घेदुङले जागरण अभियान सुरु ग¥यो 

710

भोजपुर÷ नेपाल तामाङ घेदुङले संविधानमा सामाजिक न्याय, समावेशीकरण र आदिवासी जनजातिको सामाजिक÷साँस्कृतिक तथा राजनीतिक अधिकार सम्बन्धी सचेतना कार्यक्रम सुरु गरेको छ । गत बैशाख १५ गते भोजपुरको सदरमुकाम भोजपुर नगरपालिका स्थित नेपाल आदिवासी जनजाति महासंघको हलमा एक कार्यक्रमको आयोजना गरी घेदुङले जागरण अभियान अन्तर्गत सचेतना कार्यक्रम सुरु गरेको हो । 
कार्यक्रममा घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङ, महासचिव महितकुमार तामाङ (बाबु घिसिङ), प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योञ्जन तामाङ, केन्द्रीय सदस्य सुर्य गोले तामाङ र प्रदेश सचिव निरन तितुङ तामाङले सहजिकरण गरेका थिए । 
प्रमूख अतिथि समेत रहेका केन्द्रीय अध्यक्ष गोलेले संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप अधिकारलाई संविधान संशोधनमार्फत सम्बोधन गराउन सचेतना अभियान सुरु गरिएको बताए । उनले सामाजिक आन्दोलनले मात्रै राज्यलाई दबाब नपुग्ने हुँदा समुदायलाई राजनीतितर्फ अग्रसर हुन आग्रह गरे ।  
त्यसैगरी कार्यक्रमका विशेष अतिथि महासचिव महितकुमार तामाङ (बाबु घिसिङ) ले अहिले तामाङ समुदायमा सामाजिक÷साँस्कृतिक र राजनीतिक आन्दोलन एकसाथ लानुपर्नेमा जोड दिए । उहाँले पूर्वको भोजपुरबाट सुरु गरिएको यो अभियान पहिलो चरणमा सातवटै प्रदेशहरुमा सञ्चालन गरिने पनि बताए ।
अर्का अतिथि प्रदेश नं. १ का अध्यक्ष मित्रसेन योञ्जन तामाङले तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरुको चर्चा गरे । उनले तामाङको मौलिक संस्कृतिमा भित्रिएको हिन्दूकरणको अन्त्य नभएसम्म तामाङ साँचो अर्थमा तामाङ हुन नसक्ने धारणा राखे । 
सो कार्यक्रममा घेदुङका पूर्व केन्द्रीय सदस्य भरत योञ्जन तामाङ, पूर्व अध्यक्ष जगतबहादुर योञ्जन तामाङ, गोपाल मोक्तान तामाङ, महेश योञ्जन तामाङ, छेडुप लामा तामाङ, भवकृष्ण मोक्तान तामाङ, रामकुमार तामाङ, उद्योग बाणिज्य संघका उपाध्यक्ष कर्ण मोक्तान तामाङ र नेपाल आदिवासी जनजाति महासंघका जिल्ला कोषाध्यक्ष कर्ण पुलामी मगर लगायतले आफ्नो धारणा राखेका थिए । अधिकांश बक्ताहरुले तामाङ एकतामा जोड दिएका थिए । 
नेपाल तामाङ घेदुङ जिल्ला समिति भोजपुरको ब्यवस्थापनमा सञ्चालित उक्त कार्यक्रम घेदुङका जिल्ला अध्यक्ष ओमनाथ तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जगत तामाङले गरेका थिए ।