कफि र चुरोट खाने पैसा कटाएर पूर्णकालीन कार्यकर्ताको लागि सहयोग गरेको छुः डा. योञ्जन 

6093

कफि र चुरोट खाने पैसा कटाएर पूर्णकालीन कार्यकर्ताको लागि सहयोग गरेको छुः डा. योञ्जन 
१५ भदौ, काठमाडौं÷नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार तथा जापानका लागि पूर्व राजदूत डा. गणेश योञ्जन तामाङले आपूmले कफि र चुरोट खाने पैसा कटाएर घेदुङका पूर्णकालीन कार्यकर्ता परिचालनको लागि सहयोग गरेको बताउनुभयो । नेपाल तामाङ घेदुङले गत भदौ १५ गते राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको सल्लाहकारहरुसँगको परिचयात्मक कार्यक्रममा योञ्जनले उक्त कुरा बताउनु भएको हो । 
उहाँले घेदुङको पूर्णकालीन कार्यकर्ता परिचालनको लागि यस अघि नै एकमुष्ट रु. ५०,०००÷– (पचास हजार) जम्मा गर्नुभएको छ । यसैगरी तामाङ समुदायको आन्दोलनलाई उठाउन घेदुङले राम्रो काम गर्दै गएमा आफू थप सहयोग समेत गर्दै जाने योञ्जनले बताउनुभयो । 
“तामाङ समुदायलाई उठाउन अरु कुनै पार्टी वा त्यसको भातृसंगठनले सक्दैन” उनले भने– “यो काम तामाङको राष्ट्रिय संस्था घेदुङले मात्रै गर्नसक्छ, त्यसैको लागि मैले सहयोग गरेको हुँ ।” उहाँले आफ्नो कमाईको ०.०५% नै भएपनि यो अभियानमा सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । 
त्यसैगरी मानवशास्त्री तथा घेदुङका अर्का राष्ट्रिय सल्लाहकार डा. मुक्त सिंह लामा तामाङले समेत घेदुङले अघि सारेको यो कदम सकारात्मक भएको चर्चा गर्नुहुँदै आफूले पनि धेरेथोर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । यसअघि नै तामाङ डाटाबेसका मिङ्मर तामाङले पनि पूर्णकालीन कार्यकर्ता परिचालनको लागि रु. ५०००÷– जम्मा गरिसकेका छन् । 
तीनजना पूर्णकालीन घोषणा
यसै अवसरमा नेपाल तामाङ घेदुङले आफ्ना तीनजना कार्यकर्तालाई पूर्णकालीन घोषणा गरेको छ । उनीहरुमा घेदुङका अध्यक्ष मोहन गोले तामाङ, महासचिव बाबु घिसिङ र भाषा, लिपि तथा साहित्य विभाग प्रमूख काजिमान थिङ रहेका छन् । 
पहिलोपटक तीनजना घोषणा गरिएको भएपनि क्रमशः त्यस्ता कार्यकर्ताको संख्या थप्दै जाने घेदुङले जनाएको छ । घेदुङमा रहेर विभिन्न पेशामा आवद्ध भएका ब्यक्तिहरुलाई समेत पहिलो चरणमा अल्पकालिन कार्यकर्ताको रुपमा परिचालन गर्ने र पछि क्रमशः पूर्णकालीन बनाउँदै लगिने महासचिव बाबु घिसिङले बताए । 
पूर्णकालीन कार्यकर्ताहरुले पहिलो चरणमा उपत्यकाभित्रका तामाङ वस्तीहरुमा तामाङ समुदायको सामाजिक÷राजनीतिक आन्दोलनको सम्बन्धमा प्रशिक्षण र घेदुङको संगठन निर्माण गर्नेछ भने दोस्रो चरणमा ताम्सालिङ क्षेत्रका विभिन्न जिल्लाहरुमा कार्यकर्ता परिचालन गर्ने भएको छ । यसको लागि घेदुङले “तामाङ भाषा र संस्कृतिको प्रवद्र्धन गरौं, ताम्सालिङ प्राप्तीको लागि शक्ति निर्माणमा लागि परौ” भन्ने नारा तय गरेको छ ।