । त्यहीबाट समिक्षा गरेर अघि बढ्दा राम्रो होला । सबैले आत्म समिक्षा गरौ । संघर्ष समितिमा ताम्सालिङ भित्र बस्ने सबैलाई समेटेर लाँदा राम्रो हुन्छ ।
हामीले जसलाई यो कुरा सुनाउनु पथ्र्यो, बुझाउनु पथ्र्यो त्यो हामीबाट आज टाढा भएको छ । त्यसलाई नजिक गर्ने कोशिस गरौ । राजनीतिक रुपले हामी विभाजित छौ, सबैलाई एकठाउँमा ल्याउने कसरी हो ? प्रदेश÷संघको निर्बाचनमा कसरी बढी तामाङलाई जिताएर ल्याउने हो ? त्यतातिर बहस केन्द्रीत गरौ ।
हाम्रो अहिलेको वास्तविक अवस्था के हो भने शक्ति नहुँदा हामीले खोसेर लिन सकिएन, बकस कसैले दिएन, त्यसैले आत्मसमर्पण गर्न बाध्य भयौ ।

हितबहादुर तामाङ (पूर्व मन्त्री)
समग्रमा कार्यपत्र ठीकै लागेको छ । धेरै साथीहरुले रणनीतिक, संगठनात्मक चिन्तनको हिसावले सुझाव प्रस्तुत गर्नुभएको छ । ताम्सालिङ संघर्ष समिति पुनर्गठनको कुरा आएको छ । यो अहिले दलको भातृसंगठन समेटेर मात्र बनाइएको छ । यसलाई कसरी जनजनमा पु¥याउने, निर्णायक शक्तिको रुपमा कसरी स्थापित गर्ने त्यसतर्फ सोचौ तर मापदण्ड पु¥याएर गर्नुपर्ला । सबै तामाङ संघ÷संस्थालाई सम्मानजनक स्थान दिएर लानुपर्छ । आन्दोलनको हितमा जो जहाँ छौ सबैले त्यही त्यही बसेर योगदान दिनुपर्छ ।
हाम्रो भनाई र गराईमा एकरुपता हुन जरुरी छ । भेलामा कोही भन्दा कोही कम हुन्छौ कि भनेर ठूलो ठूलो कुरा गर्छौ तर ब्यबहारमा कार्यान्वयन हुँदैन । कोही बाहिर निस्केपछि ताम्सालिङको कुरा नै नगर्ने छ भने कोही ताम्सालिङ मेरो मात्रै हो भन्ने अतिवादी सोचाई छ । त्यो त्याग्नुपर्छ ।
हामी अतिवादमा जानु हुँदैन । बैचारिक, राजनीति रुपमा माथि उठ्न सक्नुपर्छ । खुल्ला मञ्चमा देउवा, प्रचण्डलाई साक्षी राखेर ताम्सालिङको कुरा बोल्न सक्नु प¥यो । किनकि जातीय आन्दोलन पनि नेपालको संघर्ष मध्येको एक विशिष्ट रुप हो ।
निर्बाचनमा फलामले फलाम काट्छ भन्ने जस्तो तामाङले तामाङ उमेदवार हराउने अवस्था नहोस् ।

पर्शुराम तामाङ (सांसद)
दुवै जनाले प्रस्तुत गर्नुभएको कार्यपत्र राम्रो छ । जुन कुरा सिक्ने अवसर पनि पाएँ । ब्यानरमा सन् २०३० सम्म लेख्नु भएको छ, कार्यपत्रमा ५ बर्षे रणनीति भनेर आएको छ । यो प्रष्ट हुनुप¥यो । आज संसदमा कानुन बन्दै गर्दा ३७ प्रतिशत आदिवासी जनजातिलाई ३५ प्रतिशत प्रतिनिधित्वमा झारेको छ ।
अल्संख्यकलाई परिभाषित गरेर आदिवासी जनजातिलाई विभाजन गर्ने काम गरेको छ । यसतर्फ हामीले ध्यान पु¥याउनुपर्ला । घेदुङ र संघर्ष समितिको संयुक्त पहलमा आन्दोलन उठाउनु पर्छ ।

डा. कृष्ण तामाङ (पूर्व एआइजी)
थारु आयोग बन्यो, मुस्लिम आयोग बन्यो, दलित आयोग बन्यो तर तामाङ आयोग खोई ? त्यसैले तामाङलाई विभेद गरिएको छ । नेपाल तामाङ घेदुङको अगुवाईमा सबै तामाङ अघि बढौ ।

डा. छिरिङ योन्जन (चिकित्सक)
हामी ताम्सालिङ प्राप्तीको आन्दोलन गर्ने कुरा गरिरहेका छौ तर एउटा सानो ल्होछार जस्तो साँस्कृतिक कार्यक्रम आयोजना गर्दै त दुईवटा घेदुङ भनेर आइरहेको छ । यस्तोमा कसरी हामी तामाङहरु मिल्न सक्छौ होला । ज्यादै चुनौती छ । यो मुभमेन्टमा गैर तामाङलाई समेत समेटेर लान सक्यौ भने राम्रो होला ।
अर्को तामाङहरु शिक्षामा पछाडि छन्, शिक्षामा ध्यान दिनुप¥यो ।

शम्भु गोले (अधिबक्ता)
यो भेला बैचारिक चिन्तन÷मन्थन गर्ने भेला हो । आन्दोलनमा ताम्सालिङ भित्रको सबैलाई समेटेर लानुपर्छ । हाम्रो जातीय संस्थाले चलाउने कार्यक्रमहरु तामाङ भाषाबाटै सञ्चालन गर्नुपर्छ ।

कुमार घिसिङ (पूर्व कर्णेल)
तामाङ घेदुङले सीमित घेराभित्र मात्र नरहेर दुरदराजको तामाङ समुदायलाई पनि संगठित गर्नु सक्नु प¥यो । जबसम्म तामाङहरु आन्दोलनमा आउदैन, त्योबेला सम्म ताम्सालिङ आन्दोलन निष्कर्षमा पुग्दैन । नत्र कोठे बैठकमै सीमित हुन्छ । ताम्सालिङ क्षेत्रको ९ वटा जिल्लाको सबै ठाउँमा पुग्नुप¥यो ।

डि. के. बुद्धिष्ट (पूर्व पाइलट)
राणाले हामीलाई १०४ बर्षसम्म पीपा बनायो, त्यो भनेको आर्मीको दास हो । त्यसैले हामीले आफ्नो समस्याको समाधान हामी आफैले गर्नुपर्छ । तामाङहरु ६१.२ प्रतिशत गरिबीको रेखामुनि छन् । विगतमा राई, लिम्बु, गुरुङ, मगरलाई जागीर दियो, तामाङलाई दिएन । जनजातिमा पनि ज्यादै पछाडि परेको तामाङलाई एकै ठाउँमा हाल्ने काम गरेको छ । यो ठूलो अन्याय हो । राज्यले तामाङ पहिचान स्वीकार गरेन, भोटे भनेको छ । तामाङलाई खत्तम बनाउनु खोज्यो । यसमा सबै सचेत हुनुपर्छ । आन्दोलन उठाउनुस नत्र तामाङको अधिकार स्थापित हुनेवाला छैन ।

मणि पाख्रिन (पूर्व घेदुङ उपाध्यक्ष)
तामाङको सवालमा राज्यले निर्णय गर्दा जहिले पनि पछाडि पार्ने गरेको छ । सरकार र दलका नेताहरु तामाङले किन गर्नुप¥यो ? हामी गरिहाल्छौ नी भन्ने सोचाइ बोकेका छन् । देशभित्र, बाहिर घेदुङ स्थापित भएको छ । वर्तमान अध्यक्ष मोहन गोलेजीले समुदायमा केही आशा जगाउनु भएको छ । यसको लागि केही गर्छु सहयोग गर्नुस् भन्ने उहाँको आग्रह पनि छ ।
निर्बाचन क्षेत्र निर्धारण गर्दा आदिवासी जनजाति, तामाङ भएको ठाउँलाई विभेद गर्ने काम गरेको छ । यसमा हामीले विरोध गर्नुपर्छ ।

जीतबीर लामा (नेता)
आज यहाँ प्रस्तुत भएको दुवै कार्यपत्रलाई समायोजन गरेर अन्तिम रुप दियो भने यसले पूर्णता पाउनेछ । हामीले धेरैपटक संघर्ष भनेका छौ तर त्यसको बासना पनि आउँदैन, गन्ध पनि आउँदैन किन हो ? तामाङ भित्रको विविधता, समस्यालाई आफैले समाधान गरौ । आफ्नो अनुहार आफैले धुने गरौ, अरुले धोइ दियो भने त्यो लोप्पा खुवाको जस्तो हुन्छ ।
भैसीको छेउमा सर्वत खायो भने भैसीलाई ¥याल आउँदैन तर घाँस देखायो भने ¥याल आउँछ । तामाङलाई पनि त्यस्तो चीज के छ ? जसले भैसीलाई जस्तै ¥याल आउँछ । त्यसको खोजी गरौ । ताम्सालिङ संघर्ष समिति र घेदुङ मिलेर पार्टीको नेतृत्व विकास गर्ने कुरामा, रणनीति बनाउने कुरामा निचोडमा पुग्नुपर्छ ।

बिजय सिंह लोप्चन (नेता)
मुक्तजीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा प्रदेश राजधानी पाँचखाल बनाउने भनिएको छ । म नुवाकोट भनौला । यसरी हुँदैन । यसलाई सहमतिमा टुङ्ग्याउनुपर्छ । गोलेजीले प्रस्तुत गर्नुभएको कार्यपत्रमा विगतमा संघर्ष समितिले गरेको कामको पनि चर्चा गर्नुभएको भए अलि राम्रो हुन्थ्यो । यो मिसमासमा आएको छ । जसले गर्दा अझै स्पष्ट कार्यदिशा दिन सकेको छ जस्तो लाग्दैन ।
हामीमा पार्टीको विचार, नीति, सिद्धान्त फरक भएपनि ताम्सालिङको सवालमा संघर्ष समितिमा एकठाउँमा आएका छौ । ताम्सालिङ प्राप्तीको एजेण्डामा हामी एक ठाउँमा आएका छौ । कार्यपत्र तयार गर्दा संघर्ष समितिसँग छलफल गरेर लेखेको भए राम्रो हुन्थ्यो । हामी सबै एउटै मुद्दामा समाहित हुनुपर्छ ।

रबिन्द्र थिङ (नेता)
हामी स्वायत्त तामाङसालिङको लागि जुटिरहँदा त्यसको विधि के हुनसक्छ ? कमजोरी के भयो ? त्यो छलफलबाटै टुङ्ग्याउनु पर्छ । शान्तिपूर्ण जनआन्दोलन भाग १ र २ दुवैमा हामी सहभागी भयौ । अब हामी आफैले गर्ने कुरामा त्यसको योजना के हो ? आधार के हुने ? तामाङसालिङ बिद्रोह मात्रै होइन कि एकीकृत विद्रोह पनि गर्ने तयारी गर्नु पर्छ । रणनीतिक विचार प्रष्ट हुनुपर्छ ।
निर्णायक संघर्षको लागि त्यो विन्दूमा पुग्ने सवालमा राजनीतिक÷बैचारिक तयारी पुरा गर्नुपर्छ । मूल योजना के हुने ? प्रष्ट हुनुपर्छ नत्र आन्दोलन र संघर्षको नाममा फेरि दलाली राजनीति नै हुन्छ । देशलाई समुन्नत समाज र इन्द्रेणी राष्ट्र निर्माणमा ध्यान दिनुपर्छ ।

फुरनाम्गेल मोक्तान (नेता)
ढिलै भएपनि यो छलफल भएको छ, रामो पक्ष हो । ताम्सालिङ प्राप्त गर्नको लागि आन्दोलनको जगमा टेकेर अघि बढ्नुपर्छ । आज आएको दुईवटा कार्यपत्र अहिलेसम्म भएको आन्दोलनबाट प्राप्त गरेको उपलब्धिकै सेरोफेरोमा आएको छ । तर यसको सैद्धान्तिक हलको विषय आएन । संघीय लोकतान्त्रिक गणतन्त्रको सैद्धान्तिक निरुपण आएन । ताम्सालिङ तामाङको सपना हो । त्यसलाई प्राप्त गर्नुपर्छ ।

सिंहबहादुर योन्जन (नेता)
यो आन्दोलनको नेतृत्व घेदुङले गर्ने हो कि संघर्ष समितिले गर्ने हो ? अलि प्रष्ट भएन । हाम्रो स्वभाव के छ भने कार्यक्रममा आयोजकले अनुरोध गर्छ, अनुरोधमा उपस्थित हुने, अनि गइहाल्ने, आफ्नो कुरा राख्ने, फुत्त भाग्ने छ । त्यसो नगरौ ।
मातृभाषा सम्बन्धि कानुन फितलो बन्दै आएको छ । जबसम्म मातृभाषाबाट स्कुल, कलेजमा पढाइँ हुँदैन, त्योबेलासम्म त्यो जाति समृद्ध हुन सक्दैन । यसमा आवाज उठाउनु प¥यो ।

चक्र तामाङ (मलेसिया तामाङ समाज)
सबै तामाङ दलीय रुपमा होइन, तामाङ भएर उभिनुप¥यो । टुङ्ना र डम्फू बजाएर ताम्सालिङ पाइदैन । ल्होछार जस्तो साँस्कृतिक पर्वमा विभाजित हुँदा हामी तामाङ विभाजित छौ । यसलाई चाँडो टुङ्ग्याएर आन्दोलन अघि बढाउनु पर्छ ।
अधिकांश तामाङ युवा बैदेशिक रोजगारको सिलसिलामा बाहिर छन् । उनीहरुलाई पनि समेटेर लादा राम्रो होला ।

दिलिप योन्जन (प्रतिनिधि)
संघर्ष समितिको आन्दोलनमा धेरैपटक सहाभागी भइयो तर पनि आन्दोलन उठ्न सकिरहेको छैन । यसको लागि नेताहरुले दलाली राजनीति चटक्कै छाड्नु पर्छ । दलालीपनले आन्दोलन उठ्दैन । हामीले हाम्रो धर्म, संस्कृति, भेषभूषा, भूगोल सबै क्लियर गरेर अघि बढ्नपर्छ । घेदुङले गरेको काम सराहनीय छ तर गाउँमा ताम्सालिङ के हो भन्ने थाहा छैन ।
थ्रेसहोल्डको संविधान हामीले मान्नु हुँदैन । ताम्सालिङ भएमात्र हाम्रो सबै कुरा हुन्छ, त्यो नभएसम्म केही हुँदैन । म आफू सदैव यो आन्दोलनमा सहभागि हुने प्रतिवद्धता ब्यक्त गर्दछु ।

मीनबहादुर तामाङ
हामी काठमाडौमा मात्रै केन्द्रीत भयौ, तामाङमा जानु सकेको छैन । अघि प्रस्तोता मोहन गोले जीले भन्नु भएजस्तो हामीलाई लागेको रोग ताम्सालिङ संघर्ष समितिको नेताहरुमा छ कि, घेदुङसँग छ । यो कसले कसरी सा¥यो ? प्रष्ट हुनुपर्छ । त्यसको उपचार कसले गर्ने ? जनताले गर्ने कि अरुले गर्ने हो ?
नेपालको सबै नेताहरु आन्दोलन र संघर्षबाट स्थापित भएका हुन् । प्रचण्ड, केपी तर हामी किन स्थापित हुन सकेन ? त्यसको लागि गाउँ जानुपर्छ । गाउँ केन्द्रीत संघर्ष उठाउनु पर्छ । घरमा, कोठामा बसेर आन्दोलन उठ्दैन ।

उदय लामा (स्वयम्भू तामाङ समाज)
तामाङको रोग कसले पत्ता लगाउने हो ? प्रष्ट हुनुप¥यो । प्रदेश नं. ३ को भूगोल त मिल्यो तर नाम छैन । स्वयम्भूमा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा १९ आना जग्गा छ । त्यहाँको जग्गा प्रयोग बिहीन अवस्थामा रहेको छ । त्यहाँ घेदुङको भवन बनाउन पहल गरौ न ।

समाप्त