काभ्रेमा बहुभाषी कविता गोष्ठी

487

खोजराज गोले तामाङ

काभ्रे । सेलोघर, देउपुर( ६ बालुवापाटीको आयोजनामा तामाङ साहित्यिक अन्तरक्रिया एवं बहुभाषी कवि गोष्ठी सम्पन्न भएको छ । यही कात्तिक ९ गते आयोजित उक्त कार्यक्रमको लागि सहकार्य भने नेपाल प्रज्ञा(पतिष्ठानले गरेको थियो । तामाङ साहित्य स् स्थिति, चुनौती र सम्भावनामाथि कार्यपत्र तथा टिप्पणी गरिएको कार्यक्रममा तामाङ र मगर भाषाको साथै रार्इ र नेवारी मिथ, बिम्ब र प्रतीकहरूमा आधारित पहिचानमूलक रचनाहरू वाचन गरिएको थियो ।
प्रितम तामाङले अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल प्रज्ञा(प्रतिष्ठान, मातृभाषा विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङ रहेका थिए । अन्य अतिथिहरूमा तामाङ भाषाविद् तथा लेखक अमृत योन्जन(तामाङ, नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले साथै प्राज्ञ शशि लुमुम्बु लगायतका स्रष्टा, र्सजक एवं कविहरू रहेका थिए ।
काठमाडौंबाट पुगेका अतिथि स्रष्टाहरूलाई स्थानीय तम्बा संस्कृति अनुसार स्वागत गरिएको थियो । सो क्रममा तीनजना तम्बाद्वारा डम्फूसहित तम्बागीत गाउँदै अतिथिहरूलाई सगुन खुवाएका थिए । स्थानीय कन्याहरूले सयपत्री फूलका माला लगाइदिएपछि, अतिथिहरूले पनि स्वागत ग्रहण गर्दै दीयो र अक्षतासहितको थालीमा दक्षिणा राखिदिएका थिए । प्रमुख अतिथि मुकारुङलाई भने स्वागतस्थलदेखि कार्यक्रमस्थल (सेलोघररहल०सम्म बोकेरै पुर्याएका थिए । अमृत योन्जन(तामाङलाई पनि बोकेरै पुर्याउने धेरै प्रयास गरेका थिए तथापि ुभयोु भन्दै उनी हिँडेका थिए ।
उपस्थित अतिथिहरूलाई खाना खुवाएपछि कार्यक्रम शुरू गरिएको थियो । राष्ट्रियगान गाउँदै शुरू गरिएको कार्यक्रमको विधिवत उद्घाटन भने प्रमखु अतिथि श्रवण मुकारुङ साथै अतिथि अमृत योन्जन(तामाङले डम्फू बजाउँदै गरेका थिए । सोही क्रममा स्थानीय कलाकारहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए । स्वागत मन्तव्य भने सामुदायिक सेलोघरकी कोषाध्यक्ष सानुमाया तामाङले गरेकी थिइन् ।
कार्यक्रमको शुरूमा तामाङ भाषाविद् तथा लेखक अमृत योन्जन(तामाङले ुतामाङ साहित्य स् स्थिति, चुनौती र सम्भावनाु शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा तामाङ राष्ट्र, तामाङ भाषा साथै तामाङ साहित्यको परिचय दिइएको थियो । सोहीक्रममा ुतामाङु शब्दले तामाङ जाति (राष्ट्र०को साथै तामाङको भाषालाई समेत जनाउने उल्लेख गरिएको थियो । कार्यपत्र प्रस्तोता योन्जनले, तामाङ भाषामा लेखिएको मात्रै तामाङ साहित्य हो । गैरतामाङ भाषामा लेखिएकाररचिएका साहित्यलाई तामाङ साहित्य भन्न नमिल्ने दावी गरेका थिए ।
कार्यपत्रमा, तामाङ साहित्यको इतिहास तथा वर्तमान स्थितिको बारेमा पनि उल्लेख गरिएको थियो । उक्त पत्रमा उल्लेख भएअनुसार, अहिलेसम्ममा १४७ वटा तामाङ साहित्यिक कृतिहरू प्रकाशन भइसकेका छन् । सन् १९५६ मा पहिलो पटक बुद्धिमान मोक्तानले ुजिकतेन तामछ्योइ, ह्रामाु प्रकाशन गरेका थिए । शाह(राणाकाल ९१०४ वर्ष०मा तामाङ साहित्यिक कृति प्रकाशन शून्य रहेतापनि प्रजातन्त्रकाल ९१० वर्ष०मा तीन वटा कृतिहरू प्रकाशित भएका थिए । त्यस्तैगरी ३० वर्षे पञ्चायती कालमा १३, प्रजातन्त्रको पुनःस्थापनाको १६ वर्षा ६४, १० वर्षे लोकतन्त्रकाल ९२०६३ देखि २०७२० को अवधिमा १० गरी ६६ वर्षे अवधिमा जम्मा १४७ कृतिहरू प्रकाशित भएको योन्जन दावी गरे ।
प्रवृत्तिको आधारमा पूर्व आधुनिक, आधुनिक र उत्तर आधुनिक गरी तीन भागमा विभाजन गरिएको कार्यपत्रमा( तामाङ साहित्यले साठीको दशकपछि भने बहुलवाद, बहुल केन्द्र र चिन्तनतिर आकर्षित भएको उल्लेख गरेका थिए । सताब्दी नाधिसक्ता पनि डेढ सयको वरिपरि मात्र कृति प्रकाशित भएको, साहित्यकारहरूमा लेख्ने जाँगर खासै नदेखिएको, नयाँ पुस्ता नेपाली साहित्य लेखनतिर बढी उन्मूख भएको, नेपाली भाषामा तामाङ थिममा लेखेर तामाङ साहित्य लेखेको ठानिरहेको साथै लोकसाहित्यको तुलनामा लेख्य साहित्य लेखन सतही र फेसनेबल भएको जस्ता पक्षहरू चुनौतीहरू रहेको दावी गरेका थिए । त्यस्तैगरी तामाङ साहित्यकारहरूको मानमर्दनमा खासै विकास हुन नसकेको, स्वकेन्द्रित रहेको साथै सिर्जनात्मक साहित्यिक कृतिहरू अन्य भाषामा अनुवादको लायक हुन नसकेको जस्ता कुराहरू चुनौतीका रूपमा रहेको योन्जनले आफ्नो पत्रमा उल्लेख गरेका थिए ।
प्रस्तुत पत्रमा सम्भावनाको पक्षलाई पनि समाविष्ट गरेको थियो । अब सङ्घीयतासँगै तामाङ भाषाको प्रयोग, अनुवाद, बाल तथा सिर्जनात्मक साहित्यको विकास हुनेछ । विद्यालयत तथा विश्वविद्यालयसम्म तामाङ भाषाको विस्तार हुँदा साहित्यकारलाई कदर र मानसम्मान प्राप्त हुनेसमेत योन्जनले दावी गरेका थिए ।
प्रस्तुत कार्यपत्रमाथि छविरमण सिलवाल तथा गोले केआर चालिसेलीले टिप्पणी गरेका थिए । टिप्पणीका क्रममा छविरमण सिलवालले कार्यपत्रले धेरै राम्रोसँग तामाङ साहित्यको बारेमा स्पष्ट पारेको बताएका थिए । गोले केआर चालिसेलीले भने, लेखनीदेखि टिप्पणीसम्म पनि तामाङ शैली र मौलिकतालाई अँगाल्नुपर्ने, तामाङ विश्वदृष्टिकोणको सहारा लिनुपर्ने, अलिखित रूपमा रहेका बोन तथा तम्बा साहित्यलाई पनि तामाङ साहित्यमा राख्नुपर्नेमा जोड दिएका थिए ।
मन्तव्यको क्रममा छार गोङमा मासिकको सम्पादक समेत रहेका प्रतीक ङेसुर तामाङले, तामाङ समाज तिब्बतीकरणको खतरामा रहेको साथै तामाङ समाजलाई धर्मले भन्दापनि संस्कृतिले यहाँसम्म ल्याएको दावी गरेका थिए । तामाङ समाजमा लिपि विवाद कायम रहेको र सोही कारण बालबालिकाहरू तामाङ भाषामा शिक्षाबाट वञ्चित भइरहेका छन् । त्यसको दोषी म आफैँ पनि भएँ कि भनेर सोच्नुपर्ने बेला आएकोतिर ङेसुरले इङ्कित गरेका थिए । ङेसुरले, अब नेपाल तामाङ घेदुङलाई सम्पूर्ण तामाङले आफ्नो संस्थाको रूपमा चिन्न र सल्लाह सुझाव दिनुपर्नेमा जोड दिए । त्यस्तैगरी साहित्य पढ्ने भन्दापनि सुन्ने विधा जस्तो लागेको बताउँदै, स्रष्टाकै आवाजमा जति बुझ्न सकिन्छस पाठकले आफैँले वाचन गर्दा त्यो अवस्था नहुन सक्नेसमेत स्पष्ट पारेका थिए ।
सोहीक्रममा साहित्यकार विकु लामाले आफ्नो रचनासहित, काभ्रे जिल्लाका विद्यालयहरूमा पुस्तकालय स्थापना गर्ने क्रममा आफू लागिपरेको बताएका थिए । कार्यक्रममा नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोलेले पनि आफ्नो मन्तव्य राखेका थिए । त्यसक्रममा तामाङ समाज समस्यामा रहेको, गौहत्याको निहूमा निरापराध भएर पनि सजाय भोगिरहेका साथै राज्यसत्ताको विभेदका कारण पछि पर्दै आएको दावी गरेका थिए । अध्यक्ष गोलेले, एकात्मक तथा विभेदकारी सिंहदरबारको विरुद्ध आवाज बुलन्द गर्नुपर्ने भएकोले मायाप्रेमको भन्दापनि सिर्जनशील साहित्यको जरुरी रहेको स्पष्ट पारे । सोहीक्रममा गोलेले पनि पहिचानमूलक एक कविता पनि सुनाए ।
उक्त कार्यक्रममा लेखक तथा अनुसन्धाता रवीन्द्र ग्यावक तामाङले भने, स्रष्टालाई भाषामै मात्रै सीमित राख्न वा बाँध्न हुँदैन कि भन्ने प्रश्न गरेका थिए । साहित्यिक कार्यक्रम भएकोले लेखक तामाङले आफ्नै जीवनसाथी सोनी तामाङद्वारा तामाङ भाषामा रचित कविता सुनाएका थिए । प्राज्ञ शशि लुमुम्बुले भने कार्यक्रमको महत्त्व बारे स्पष्ट पारेका थिए । उनले राजनीतिले फुटाउँछ तर संस्कृतिले जुटाउँछ भन्नेतिर इङ्कित गरेका थिए । समय अभाव भएको भन्दै प्राज्ञ लुमुम्बुले कविता भने सुनाएनन् ।
कार्यक्रमको अन्तिम चरणमा प्रमुख अतिथि श्रवण मुकारुङले भने आफ्नो मन्तव्य राखेका थिए । सोक्रममा प्रमुख अतिथि मुकारुङले, धर्म र लिपिको बारेमा महत्त्वपूर्ण बहस र प्रश्नहरू उठेको दावी गरेका थिए । प्रस्तुत कार्यपत्र गम्भीर रहेको साथै टिप्पणीहरू पनि चानचुने नभएको बताएका थिए । कार्यक्रमको सबैभन्दा ठूलो उपलब्धी चाहिँ मातृभाषा तथा मातृभाषा इतरका कविताहरू एकसाथ प्रस्तुत हुनु र सुन्न पाउनु रह्यो । संसारमा सबैभन्दा महङ्गो भनेको संस्कृति हो । हीनताबोधबाट मुक्तिको खोजी साथै आत्मबल अभिवृद्धिको पाटो नै साहित्य भएको उनले स्पष्ट पारेका थिए । तामाङ भाषामा लेखिएका रचना नै तामाङ साहित्य हो तथापि तामाङ इतर भाषामै पनि तामाङ विषयलाई समेटेको साहित्यलाई पनि तामाङ साहित्यकै कोटीमा राख्नुपर्नेमा जोड उनले दिए । टिप्पणीकार गोले केआर चालिसेलीले तामाङवादको उल्लेख गरेको कुरालाई लिँदै त्यसलाई तामाङ सौन्दर्यशास्त्रको रूपमा लिन र बुझ्न सक्नुपर्ने साथै मौखिक रूपमा रहेका साहित्यलाई पनि छुटाउन नहुनेमा समेत जोड दिएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्यसहित सञ्जोग लाफामगरले मगर भाषामा कविता सुनाएका थिए । त्यस्तैगरी अटुट दोङ, गोले केआर चालिसेली, ङ्हेमा थाङ्पाल, प्रशान्त तामाङ, अशोक थापामगर, मोक्तान थेबा, चन्द्र रानुहाँछो, रामगोपाल आशुतोष, स्वप्नील स्मृति, राजु स्याङ्तान, लक्ष्मी रुम्बा, राबत, प्रकाश थाम्सुहाङ, बिना थिङ, दुतेन्द्र चाम्लिङ, नेत्र मोक्तान, बुद्ध योन्जन(लामा, सुमन तामाङ र आशिष तामाङले तामाङ तथा गैरतामाङ भाषामा रचिएका कविता, गीत तथा गजल सुनाएका थिए । सबै रचनाहरू पहिचानको पक्षमा आ(आफ्ना राष्ट्रियता ९जाति समुदायगत० बिम्ब, मिथक र प्रतीकमा आधारित रहेका थिए । कार्यक्रमको बारेमा कवि तथा पत्रकार फूलमान बलले स्पष्ट पारेका थिए भने, फूलकुमार बोम्जनले तामाङ भाषाको कविता सहित तामाङसेलो गीत सुनाएका थिए । उनका गीतमा उपस्थित सबैजना उठेर नाचेका थिए । कार्यक्रममा रञ्जना मोक्तानले पनि तामाङ भाषामा रहेको फाक्पा ह्वाई ९फापर ह्वार्इ० गाएकी थिइन् । सोहीक्रममा तारा तामाङ र सुनिता तामाङ स्थानीय कलाकारहरूले तीन वटा नृत्यहरू प्रस्तुत गरी कार्यक्रमको शोभा बढाएका थिए ।
अन्तिममा, आयोजकका तर्फबाट लालबहादुर तामाङले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम धेरै सफल भएको बताउँदै अध्यक्षता गरेका प्रितम तामाङले समापन गरेका थिए । उद्घोषण भने एफ।एम।कार्यक्रम सञ्चालिका तथा कलाकार शान्ति वाइबाले गरेकी थिइन् । कार्यक्रममा स्थानीयको व्यापक उपस्थिति रहेको थियो ।