मेरो जीवन लिलामीमा बिक्री गर्छु, तपाईहरु गाउँ जानोस्

975

काठमाडौं/नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले आफ्नो जीवनलाई बिक्री गरेर भए पनि तामाङ अभियन्ताहरुलाई गाउँ पठाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । गतपुष ११ गते ताम्सालिङ प्रदेश नं. ३ को बन्द सत्रमा प्रशिक्षण दिँदै गोलेले यस्तो प्रतिवद्धता जनाएकाहुन् ।
तामाङ समाजमा सामाजिक, साँस्कृतिक तथा राजनीतिक जागरण नआए सम्म तामाङ जीवन डमाडोल भइरहने सङ्केत गर्दै उनले भने– ‘सबै घेदुङका अभियन्ताहरु गाउँजानोस्, तपाईहरुलाई बाटो खर्च पुगेन भने म आफ्नो जीवनलाई धरौटीमा राख्छु, त्यसबाट पनि नपुगे मेरो जीवन लिलामीमा बिक्री गर्न तयार छु ।’
अत्यन्तै भावुक मुद्रामा प्रस्तुत भएका अध्यक्ष गोलेले यसो भन्दा केही समय हलमा सन्नाटा छाएको थियो । घेदुङले राकास बैठकबाट तामाङ जागरण अभियान तथा सङ्गठन निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेपनि केही ब्यक्तिहरुले जागरण अभियानको महत्व बुझ्न नसकेकोमा गोलेले दुःख ब्यक्त गरे ।
संगठन निर्माण र जागरण अभियान मार्फत तामाङ समुदायको भिन्न शक्ति निर्माण गर्ने उनले प्रष्ट पारे । ताम्सालिङ मागेर नपाईने निष्कर्षमा आफू पुगेको बताउँदै गोलेले भने– ‘कुनै पनि बेला पहिचान र अधिकारको लागि यो सिंहदरबार सँग तामाङले कुस्ती खेल्नुपर्ने दिनआउन सक्छ ।’ तामाङ नउठे सम्म समग्र आदिवासी आन्दोलन निर्णायक मोडमा नपुग्ने उनको भनाई थियो ।
इतिहासमा उत्पीडन र विभेदको बिरुद्ध पटक पटक तामाङले बिद्रोह गरे पनि जित्न नसकेको तर अब जित्ने पालो आएको उनको दाबी थियो । ‘हामीले खेप हा¥यौ तर जुनी हारेका छैनौ’ उनले भने ‘हामीलाई पीपा र हुक्के, बैठके, सुसारे बनाउने राज्यसत्ताबाट मुक्ति सम्भव छैन ।’ गोलेले सत्ता सँग सङ्घर्ष गर्नकै लागि राकास बैठकबाट बिद्रोहको लाईन पास गरेको पनिखुलासा गरे ।
उद्घाटन सत्रको समापन पछि घेदुङ हलमा बन्द सत्र सञ्चालन गरिएको थियो । बन्दसत्रले यस अघि महाधिवेशनबाट निर्बाचित १७ सदस्यीय प्रदेश समितिमा ६ सदस्यथप गरी २३ सदस्यीय समिति निर्माण गरेको छ भने २ सदस्य पछि थप गरिने प्रदेश अध्यक्ष सोमबले तामाङले बताए ।
थप सदस्यहरुम ामकवानपुरबाट ठूलीमाया मोक्तान तामाङ, नुवाकोटबाट सोमबहादुर तामाङ र भिमबहादुर तामाङ, सिन्धुपाल्चोकबाट दोर्जे घिसिङ तामाङ र पूmलकाजी स्याङ्बो तामाङ, काभ्रेबाट हरिचन्द्र तामाङ रहेका छन् ।
यसैगरी बन्द सत्रले २०७४ सालभित्र ताम्सालिङ क्षेत्रका सबै जिल्लामा गाउँ तथा नगर संगठनहरु निर्माण गरिसक्ने, तामाङ जागरण अभियानलाई गाउँतहसम्म पु¥याउने, तामाङ साँस्कृतिक भवन निर्माणको लागि जिल्ला अभियान सञ्चालन गर्ने, संविधानबाट प्राप्त उपलब्धिहरुको रक्षागर्दै बाँकी अधिकारको लागि आन्दोलनलाई निरन्तरता दिने र तामाङ एकताको शक्ति निर्माण गर्ने निर्णय भएको प्रदेश घेदुङले जनाएको छ ।
बन्द सत्रमा अध्यक्ष गोलेको प्रस्तुति पछि विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरुले आ–आफ्नो धारणा राखेका थिए । सत्रको सञ्चालन प्रदेश सचिव अरुणकुमार लामाले गरेका थिए भने प्रदेश अध्यक्ष सोमबले तामाङको सभापतित्वमा कार्यक्रम सम्पन्नभएको थियो ।