अजितमान तामाङद्धारा तामाङ घेदुङलाई प्रिन्टर प्रदान

683

६ चैत, काठमाडौं ।
तामाङ घेदुङका उपाध्यक्ष अजितमान तामाङले संस्थालाई एक थान प्रिन्टर उपलब्ध गराउनु भएको छ । सस्थागत कार्यलाई सहज तथा सरल बनाउनका लागी तामाङले अत्याधुनिक प्रिन्टर शनिबार हस्तान्तरण गर्नु भएको हो । घेदुङका अध्यक्ष मोहन गोलाई घेदुङ कार्यलयमा आयोजित कार्यक्रममा प्रिन्टर हस्तान्तरण गर्नु भएको हो । उपध्यक्ष तामाङले यसअघि पनि घेदुङलाई भाषा तथा लिपि विकासका लागि कोष खडा गर्न ३ लाख रुपैयाँ नगद हस्तान्तरण गर्नु भएको थियो ।