प्रेस विज्ञप्ति: आठौ राष्टिय महाधिवेशन

922

प्रेस विज्ञप्ति


नेपाल तामाङ घेदुङको आठौ राष्टिय महाधिवेशन चितवनको टाँडीमा मिति २०७२ साल फागुन २९, ३० र चैत १ गते गरी ३ दिन भव्यताका साथ सम्पन्न भएको छ । यस अघि गत बर्ष बैशाख १२ गते चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङ्गणमा आठौं महाधिवेशनको समुद्घाटन गरिएको थियो । तर त्यसबेला विनाशकारी भुकम्पका कारण उद्घाटन शत्र सकेर बन्द शत्र स्थगित गरिएको कुरा यहाँहरु समक्ष अवगत नै छ ।  
चितवनको टाँडीमा तीन दिनसम्म चलेको आठौं राष्ट्रिय महाधिवेशनमा देशभरका ५२ जिल्लामा जिल्ला संगठन भएपनि ४७ जिल्ला र तीन देशका प्रतिनिधिहरुको  सहभागिता रहेको थियो । महाधिवेशनमा पर्यवेक्षक बाहेक २९४ जना प्रतिनिधिको सहभागिता रहेपनि तेस्रो दिन मतदान हुँदा २४६ मत मात्र खसेको थियो । अत्यन्त लोकतान्त्रिक प्रक्रियाबाट सम्पन्न महाधिवेशनको बन्द शत्रले अध्यक्षमा श्री मोहन गोले तामाङ (उदयपुर) र महासचिवमा श्री मोहित कुमार तामाङ (बाबु घिसिङ) (भोजपुर) समेत १३ जनाको पदाधिकारीसहित ६२ जना केन्द्रीय सदस्यलाई विजयी घोषणा ग¥यो । त्यस अघि बन्द शत्रले महासचिवद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा प्रस्तावित प्रादेशिक संरचनासहितको विधान संशोधन प्रस्ताव केही सुझावसहित पारित गरेको थियो । महाधिवेशनमा पर्यवेक्षक, स्वयंसेवक र अतिथि सल्लाहकारहरु समेत ३८२ जना सहभागी थिए । 
महाधिवेशनको बन्द शत्रको शुरुमै नेपाल तामाङ घेदुङका अग्रज तथा पूर्व अध्यक्षहरु श्री परशुराम तामाङ, श्री महेन्द्रजंग तामाङ र श्री धनप्रसाद तामाङलाई वहाँहरुले घेदुङ जस्तो तामाङ समाजको एक मात्र राष्टिय संस्थाको निर्माण र विकास गरी तामाङ जातिको हक अधिकार र मौलिक पहिचान स्थापित गराउन पु¥याउनु भएको योगदानको उच्च कदर गर्दै विशेष सम्मान गरिएको थियो भने तामयिग लिपिको पाठ्यपुस्तक निर्माण र विस्तारको क्षेत्रमा लागेर निरन्तर योगदान गर्नु हुने केन्द्रीय सचिव श्री प्रतिक तामाङ ङेसुर, सचिवालय सदस्य श्री मोहन कुमार तामाङ, काभे्र घेदुङका पूर्व अध्यक्ष श्री कान्छा लामा तामाङ, केन्द्रीय सदस्य श्री दर्पण लामा तामाङ र काभे्र घेदुङका पूर्व अध्यक्ष श्री लिला बहादुर स्याङतान तामाङलाई कदर पत्र प्रदान गरिएको थियो । 
महाधिवेशनले घेदुङको संरचनामा प्रादेशिक संरचना थप गरेको छ र सो अनुसार प्रदेशहरुमा १५ देखि २५ जनासम्मको प्रादेशिक कार्यसमिति पनि निर्वाचित गरेको छ । घोषणा पत्रले विगतमा घेदुङका महाधिवेशन तथा अन्तर्राष्ट्रिय तामाङ सम्मेलनहरुबाट पारित नीति तथा कार्यक्रमहरुलाई दृढतापूर्वक लागू गर्ने प्रतिबद्धता जाहेर गरेको छ । साथै, महाधिवेशनले चितवन घोषणा पत्र जारी गर्दै तामाङ जनताले केन्द्रमा समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा साझेदारी शासन चाहेको र प्रदेशमा पहिचान (ताम्सालिङ) सहितको स्वायत्त शासन व्यवस्था खोजेको कुरा प्रष्ट गरेको छ । नयाँ संविधानले उपरोक्त लगायतका आदिवासी जनजातिका मागहरु सम्बोधन नगरेसम्म सङ्घर्ष जारी राख्ने कुरा पनि यसै विज्ञप्तीमार्फत जानकारी गरिन्छ । 

…………………………..
मोहितकुमार तामाङ (बाबु) 
महासचिव, 
केन्द्रीय कार्यालय, काठमाडौ ।