घेदुङले सप्तरी बाढी पीडितलाई राहत बाँड्यो

933

१६ भदौ, २०७४ सप्तरी ।
नेपाल तामाङ घेदुङ केन्द्रीय कार्यालयले बाढी पीडितलाई खाद्य सामाग्री वितरण गरेको छ । घेदुङले शुक्रबार राजबिराज नगरपालिका वडा नं. ९ स्थित कृष्णनगरमा बाढी पीडित ५८ परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।
नेपाल तामाङ घेदुङ कुवेतको सक्रियतामा संकलित राहत सहयोग रकमबाट घेदुङले अति आवश्यकीय खाद्य सामाग्री चामल, दाल, तेल, नून, सावुन खरिद गरी पीडितको वस्तीमै पुगेर वितरण गरेको घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले बताए ।
बाढीबाट हजारौ नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बिचल्नी भएको खवर आएपछि आफूहरुले गाँस काटेर केन्द्रीय कार्यालयमार्फत सहयोग उपलब्ध गराएको कुवेत स्थित घेदुङका केन्द्रीय सदस्य राम लामा तामाङले बताएका छन् ।
घेदुङले नेपाल तामाङ घेदुङ सप्तरी जिल्ला समितिसँग समन्वय गरेर खाद्य सामाग्री वितरण गरेको हो । कृष्णनगरका बाढी र डुबानबाट पीडित ५८ परिवारलाई आजसम्म कुनैपनि संघ÷संस्थाले राहत उपलब्ध नगराएको पीडित लखन सदाले बताए । उनले सरकारले पीडितलाई खाना खर्च बापत दैनिक ७० रुपैयाँको दरले उपलब्ध गराएको रकम समेत आफूहरुले नपाएको गुनासो गरे ।
बिहानको समयमा बस्तीमा एक्कासी बाढी पसेपछि घरभित्रको सामान, खाद्यान्न केही पनि निकाल्न नपाएको पीडितले बताएका छन् । तीन दिनपछि बाढी र डुबान घटेर घर पुग्दा भत्कन लागेको रित्तो घरमात्रै भएको महेन्द्र चौधरीले बताए । उनले ३० बर्षपछिकै ठूलो बाढी गाउँमा पसेको बताए ।
खाद्य सामाग्री पाउने पीडितहरुमा लखन सदा, सुरेश सदा, बन्ठा सदा, सिताराम सदा, जुगुत सदा, सबुरी सदा, राजकुमारी सदा, दुखी सदा, भुटाई सदा, रामदुलारी सदा, उमेश सदा, रञ्जित सदा, लिलादेवी सदा, कुसुम सदा, उत्तिम सदा, रेशमलाल सदा, कमल सदा, कारी सदा, कौशिला सदा, बिनोद सदा, हिराई सदा, कुशेस्वर सदा, धनिलाल सदा, सन्तोष सदा, राजाराम सदा, रामकिसन सदा, लखन सदा (बडा), सत्यनारायण सदा, प्रथम सदा, उमेश सदा (बडा), झल्की देवी सदा, शिबकुमार कर्ण, बिनोदकुमार कर्ण, महेन्द्र चौधरी, रितादेवी चौधरी, जंगली यादव, कृष्णदेवी साह, अनन्दी परियार, गंगा परियार, कामेश्वर सदा, पवित्रीदेवी सदा, सञ्जिव सदा, राजेश चौधरी, कपुरी सदा, कागती देवी सदा, बिन्दी सदा, फौदार सदा, भुनुर सदा, सिताराम ठाकुर, फुलियादेवी सदा, सेखर सदा, रोशन चौधरी, इश्वर सदा, मनोज कर्ण, मखन सदा, भुपेन्द्र सदा र सुवुत सदा रहेका घेदुङका केन्द्रीय सदस्य भिमबहादुर तामाङले बताए ।
वितरण कार्यक्रममा आफ्नो भनाई राख्दै घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले राज्यले सबै पीडितहरुलाई बिना भेदभाव राहत उपलब्ध गराउनु पर्ने भनाई राखे । उनले विगतमा भारतसँग गरिएको असमान सन्धि÷सम्झौता र सीमा क्षेत्रमा निर्माण गरिएको बाँधका कारण प्राकृतिक तराई क्षेत्रमा प्राकृतिक विपत्तीहरु आइरहने भन्दै सरकारले भारतसँग बार्ता गरी दीर्घकालीन सममाधान खोजिनुपर्ने बताए ।
उनले नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जाँदा यस विषयमा कुरा नगरेको प्रति आपत्ती जनाए । छिमेकीसँग समस्या राख्नु पनि डराउने सरकारले पीडित जनताको लागि केही गर्न नसक्ने उनको भनाई थियो ।
गोलेले राहत वितरणमा सहयोग पु¥याउने नेपाल तामाङ घेदुङ कुवेत परिवार र ब्यवस्थापनमा सहयोग पु¥याउने सप्तरी घेदुङ परिवारलाई धन्यवाद दिएको छ । राहत वितरणमा घेदुङका पूर्व केन्द्रीय सदस्य खड्गबहादुर योन्जन, मेखबहादुर तामाङ, जनजाति पत्रकार महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङ, जिल्ला घेदुङका अध्यक्ष सन्त गोले तामाङ र सचिव सुर्यमान सिङ्दान लगायतको उपस्थिति रहेको थियो ।