तामाङलाई अहिले राजनीतिको कुखुरे बैंशले छोएको छ  मोहन गोले तामाङ

5710

तामाङलाई अहिले राजनीतिको कुखुरे बैंशले छोएको छ 
मोहन गोले तामाङ


अध्यक्ष, नेपाल तामाङ घेदुङ 


पूर्णकालीन कार्यकर्ता घोषणा गरेर फेरि किन फिर्ता लिनुभयो ? 
नेपाल तामाङ घेदुङको आठौं राष्ट्रिय महाधिवेशनताका नै पूर्णकालीन कार्यकर्ता परिचालनको विषयमा कुरा उठेको थियो, जुनकुरा महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा समेत उल्लेख छ । यसलाई हाम्रो राष्ट्रिय कार्यकारिणी समितिको पहिलो बैठकले समेत गम्भीरताका साथ उठायो र सर्बसम्मत रुपमा पास ग¥यो । पछि यसलाई थप ब्यवस्थित गर्न सचिवालय बैठकले पूर्णकालीन कार्यकर्ता परिचालन कार्यविधि–२०७३ पारित ग¥यो, छुट्टै बैंक खाता पनि सञ्चालनमा ल्यायो । तर मेरो आपा त्यतिबेला सिकिस्त बिरामी हुनुहुन्थ्यो जसले गर्दा पहिलो चरणमा को को पूर्णकालीन बन्ने ? भन्नेमा साथीहरु बीच पर्याप्त छलफल गर्न पाइएन । जुनबेला सल्लाकारहरुसँगको अन्तरक्रियाको मिति तोकिइसकेका थियौ, कार्यक्रम सार्नुपनि सम्भव थिएन । त्यही कार्यक्रममा अध्यक्ष, महासचिव र काजिमानजी तीन जनालाई घोषणा गर्दा राम्रै होला भन्ने लागेर घोषणा गरियो तर साथीहरुको अलि फरक बुझाइको कारण असन्तुष्टि देखियो र फिर्ता लियौ ।   
पहिलो दिन घोषणा गर्ने, दोस्रो दिन फिर्ता लिने यो राम्रो भयो र ? 
क्रान्तिमा कहिले अघि सर्नुपर्छ, कहिले पछि हट्नुपर्छ । जसले द्वन्द्वात्मक भौतिकवादलाई बुझ्न सक्दैन, उसको हेराईमा त यो राम्रो भएन होला । तर हामीले राम्रै गरेका छौ । एकपाईला पछि हट्नु र २ पाईला अघि बढ्नु क्रान्तिको नियम भित्रकै कुरा हो । फेरि यो सधैंको लागि फिर्ता लिएको पनि त होइन, अब चाँडै नै हामी सचिवालय बैठक बसेर अलि ब्यापक बहस÷छलफल गर्छौ । पहिला साथीहरु बीचको असन्तुष्टिलाई दुर गर्छौ, अनि कार्यान्वयनमा लान्छौ ।  
तर कार्यक्रममा सल्लाहकारज्यूहरुको पनि कुरा बाझियो नी ?  
घेदुङले हरेक नयाँ कामको थालनी गर्नु अघि सल्लाहकारज्यूहरुसँग एउटा टेबलमा बस्नु पथ्र्यो । टेवलवर्क सकेपछि त्यसलाई कार्यान्वयनमा लानुपथ्र्यो तर समयअभावका कारण हामीले त्यसो गर्न सकेनौ । त्यो गर्न नसक्दा कार्यक्रममा थोरै भाषणमार्फत बुझाउन खोजेको कुरा उहाँहरुले अलि प्रस्ट बुझ्नु भएन जस्तो लाग्छ मलाई । त्यसैले कुरा बाझिएको हो । अब हामी चाँडै नै उहाँहरुसँग यहि टपिकमा मात्र एकदिन छलफल गर्नेछौ र प्रभावकारी रुपमा पूर्णकालीन कार्यकर्ता परिचालन गर्नेछौ ।  
यसअघि पनि घेदुङको पूर्णकालीन कार्यकर्ता थियो हैन र ? 
पूर्णकालीन २ खालको हुन्छ, एउटा कार्यालयमा बसेर नियमित काम मात्रै गर्ने र अर्को संगठन निर्माणको लागि गाउँ गाउँमा जाने । हामी गाउँमा संगठन निर्माण गर्ने, तामाङको दुःखमा घेदुङलाई सहयोगी बनाउने, तामाङ समुदायलाई राजनीतिक रुपमा जागरुक बनाउने प्रयोजनको लागि पूर्णकालीन कार्यकर्ता बनाउँदैछौ । यो माओवादी जनयुद्धको जस्तै पूर्णकालीन कार्यकर्ता हुनेछ तर उसँग बन्दूक हुने छैन । तसर्थ, यसअघिको भन्दा अलि भिन्न खालको कार्यकर्ता तयार गरेर गाउँमा पठाउँदैछौ । 
खासमा यो पूर्णकालीन के का लागि हो ? अलि बताइदिनोस् न । 
तामाङ समुदाय काठमाडौं उपत्यका वरिपरि छरिएर रहेको ठूलो समुदाय हो । जो राजनीतिक, सामाजिक, साँस्कृतिक, आर्थिक, शैक्षिक हिसावले अरु समुदायको तुलनामा ज्यादै पछाडि छ । उनीहरुले राज्यसत्ता र अन्य समुदायबाट अनेकौं प्रकारको शोषण, दमन, विभेद सहनु परिरहेको छ । यी सबैखाले उत्पीडनको मुख्य कारण हाम्रो राजनीतिक पछौटेपन हो र सबैखाले समस्याको समाधान पनि राजनीति नै हो । हामी जस्तै आदिवासी जनजाति राई, मगर, लिम्बु, गुरुङ, नेवार, थारुको राज्यमा प्रतिनिधित्व÷पहुँचको अवस्था र हाम्रो अवस्था हेर्दा आकाश–जमीनकै फरक पाउँछौ । तसर्थ, जबसम्म हामीले समुदायलाई उठाउन सक्दैनौ, त्योबेलासम्म हामीलाई कुनै राजनीतिक दलले पनि पत्याउने छैन । यो सबैखाले उत्पीडनबाट मुक्ति तामाङ समुदायलाई एकठाउँमा ल्याउँदा मात्रै सम्भव छ, हामी छरिएर रह्यौ भने सम्भव छैन । अर्कोतर्फ ताम्सालिङको गाउँहरुमा घेदुङको संगठन छैन । खाली जिल्ला तहमा मात्रै संगठन छ । संगठन भनेको हाम्रो आधार हो । त्यो आधार निर्माण गर्नका लागि पूर्णकालीन कार्यकर्ता परिचालन गर्न लागिएको हो । 
यो घेदुङ इतिहासमै नयाँ कोर्स पनि हो । हामी घेदुङ र ताम्सालिङको तामाङ जनता बीच नयाँ सम्बन्धको विकास गर्दैछौ । यसअघि घेदुङले तामाङलाई ल्होछारको दिन टुँडिखेलमा बोलाएर प्रेम प्रस्ताव राख्यो जसले गर्दा प्रेम जम्न सकेन, हामी तामाङको घरघरमै गएर प्रेम प्रस्ताव राख्दैछौ । यसको लागि नयाँ गीत गाउँदैछौ । हेर्दै जानोस् यो सम्बन्धबाट निकट समयमा आजसम्म नभएको एउटा नयाँ बिद्रोह जन्मिनेछ । 
राजनीतिक पार्टीहरुले पो पूर्णकालीन कार्यकर्ता परिचालन गर्छन्, घेदुङ त सामाजिक संगठन हो, यो कत्तिको प्रभावकारी होला र ? 
सामाजिक÷साँस्कृतिक क्रान्तिको चरणमा गुज्रिरहेको मानव समुदायलाई राजनीतितर्फ डो¥याउने काम यस्तै सामाजिक संगठनले मात्रै गर्न सक्छ । घेदुङको ६० बर्षभन्दा लामो तामाङ समाज रुपान्तरणको सङ्घर्षबाट अब तामाङ आन्दोलनले साँस्कृतिक चरणबाट राजनीतिक चरणमा प्रवेश गर्दैछ भन्ने हामी अभियन्ताहरुको समाज बिश्लेषण हो । अहिले पनि हामी देख्न सक्छौं तामाङलाई राजनीतिको कुखुरे बैंशले छोएको छ । यो बेला उसमा राजनीति गरौ कि नगरौ भन्ने दोधारे सोचले घर गरेको हुन्छ । कुखुरे बैंश भनेको त्यस्तो अवस्था हो जो पूर्ण बैशालु हुँदैन । अलि अलि लाज, सरम पनि हुन्छ । यो अवस्थामा उसलाई अलिकति प्रोत्साहित गरियो भने ऊ पूर्ण रुपमा त्यो क्षेत्रमा प्रवेश गर्छ । यसपछि मात्र जनजाति अवस्थाको मानव समुदाय राष्ट्रको चरणमा फड्को मार्न पुग्छन् । राष्ट्रको रुपमा विकास नगरेसम्म उसको आफ्नो भन्ने केही हुँदैन । त्यसैले यस्तो बेला एउटाबाट अर्कोमा फ्युजन गराउने काम घेदुङ जस्तो सामाजिक संगठनले नै गर्न सक्छ । राजनीतिक दलबाट गयौ भने त्यहाँ सबैखालका मानिस आउँदैनन्, समुदाय विभाजित हुन्छन् तर घेदुङ गयो भने त सबै भेला हुन्छन् । 
भनेपछि बिस्तारै घेदुङलाई राजनीतिक दल बनाउने हो कि के हो ? 
म यहीनेर थप प्रस्ट बनाउन चाहन्छु कि घेदुङले कसैलाई यो पार्टीमा लाग, त्यो पार्टी छोड भन्दैन तर राजनीति गर भन्छ । जुनसुकै पार्टीमा बसेपनि त्यहाँ आफ्नो समुदायको मुद्दालाई उठाउँ भन्छ । मैले अध्यक्ष पदमा निर्बाचित भएपछि पार्टीको जिम्मेवारी त्यागेर बसेको छु । चारबर्षसम्म कुनैपनि ब्यक्तिगत लाभको पद लिन्न भनेको छु । तपाईले सोध्न पनि सक्नु हुन्छ, यस बीचमा विभिन्न राजनीतिक दलमा आस्था राख्ने साथीहरु सँगसँगै हिडेको छु तर आजसम्म कसैलाई यो पार्टी राम्रो, त्यो नराम्रो भनेको छैन । त्यसकारण घेदुङ जस्तो सामाजिक साझा संगठनलाई राजनीतिक पार्टी बनाउनु हुँदैन । त्यसले त तामाङ समुदायलाई विभाजित गर्छ । म त भन्छु घामजुन रहेसम्म घेदुङले एक विशुद्ध, साझा सामाजिक संगठनको रुपमा तामाङको लागि काम गरिरहनु पर्छ ।
पूर्णकालीन कार्यकर्ता कहिलेदेखि गाउँ गाउँमा देखिनेछ ? 
भदौ १५ गते सल्लाहकारसँगको परिचयात्मक कार्यक्रमपछि लगत्तै पहिलो चरणमा उपत्यकाभित्रका तामाङ वस्तीहरुमा छिर्ने र दोस्रो चरणमा उपत्यका बाहिरका ताम्सालिङ क्षेत्रमा परिचालित हुने भनेका थियौ तर यस बीचमा मेरो आपाको दुःखद निधन हुन पुग्यो, घेदुङकै साथीहरु बीचमा पनि पूर्णकालीन को को बन्ने ? भन्ने सम्बन्धमा मत बाझियो । थप छलफल गर्नुपर्ने देखियो । त्यसैले अब सम्भवतः असोज दोस्रो सातादेखि काम सुरु गर्छौ । 
पूर्णकालीन परिचालन भएको कति समयमा यसको परिणाम देखिन्छ ? 
यसको लागि हामीले एउटा लक्ष्य नै लिएका छौ । हामी पूर्णकालीन मात्रै नभएर थोरै समय दिने अल्पकालीन कार्यकर्ता पनि परिचालन गर्नेछौ । हामीले काम सुरु गरेको ६ महिना भित्रमा हजारौ तामाङ जनतालाई सडकमा देख्नु हुनेछ । त्यसपछि कसैले पनि तामाङलाई विभेद, शोषण, दमन, उत्पीडन गर्न हिम्मत गर्ने छैन । त्यही नै हाम्रो कामको परिणाम हुनेछ । 
यस्तो कठिन काम गर्ने हिम्मत किन गर्दै हुनुहुन्छ ?  
हुनत म अलि भावनामा बग्ने मान्छे पनि हुँ । त्यसले पनि मलाई कठोर हुन सिकाएको छ । मैले धेरै ठाउँमा भनेको छु, गोरखामा ल्हाक्पा तामाङलाई प्रहरीले गोली ठोकेर मा¥यो । अहिले पनि दर्जनौ तामाङका छोराछोरीलाई मरेको गाई खाँदा जालीहरुले षडयन्त्रपूर्ण ढंगबाट जेलमा सडाएका छन् । अहिले पनि ल्हाक्पा तामाङलाई मार्ने बन्दूकबाट तामाङ वस्तीमा गोलीहरु बर्षिदैछ । त्यो बन्दूकलाई हामीले झुकाउन सकेका छैनौ । जाली कानुनका ठेलीहरु च्यात्न सकेका छैनौ । भर्खरै दोलखाली चेली निमा डोल्माको हत्या भयो, हामीले कानुनी उपचार त खोज्यौ तर अपराधीको मनस्थिति परिवर्तन हुने गरी आन्दोलन गर्न सकेनौ । मकवानपुर जेलमा निर्दोश शक्ते तामाङ बर्षौदेखि सडिरहेको छ, केही गर्न सकिएको छैन । आखिर अन्याय कति सहेर बस्ने ? अझै तामाङ कति मर्ने ? अब नमरौ । मर्नै परे बरु एकपटक ठूलो बिद्रोह गरेर मरौ ताकि इतिहासमा कसैले तामाङलाई औला ठड्याउने हिम्मत नगरोस् । यसैको लागि तामाङलाई एकठाउँमा ल्याउने अभियान हो यो । तामाङलाई सिंहदरबारको हिस्सेदार बनाउने हो । 
यसको आर्थिक ब्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? 
यसको लागि घेदुङले कार्यविधि पारित गरेर छुट्टै बैंक खाता सञ्चालनमा ल्याएको छ । सबै शुभचिन्तक महानुभावहरुलाई सहयोगको लागि आग्रह पनि गरेका छौं । घेदुङका सल्लाहकार डा. गणेश योञ्जन दाईले मासिक ५०००÷– को दरले १० महिनाको एकमुष्ट ५००००÷– जम्मा गर्नुभएको छ । तामाङ डाटाबेसको मिङ्मरजीले पनि सहयोग गर्नुभएको छ । अरु साथीहरुले पनि हामीलाई सहयोगको बचन दिनुभएको छ । हामी यस्तै सहयोग रकमबाट परिचालित हुनेछौं । ब्यक्तिगत रुपमा कोही कसैबाट आर्थिक लिँदैनौ । यस प्रयोजनको लागि घेदुङको आन्तरिक स्रोत पनि खर्च गर्दैनौ । हामीलाई आशा छ काम गरेर देखाउन सक्यौ भने यस्ता सहयोगी हातहरु धेरै हुनेछन् ।     
          

 (सूचना तथा सञ्चार विभाग प्रमूख जगत दोङ तामाङसँगको कुराकानी)