मन्त्री तामाङलाई घेदुङको बधाई तथा सम्मान

728

चैत ५, काठमाडौं ।
नेपाल तामाङ घेदुङले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री परशुराम तामाङलाई बधाई तथा सम्मान गरेको छ । घेदुङको केन्द्रिय कार्यलय पुतलीसडकमा आज आयोजित विषेश समारोहमा बधाई तथा सम्मान गरेको हो । कार्यक्रम तामाङ घेदुङका प्रमुख सल्लाहाकार तथा प्रशासकिय अदालतका न्यायधिस कुमार योन्जनबाट सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।


कार्यक्रममा बोल्दै मन्त्री तामाङले आफुले पार्टि भन्दा माथि उठेर तामाङहरुको हितलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उहाँ आफु फरक विचारको पार्टिबाट प्रतिनिधित्व गरेको भएपनि बिगतमा भएका आदिवासी र तामाङ आन्दोलनमा सकृया सहभागिता जनाउँदै आएको स्मरण गराउँदै आउँदा दिनहरुमा पनि आफु कतिपनि बिचलित नभई उत्पिडित तामाङलगायत अन्य समुदायको उथ्थानका लागि पहलकदमी जारी राख्ने बताउनुभयो । उहाँले सबै समुदायको संस्कृतिलाई संरक्षण गर्नु राज्यको दायित्व भएको भन्दै तामाङलगायत हिमिाली समुदायमा ओझेलमा परेका मुर्तअर्मुत संस्कति र सम्पदालाई संरक्षणका लागि आफुले सक्दो भुमिका निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।


कार्यक्रममा घेदुङका प्रमुख सल्लाहाकार तथा न्यायधिस कुमार योन्जनले बहुसंस्कृति र बहुधार्मिक भएको नेपालमा सबै संस्कृति र धर्मले समान अधिकार र संरक्षण नपाइरहेको अवस्थालाई चिर्न मन्त्री तामाङलाई आग्रह गर्नुभयो । उहाँले देशको अर्थतन्त्रमै ठुलो टेवा पुग्ने बौद्धधर्मसंग सम्बन्धित सम्पदाहरु संरक्षण गर्दै पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नेतर्फ पहलकदमी लिन, सरकार र ताम्सालिङ संयक्त संर्घष समितीबिच भएको सम्झौता अनुसार स्वयम्भुनाथ र नवबुद्ध क्षेत्र विकास गठन गर्न, तामाङहरुको ऐतिहासिक स्थलहरुको सरक्षण र पुरातात्विक अध्यायन गराउन मन्त्री तामाङलाई पहल लिन सुझाव दिनुभयो । यस्तै ताम्सालिङ नागरिक समाजका अध्यक्ष एवं समाजशास्त्रि डा. मुक्त सिंह लामाले नेपाल सरकारले बनाएको राष्ट्रिय सस्कृतिक नीतिले नेपालका सबै समुदायको कुरालाई समेट्न नसक्दा थुप्प्रै सांस्कृतिक समुदायहरु विभेदमा परेको जानकारी गराउदै त्यो नीति परिमार्जनका लागि भुमिका खेल्न आग्रह गर्नुभयो ।


कार्यक्रमको अध्यक्षता गर्नु भएको तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले अहिले तामाङहरुको आन्दोलन नउठेको फाइदा उठाउँदै राज्यसत्ताले हेपिरहेको बताउनु भयो । मुस्किलले यो सरकारमा दुइ जना तामाङ राज्यमन्त्री भएको भन्दै राज्यको अरुलाई हेर्ने र तामाङलाई हेर्ने नजर अलग हुँदा फुल मन्त्री नपत्याएको गुनासो गर्नुभयो ।