परिपत्र–५

527

नेपाल तामाङ घेदुङ

केन्द्रीय सचिवालय

काठमाडौं

मितिः २०७३÷०७÷०८

श्री सबै सदस्यहरु
नेपाल तामाङ घेदुङ केन्द्रीय समिति 

बिषय : परिपत्र–५

प्रस्तुत विषयमा मिति २०७३ कातिक ८ गते नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोले तामाङको अध्यक्षतामा बसेको सचिवालय बैठकले गरेको निर्णयहरु यसै परिपत्रसाथ संलग्न राखी पठाइएको  छ । निर्णयहरु कार्यान्वयन गर्नहुन सादर अनुरोध छ । 

१) राकास बैठक तोक्ने सम्बन्धमा :

नेपाल तामाङ घेदुङको तेश्रो राष्ट्रिय कार्यकारिणी समितिको बैठक आगामी २०७३ मंसीर २५ गते शनिवारका दिन विहान ७ः३० बजेदेखि घेदुङको सभाहल पुतलीसडकमा बस्ने र सो को लागि केन्द्र, प्रदेश समितिले राकास सदस्यहरुलाई बैठकमा उपस्थितिको लागि आमन्त्रण गर्ने निर्णय गरियो । 

२) तामाङ साँस्कृतिक भवनको लागि जग्गा ब्यवस्थापन सम्बन्धमा :

नेपाल तामाङ घेदुङको साँस्कृतिक भवन निर्माणको लागि आवश्यक जग्गा खरिद तथा दानदातब्यबाट प्राप्त हुनसक्ने भएमा सो समेतको पहल गर्न निम्न बमोजिम सदस्यहरु रहेको जग्गा ब्यवस्थापन समिति गठन गरियो । 

१) संयोजक ः मोहन गोले तामाङ (केन्द्रीय अध्यक्ष) 

२) सदस्य ः कुमार योञ्जन (प्रमूख सल्लाहकार) 

३) सदस्य ः रामकृष्ण ब्लोन (सचिव) 

४) सदस्य ः रुपबहादुर योञ्जन (कोषाध्यक्ष) 

५) सदस्य ः मिना तामाङ (सह–कोषाध्यक्ष) 

६) सदस्य ः प्रेम मोक्तान (अनुशासन विभाग प्रमूख) 

७) सदस्य ः कुयाङ लामा (अनुसन्धान विभाग प्रमूख) 

३) प्रदेश भेला सम्बन्धमा :

नेपाल तामाङ घेदुङको ६ वटा प्रदेश समितिहरु मध्ये प्रदेश नं. १ र २ को भेला सम्पन्न भइसकेको हुँदा उक्त समितिहरुलाई हार्दिक धन्यवाद दिइयो । साथै बाँकी प्रदेश समितिहरुलाई समेत २०७३ पुष महिना भित्रमा प्रदेश भेला सम्पन्न गर्न प्रदेश समवन्य प्रमूख कुमार घिसिङ ज्यूमार्फत ताकेता गर्ने निर्णय गरियो । 

४) भातृ संगठन गठन सम्बन्धमा :

नेपाल तामाङ घेदुङको भातृ संगठनहरु मध्ये महिला घेदुङ गठन हुन नसकेको, युवा घेदुङको अध्यक्ष घेदुङको उपाध्यक्षमा निर्बाचित भएपछि अध्यक्षको जिम्मेवारी नतोकिएको र ताम्बा, बोन्बो घेदुङ गठन हुन बाँकी रहेको हुँदा अविलम्ब गठनको लागि निम्न बमोजिम जिम्मेवारी दिइयो । 

महिलातर्फ :

१) संयोजक      ः सीता लामा गोले (उपाध्यक्ष)

२) सदस्य      ः सञ्चु ब्लोन तामाङ (सचिव) 

३) सदस्य      ः मीना लामा (प्रकाशन विभाग प्रमूख)

युवातर्फ : तेजबहादुर तामाङ (उपाध्यक्ष, भातृसंगठन समन्वय प्रमूख) 

लामातर्फ : पाल्साङबज्र लामा (सचिव, कार्यालय समन्वय प्रमूख) 

साथै यसअघि ताम्बा र बोन्बो घेदुङ गठनको लागि महासचिव बाबु घिसिङ र उपाध्यक्ष कुमार घिसिङ ज्यूलाई जिम्मेवारी दिइसकेको हुँदा सो लाई निरन्तरता दिने निर्णय गरियो । 

५) ल्होछार पर्व सम्बन्धमा : 

तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछार आगामी २०७३ माघ १५ गते पर्ने भएको हुँदा उक्त पर्वलाई भब्यताका साथ सम्पन्न गर्न कार्यक्रम स्थलको लागि तत्काल पत्र पठाउने र तामाङ संघसंस्थासँग छलफल अघि बढाउने निर्णय गरियो ।  

६) क्यालेण्डर र पुस्तक प्रकाशन सम्बन्धमा : 

तामाङ जातिको महत्वपूर्ण दिवसहरु र तामाङ समुदायलाई चिनाउने राष्ट्रिय विभूतिहरुको स्मृति दिवसको बारेमा प्रदेश, जिल्ला तहसम्म जानकारी नहुँदा त्यस्तो पर्वहरुलाई प्रभावकारी रुपमा मनाउन नसकेकोले तामाङ जातिसँग सम्बन्धित सबै दिवसहरुको खोज÷अनुसन्धान गरि ल्होछार अगावै क्यालेण्डर प्रकाशन गर्ने र तामाङ समुदायको दिवंगत राष्ट्रिय ब्यक्तित्वहरुको जीवनी समेटिएको पुस्तक समेत प्रकाशनको लागि निम्न सदस्यहरु रहेको एक समिति गठन गरियो । 

१) संयोजक ः काजिमान तामाङ (भाषा, लिपि तथा साहित्य विभाग प्रमूख)

२) सदस्य ः जगत दोङ तामाङ (सञ्चार विभाग प्रमूख) 

३) सदस्य ः कुयाङ लामा तामाङ (अनुसन्धान विभाग प्रमूख) 

४) सदस्य ः मीना लामा तामाङ (प्रकाशन विभाग प्रमूख) 

५) सदस्य ः पाल्साङ बज्र लामा (सचिव) 

साथै म्हेनिङ, गोनेया पर्व लगायत तामाङ जातिसँग सम्बन्धित विभिन्न पर्वहरुको बारेमा घेदुङले आधिकारिक निर्णय लिनुपर्ने भएको हुँदा सो सम्बन्धि खोज÷अनुसन्धान सुरु गर्न र छलफलको कार्यक्रमहरु प्रारम्भ गर्न समेत उक्त समितिलाई जिम्मेवारी दिइयो ।  

७) प्रदेश प्रमूखहरुको जिम्मेवारी सम्बन्धमा : 

नेपाल तामाङ घेदुङको संशोधित बिधानले प्रदेश अध्यक्षहरुलाई विगतको क्षेत्रीय प्रमूखको भन्दा तल्लो हैसियतमा राखेको र यसले केही स्थानमा केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष बीचको मर्यादाक्रममा समस्या समेत आएको हुँदा सो सम्बन्धि सल्लाहकारज्यूहरुसँग परामर्श लिई राकास बैठकबाट टुङ्गो लगाउने निर्णय गरियो ।  

८) पूर्णकालीन कार्यकर्ता परिचालन सम्बन्धमा : 

नेपाल तामाङ घेदुङले तामाङ जागरण अभियान सञ्चालन गर्न गत भदौ १५ गते सल्लाहकार ज्यूहरुसँगको परिचयात्मक कार्यक्रममा तीनजना पूर्णकालीन कार्यकर्ता घोषणा गरेको र पछि फिर्ता लिएको सम्बन्धमा गम्भिर छलफल भयो । जसमा पूर्णकालिन कार्यकर्ता परिचालन गर्नुपर्ने आवश्यकता महसुस गरि योग्यता, क्षमता र समय दिनसक्ने आधारमा कार्यविधि बमोजिम पूर्णकालीन र अल्पकालीन दुवैखाले कार्यकर्ता परिचालन गर्ने निर्णय गरियो । 

९) जनजाति महासंघको महाधिवेशनमा प्रतिनिधि तोक्ने सम्बन्धमा :

आदिवासी जनजातिको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको आसन्न महाधिवेशनमा नेपाल तामाङ घेदुङले मत दिने र उमेदवार उठ्न पाउने एकजना प्रतिनिधि चयन गरि पठाउने सम्बन्धमा छलफल हुँदा घेदुङको तर्फबाट प्रतिनिधि हुन चाहने आकांक्षीहरुसँग छलफल गरि अध्यक्षले प्रतिनिधि तोक्ने निर्णय गरियो ।   

१०) सल्लाहकार थप गर्ने सम्बन्धमा :

नेपाल तामाङ घेदुङको सल्लाहकार समितिमा यस अघिको बैठकबाट छुट्न गएको निम्न ब्यक्तित्वहरुलाई सल्लाहकार समितिमा मनोनयन गर्ने निर्णय गरियो । 

१) सल्लाहकार ः कुमबहादुर योञ्जन तामाङ (पूर्व का.वा. अध्यक्ष) 

२) सल्लाहकार ः तिर्थ लामा तामाङ (सांसद)

३) सल्लाहकार ः धावा लामा तामाङ (समाजसेवी) 

४) सल्लाहकार ः सुजेन्द्र गोले तामाङ (पूर्व उपाध्यक्ष) 

अन्तमा, बैठकमा उठेका जिज्ञासाहरुको जवाफ दिँदै अध्यक्षज्यूले सचिवालय बैठक समापन गरेको ब्यहोरा अनुरोध छ । 

                                          जुझारु अभिवादनसहित जय  ताम्सालिङ !

………………………………………………………………..
महित कुमार तामाङ (बाबु)
(महासचिव)
केन्द्रीय सचिवालय, काठमाडौं ।