स्व. रमेश तामाङको परिवारलाई आर्थिक सहयोग

642

नेपाल तामाङ समाज जापान द्वारा स्वार्गिय रमेश तामाङको नाममा सहयोग संकलित रकम अाज नेपाल तामाङ घेदुङको हल पुत्तलीसडकमा नेपाल सरकारको माननिय कृषि राज्यमन्त्री राधिका तामाङ र नेपाल तामाङ समाज जपानका अध्यक्ष कर्मवाङगेल लामा घेदुङका महासचिव बाबु घिसिङ छार गोङमा , अन्तराष्ट्रिय तामाङ समाजका सचिव प्रतीक ङ्यास्युर को रोहोवारमा मृतकका अामा देबी माया पाख्रीनको नाममा हिमालाय बैकको खातमा सम्पुर्णरकम ट्राँसफर र दाजु राजु तामाङको हातमा बाट अाफ्नो स्वर्गिय भाईकोलागी हृदयदेखी सहयोग गर्नुहुने सबैमा धन्यबाद पत्र र स्वर्गीय रमेश तामाङको फोटो फ्रेममा राखेर जपानका अध्याक्षको हातमा थमाए र अाफ्नो भाईको नाम संकलित रकमको केही अंश उहाकै नाम जोडेर सामाजिक काममा खर्चिने वचन गरे ।