तोप केही होइन, सिग्नेचर ठूलो कुरा हो : प्रधानमन्त्री दाहाल

708

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले तामाङ समुदायलाई अधिकार सम्पन्न बनाउन आफू प्रतिवद्ध रहेको बताएका छन् । नेपाल तामाङ घेदुङ प्रदेश नंं. ३ (ताम्सालिङ) प्रदेश समितिको प्रथम प्रादेशिक भेलालाई गतपुष ११ गते सम्बोधनगर्दै उनले यस्तो बताएकाहुन् ।
उनले माओवादीको १० बर्षे जनयुद्ध सफल बनाउनमा तामाङ समुदायको बिशेष योगदान रहेको चर्चा गरे । जनयुद्ध, जनआन्दोलनको सपना पुरा नभएको भन्दै प्रधानमन्त्रीदाहालले परिवर्तन नचाहने केही शक्तिले गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धि समाप्त पार्न खोजेको प्रष्ट पारे ।
प्रधानमन्त्रीको सम्बोधन अघि नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले जारी संविधानबाट तामाङ समुदायमाथिको सामाजिक, साँस्कृतिक र धार्मिक विभेद अन्त्यन भएको भन्दै ल्होछारमा तोप पड्काएर तामाङ समुदायको साँस्कृतिक पर्वको सम्मान गर्न आग्रह गरेका थिए ।
गोलेको आग्रहमा प्रधानमन्त्री दाहालले मोहन शमशेरले भारत भ्रमणको बेला तोपको सलामी मागेर १९५० को सन्धि गरेको बताउँदै तोप ठूलो कुरा नभएको बताए । उनले भने ‘तोप ठूलो कुरा होइन साथी, सिग्नेचर ठूलो कुरा हो ।’ सिग्नेचरबाटै उत्पीडित जातिहरु अधिकार सम्पन्न हुने प्रधानमन्त्रीको सङ्केत थियो ।
प्रदेश भेलाको उद्घाटन समारोहमा कृषि राज्यमन्त्री राधिकातामाङले पूर्वमा जस्तै ताम्सालिङका तामाङ समुदाय घेदुङमा गोल बन्द भएर अघि बढे पहिचान र अधिकार चाँडै प्राप्तहुने विश्वास ब्यक्त गरे ।
यसैगरी कार्यक्रममा पूर्व मन्त्रीतथा घेदुङका राष्ट्रिय सल्लाहकार हितबहादुर तामाङ, सल्लाहकार कवेलबहादुर तामाङ, ताम्सालिङ संयुक्त सङ्घर्ष समितिकाअध्यक्ष जयप्रसाद गोले तामाङ, सांसद तथा सल्लाहकार पर्शुराम तामाङ, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उप महासचिव बिजय लोप्चन, प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ र प्रदेश नं. ४ काअध्यक्ष दिपक वाईबा तामाङ लगायतले शुभकामना मन्तब्य राखेकाथिए ।
कार्यक्रममा तामाङ कलाकारहरु संस्कृति घेदुङका महासचिव छेवाङ तेन्जिङ लामा, फूलकुमार बोम्जन, अजय घिसिङ, छितिज लामा लगायतले विभिन्न सांगितिक प्रस्तुति द्वारा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।