पहिले पाँच बुंदे माग अनिमात्र चुनाब : अध्यक्ष गोले

1087

बृजमान तामाङ÷बिरेन्द्र बजार २४ चैत । नेपाल तामाङ घेदुङका केन्द्रिय अध्यक्ष मोहन गोलेले आदिबासी जनजाती महासंघले उठाएको पाँच बुंदे माग पुरा गरेर मात्र चुनाब गर्नुपर्ने बताएका छन । सिरहाको गोल बजारमा बिहिबार आयोजित तामाङ समाजको साँस्कृतिक पुनर्जागरण तथा समसामायिक राजनैतिक बिषय बारे भएको एक दिने प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै उनले यस्तो बताएका हुन । आदिबासी जनजातीको अस्तीत्व र पहिचान नामेट गरेर ल्याएको स्थानिय तहको संरचनाले उत्पिडित समुदायको भाबना माथी ठेस पु¥याएको प्रष्ट पार्दै उनले आदिबासी जनजातीको प्रमुख माँग संबोधन गरेर मात्र चुनाब गर्नुपर्ने धारणा ब्यक्त गरे । आफुहरु चुनाब बिरोधी नभएको बताउदै अध्यक्ष गोललेले आदिबासी जनजाती महासंघ संग बिगतमा भएको २२ र ९ बुंदे सहमती बमोजिम संबिधान संसोधन गरेर मात्र चुनाब गर्न माँग गरे । स्थानी तहको संरचना असंबैधानिक, अब्यबाहारिक , अपुर्ण र त्रुटीपुर्ण रहेको जिकिर गर्दै गोलले भने, चुनाब भन्दा पहिले स्थानिय तहको संरचनालाई पुर्णता दिनुपर्छ । संबिधानको मर्म र भाबना अनुसार बिशेष, संरक्षित र स्वयत्त क्षेत्र सहितको स्थानिय तहको पुर्नसंरचाना गर्नुपर्छ । अनिमात्र स्थानिय तहको चुनाब गर्नुपर्छ । २ नम्बर प्रदेश अन्र्तगतका बिभिन्न जिल्लाहरुका तामाङ अगुवा सहभागी प्रशिक्षण कार्यक्रममा नेपाल तामाङ घेदुङका पुर्ब महासचिब कुमार ब्लोन, प्रदेश नम्बर ४ का अध्यक्ष दिपक वाईबा, केन्द्रिय सदस्य बिष्णु योन्जन तामाङ, नेपाल मगर संघका केन्द्रिय सदस्य लेखराम जर्गा मगर, नेपाल तामाङ घेदुङ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जन तामाङ लगायतकाले बोल्दै अधिकारका लागी आन्दोलन गनुपर्नेमा जोड दिए । नेपाल तामाङ घेदुङ सिरहाका अध्यक्ष धन प्रसाद तामाङको अध्यक्षतामा आयोजित प्रशिक्षण कार्यक्रममा स्वागत प्रदेश नम्बर २ का अध्यक्ष डेनोक मोक्तानले गरे भने संचालन अर्जुन योन्जनले गरे । आदिबासी जनजाती उत्थान प्रतिष्ठान ललितपुरको सहयोग तथा नेपाल तामाङ घेदुङ केन्द्रिय समितीद्धारा आयोजित कार्यक्रममा अध्यक्ष गोलले समसामायिक राजनैतिक बिषयमा र नेपाल तामाङ लामा घेदुङका केन्द्रिय उपाध्यक्ष धर्म लामाले दिएको नेपनल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सन्तमान गोलेले जानकारी दिए ।